गीत चोरीको विवादमा नयाँ ट्वीस्ट : एलिनाले विश्वराममाथि लगाइन् चोरीको आरोप
काठमाडौं । ‘कट्टा हानिदिन्छु’ बोलको गीत चोरी गरेर गायिका एलिना चौहानको आवाजमा सार्वजनिक गरिएको आरोप लागिरहेको बेला स्वयम् एलिनाले नयाँ खुलासा गरेकी छन् । एलिनाले ‘कट्टा हानिदिन्छु’ बोलको गीत चोरी भएको आरोप लगाउने विश्वराम कार्कीमाथि नै सिर्जना चोरीको आरोप लगाएकी हुन्।
सामाजिक सञ्जालमा एक भिडियो सार्वजनिक गर्दै एलिनाले मोहन साउदको ५ वर्षभन्दा धेरै अघिको गीतबाट शिवरामले चोरी गरेको आरोप लगाएकी हुन् । मोहन सिंहको स्वर रहेको उक्त गीत लेख्ने पनि उनै हुन् ।
‘अब धेरै बोलिस् भने कट्टा हानिदिन्छु‘’ भन्ने शब्दावली मोहन सिंहको गीतमा सुनिन्छ भने विश्वरामको गीतमा ‘धेरै बढी बोलेपछि कट्टा हान्दिन्छु’, सुनिन्छ भने लय पनि उस्तैउस्तै सुनिन्छ ।
एलिनाले यो विषय सार्वजनिक गरेपछि समर्थकहरुले विभिन्न कमेन्टमा टीका टिप्पणी गरेका छन् । कतिपयले यस बारे अनावश्यक झगडा गर्न नहुने भनेका छन् भने कतिपयले पोल खुल्ने क्रम जारी रहेको टिप्पणी गरेका छन् ।
यो विषयमा गायक कार्कीले नेपाल प्रतिलिपि अधिकार रजिस्ट्रारको कार्यालयमा उजुरी समेत दिएका थिए । कार्कीले आफ्नो गीत हुबहु कपी गरेर नेत्र अर्यालको शब्द र एलिनाको आवाजमा ओबी रायमाझी युट्युब च्यानलबाट ल्याएको उजुरीमा उल्लेख गरेका थिए ।
आफूले गायिका एलिनाको स्वरमा सार्वजनिक गरेको गीत विश्वराम कार्कीको गीतसँग संयोगले थोरै मात्र मिलेको ओबी रायमाझीले बताउँदै आएका थिए । तर, रायमाझीको कुरासँग गायक कार्कीले असहमति जनाउँदै आएका थिए ।
कार्कीले विरोध गरेको गीतमा गायिका एलिनाको स्वर रहेको छ भने नेत्र अर्यालको शब्द, खेम सेन्चुरीको सङ्गीत छ । गीतको भिडियो आश्मा विश्वकर्मा र ओबी रायमाझीको नृत्य छ । भिडियो निर्देशन रामजी लामिछानेले गरेका हुन् ।
सम्बन्धित समाचार
जुनु प्रसाईको ‘झगडा पर्यो पोइसित’ सार्वजनिक, प्रकाश सपुतसँगै देखिइन् भिडियोमा
एक लाखको फिल्मले पायो अप्रत्याशित सफलता,कमाइ २ अर्ब नजिक
रेखा थापाको ‘माया भनेकै यस्तो होला’को टिजर सार्वजनिक, भदौ २६ मा प्रदर्शन
‘स्पाइडर म्यान’लाई पछि पार्दै तमिल चलचित्र तीन दिनमै मच्चायो तहल्का
महानायक राजेश हमाल बने प्रेसिडेन्ट, सुपर कमेडी लिगको औपचारिक घोषणा
रणवीरको ‘रामायण’ भारतीयले भन्दा पहिला अन्तर्राष्ट्रिय दर्शकले हेर्न पाउने
ट्रेन्डिङ
मेक्सस द्वारा विपद् प्रभावित समुदायका लागि रु.८० लाख बराबरको राहत सहयोग प्रदान
२०८३ भदौं २० गते शनिबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ भदौं १९ गते शुक्रबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ भदौं १६ गते मंगलबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
जेकु जे ५ अब दुई भेरियन्टमा उपलब्ध, मूल्य रु. ४७.९९ लाखदेखि

