७ कक्षामा पढ्ने किशोरसँग भागिन् तीन बच्चाकी आमा !
एजेन्सी । भारतको उत्तरप्रदेशको गोरखपुरस्थित एक गाउँको घटनाको बारेमा अहिले भारतभर चर्चा भइरहेको छ । तीन बच्चाकी आमा गाउँकै विद्यालयमा ७ कक्षामा अध्ययनरत १६ वर्षीय किशोरसँग हराएपछि घटनाले व्यापक चर्चा पाएको हो ।
घटनापछि किशोरको परिवारले प्रहरीमा उजुरी दिएको आजतकले जनाएको छ । उजुरीसँगै प्रहरीले पनि महिला र किशोरको खोजीलाई तीव्र बनाएको छ । महिला र किशोर लामो समयदेखि एकअर्काप्रति राम्रो घुलमिल गर्ने गरेको स्थानीयले जनाएका छन् ।
यद्यपि भाग्ने नै बारेमा भने कसैले पनि अनुमान नगरेको उनीहरूको भनाइ छ । १० मार्चको रातिदेखि दुवै गाउँमा देखिएका छैनन् । एकै रात महिला र किशोर हराएपछि गाउँमा भने हल्ला फैलिएको छ ।
किशोरको परिवारले दुवैलाई सम्पर्कमा ल्याउन प्रयास गरे पनि नसकेपछि प्रहरीकोमा खबर गरेका थिए । प्रहरीले जाँचलाई तीव्र बनाए पनि अहिलेसम्म उनीहरू सम्पर्कमा नआएको समाचार उल्लेख छ।
सम्बन्धित समाचार
एलजीको नयाँ एआई प्रविधिले बदल्दै घरायसी जीवन, नेपालमा सार्वजनिक भयो २०२६ को स्मार्ट उत्पादन शृंखला
पृथ्वीमा ‘अमासिया’ नामक नयाँ महामहाद्वीपको जन्म हुदाँ प्रशान्त महासागर हराउने
नेपाल आइपुग्यो लिपमोटर बी०३एक्स, छिट्टै औपचारिक लन्च हुँदै
स्पेनले मोरोक्को फर्कायो झन्डै ७० हजार आप्रवासी, ८३ जनाको मृत्यु
एनएमबि बैंकद्वारा आर्थिक वर्ष २०८२/८३ मा रु.४ अर्बभन्दा बढी खुद नाफा
३०६ वर्ष पुरानो कीर्तिमान तोड्दै सबैभन्दा कम उमेरमा किशोर बने प्राध्यापक
ट्रेन्डिङ
मिड–भ्याली इन्टरनेसनल कलेजको ‘बिल्ड नेपाल ह्याकाथन’ आजदेखि सुरु, एआईदेखि रोबोटिक्ससम्मका प्रविधिमा प्रतिस्पर्धा
विश्वकपमा पराजित भएको १३ दिन पछि मेस्सी खेल मैदानमा, यस्तो रह्यो खेल
जापानमा भुकम्पमा परी ज्यान गुमाउनेको संख्या ३५ पुग्यो
वाणिज्य बैंकहरूको बेस रेट घट्दै, सस्तो ब्याजमा ऋण लिन सहज
विश्वको ३० प्रतिशत ब्यापार हुने लालसागरको सुरक्षाका लागि साउदीले महागठबन्धन बनाउँदै

