Jankari Kendra
२० श्रावण २०८३, बुधबार
Worldlink

सीटीईभीटीका उपाध्यक्षलाई कार्यकक्षमै कालोमोसो दलियो

जानकारी केन्द्र Logo
जानकारी केन्द्र
२०८०, फाल्गुन, ६
सीटीईभीटीका उपाध्यक्षलाई कार्यकक्षमै कालोमोसो दलियो

काठमाडौं । मोहन वैद्य निकट अनेरास्ववियू (क्रान्तिकारी) का नेताहरूले सीटीइभीटीका उपाध्यक्ष खगेन्द्रप्रसाद अधिकारीलाई कालोमोसो दलेका छन् । आइतबार अध्यक्ष अधिकारीको कार्यकक्षमै उनीहरूले कालोमोसो दलेका हुन् । घटना बिहान साढे ११ बजेतिर भएको प्रहरीले बताएको छ ।

निजी कलेज सञ्चालक सीटीईभीटीको उपाध्यक्ष पदमा मनोनयन हुन नसक्ने व्यवस्था हुँदा हुँदै कानूनको धज्जि उडाउँदै जस्केलाबाट परिषद उपाध्यक्षको नियुक्ति लिएको, उपाध्यक्षको काम, कर्तव्य र अधिकारविपरीत परिषद्लाई हानि नोक्सानी पुर्‍याएको, सम्बन्धन स्वीकृति तथा नवीकरण, स्थानान्तरण तथा स्तरवृद्धि, छात्रवृत्ति वितरण, कर्मचारीको सरुवा बढुवा लगायतमा अनियमितता गरेको अधिकारीमाथि आरोप लगाइएको छ ।

Top Changing Nepal

युट्युब सट्स