विश्व सम्पदा बौद्ध चैत्यको पदमार्ग पुनःनिर्माण सुरु
काठमाडौँ । विश्व सम्पदासूचीमा सूचीकृत बौद्ध चैत्य परिसरको पदमार्ग जीर्ण भएपछि त्यसलाई भत्काएर पुनःनिर्माण सुरु गरिएको छ । उक्त सम्पदा क्षेत्रको सौन्दर्य र सुविधामा कमी हुन नदिन बौद्धनाथ क्षेत्र विकास समितिले चालू आर्थिक वर्षमा सम्पन्न गर्नेगरी एक करोड ३२ लाख लागतमा पुनःनिर्माण थालेको हो ।
बौद्धनाथ क्षेत्रको सामाजिक, आर्थिक, धार्मिक र सांस्कृतिक विकास गर्न गठन भएको उक्त समितिले त्यस क्षेत्रमा पुनःनिर्माणका लागि पुरातत्व विभागले प्राविधिक अध्ययन गरेपछि स्वीकृति प्रदान गरेको समितिका कार्यकारी निर्देशक शान्तिमाया तामाङले जानकारी दिए । निर्माणका क्रममा समितिले काठमाडौँ महानगरपालिकासँग पनि समन्वय गरेको छ ।
आधुनिक संरचना विकास गर्न नपाइने भएकाले आधुनिक सामग्री प्रयोग गरी प्रचीन स्वरुपको शैलीमा इँटा बिछ्याइनेछ । उनका अनुसार काठमाडौँ उपत्यकामा रहेका प्रचीन चैत्यमध्ये यो सबैभन्दा ठूलो भएकाले बौद्धनाथ क्षेत्रमा पर्यटक आकर्षित गर्न विभिन्न कार्ययोजना बनाइएको छ ।
विसं २०७२ मा गएको भूकम्पका कारण क्षति पुगेको चैत्य तथा त्यसका हर्मिका, त्रयोदश भुवन, गजुर मर्मतसम्भार गरिएको छ ।
सम्बन्धित समाचार
२०८३ असोज १४ गते बुधबार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ असोज ११ गते आइतबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ८ गते बिहिबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ७ गते बुधबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ६ गते मंगलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ४ गते आइतबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
ट्रेन्डिङ
इसेवा र सिटिजन्स बैंकद्वारा अपाङ्गता भएका व्यक्तिका लागि ‘स्वावलम्बन कर्जा’ सुरु
एजेन्सी दर्तासम्बन्धी नियम व्यवसायमैत्री बनाउन नाइमाको आग्रह
यस दशैंमा आयोनको विशेष उपहार, आकर्षक अफरसहित तत्काल डेलिभरी
भृकुटीमण्डपमा आयोजित ‘यामाहा ब्लु फेस्ट’मा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर सार्वजनिक
एनएमबि बैंक र इसिमोड बीच दिगो विकासका लागि सहकार्य

