कसरी हटाउने डण्डीफोरको दाग डब्बा ? यस्ता छन् सहज तरिका
एजेन्सी । अनुहारमा आउने डन्डिफोरको दागले धेरैलाई सताएको हुन्छ । यस्ता दागहरु लामो समयसम्म अनुहारमा रहिरहने भएकाले धेरै व्यक्तीहरु चिन्तित हुन्छन् । कतिपयले यस्तो दाग हटाउनका लागि विभिन्न औषधिको प्रयोग पनि गर्छन् । तर, यस्तो दाग हटाउन लगाउने औषधिले अन्य छालाका समस्याहरु पैदा हुन सक्छ ।
आज हामी यसको उपचार कसरी गर्ने ? भन्ने बारेमा बताउँदैछौं । डण्डीफोरको कारण सामान्यतया दुई थरीको दाग बस्ने गर्दछ । एउटा खाल्डो पर्ने खालको दाग र अर्को भनेको छालाको रङ र परिवर्तन हुने खालको दाग हुन्छ । जसमा कालो खैरो रङको वा रातो खालको दाग बस्ने गर्दछ ।
कालो खैरो रङको वा रातो खालको दाग
कालो खैरो दाग कालो खालकै छालाहरुमा बढी देखिने गर्दछ भने रातो खालको दाग गोरो छाला भएकाहरुमा देखिने गर्दछ । कतिपयमा यी दुवै खालको दाग पनि देखिने गर्दछ । डण्डीफोरले छालामा जलन गराउने हुँदा त्यो ठाउँमा कालो वा खैरो रङको दाग छोड्ने गर्दछ । सामान्यतया यसरी बसेको दाग ६ महिनादेखि एक वर्षसम्म बस्ने गर्दछ ।
अनुहारको छालामा टुथपेष्ट लगाउने, कागती लगाउने कहिल्यै पनि गर्नुहुँदैन । दाग बस्न नदिन वा बसेको दागलाई हटाउने एक उपाय भनेको सनस्क्रिन हो । कालो दाग बस्ने प्रमुख कारण भनेको मेलानिल बढी उत्पादन हुनु हो । घाममा छाला धेरै समय देखियो भने मेलानिलको उत्पादन बढ्छ । त्यसैले घामबाट बच्न सनस्क्रिनको नियमित प्रयोग गर्नु पर्दछ र बाहिर निस्किँदा ह्याट वा क्याप लगाउनु पर्दछ ।
हामी सनस्क्रिम रोज्दा पनि डाक्टरको सल्लाहमा डण्डीफोरलाई हुने खालको सनस्क्रिन रोज्यो भने त्यस्तै समस्या आउँदैन । डण्डीफोरको कालो, खैरो दाग हटाउन भिटामिन सी सहयोगी मानिन्छ । यसले मेलानिल उत्पादन हुने प्रक्रियालाई रोक्दछ । भिटामिन सीमा एन्टिअक्सिडेन्ट पनि पाइने हुँदा यसले घामको असबाट पनि बचाउँछ ।
त्यस्तै अर्को उपचार भनेको हाइड्रोकुइनोन भएका औषधिको प्रयोग गर्नु हो । यो औषधि कालो दाग बस्ने अन्य रोगहरु जस्तै चाँया पोतोमा पनि प्रयोग गरिन्छ । यी औषधिहरुको प्रयोग गर्दा छाला रोग विशेषज्ञको सल्लाहमा मात्र गर्नुपर्दछ । किनभने यी औषधिहरुले सुरु सुरुमा छालामा इरिटेशन गराउने गर्दछ ।
त्यस्तै हामीले नायोसिनामाएड भएका क्रिमहरुको पनि प्रयोग गर्न सक्छौं । यसको प्रमुख फाइदा भनेको भिटामिन ए, भिटामिन सी र हाइड्रकुइनोन जस्तो छालालाई इरिटेशन गर्ने सम्भावना कम हुन्छ । त्यस्तै, नायोसिनामाएड क्रिमहरु पनि यस्तो खालको दागलाई राम्रो मानिन्छ । यसले इन्फ्लामेसनलाई कम गरेर रातो दाग बस्ने सम्भावना कम हुन्छ ।
डन्डिफोरको दाग हटाउन यी चीज प्रयोग गर्नुस् :
घ्युकुमारीको जेल
छालाको देखभाल गर्नका लागि घ्युकुमारी निकै फाइदाजनक मानिन्छ । यसले छालालाई कोमल बनाउँछ । तर, यसले दाग कम गराउँछ । डन्डिफोरको दागमा दैनिक घ्युकुमारी जेल लगाउँदा रातभरीमा दाग हराउँछ ।
टी ट्री तेल
यो तेलमा एन्टिब्याक्टोरियल गुण पाइन्छ । थोरै नरिवलको तेलमा टी ट्री तेल दुई थोपा हालेर मिसाएर दाग भएको ठाउँमा लगाउनुस् । तेल लगाएको १० मिनेटपछि मनतातो पानीले पखाल्नुहोस् ।
ग्रीन टी
अनुहारको लागि ग्रीन टी निकै फाइदाजनक हुन्छ । पानीमा ग्रीन टीको ब्याग हाल्ने र उमाल्ने त्यसपछि पानी चिसो बनाउनुस् । त्यसपछि दागमा लगाउने र केहि समयपछि पानीले पखाल्ने गर्दा अनुहार सफा हुन्छ ।
मह
मह कालो दाग धब्बाका लागि निकै फाइदाजनक हुन्छ । महमा एन्टिब्याक्टेरिल र एन्टिइन्फ्लेमेटरी गुण हुने भएकाले यसले दाग हटाउन निकै सहयोग गर्छ । दाग भएको ठाउँमा एक वा दुई थोपा मह लगाएर रातभर छोड्ने र बिहानै पानीले पखाल्ने गर्दा अनुहार सफा हुँदै जान्छ ।
बरफ
एउटा सफा कपडामा बरफको टुक्रा राख्ने र दागमा चारैतिर घुमाएर लगाउने गर्दा डन्डिफोर कम हुने र त्यसको दुखाई पनि कम हुन्छ ।
सम्बन्धित समाचार
नेपालमा पहिलो राष्ट्रिय अटिजम समिट सम्पन्न, अटिजम समावेशीकरण सम्बन्धी काठमाडौं घोषणापत्र २०२६ मा हस्ताक्षर
अब एटीएमबाटै १०० रुपैयाँका नोट निकाल्न मिल्ने
तीजदेखि ऋषिपञ्चमीसम्म: परम्परा, चेतना र परिवर्तनको यात्रा-क्षितिज विक्रम खनाल
एनसेलले बाढी प्रभावित क्षेत्रमा स्याटलाइट प्रविधिमार्फत सञ्चार सेवा उपलब्ध गराउँदै
उपत्यकाको ग्यास अभाव सहज बनाउन उद्योगमन्त्रीको निर्देशन्
बाढीपीडितको सम्पर्क सहज बनाउन एनसेलको निःशुल्क सेवा
ट्रेन्डिङ
सुनको भाउ तोलामा २९ सयले उकालो, चाँदीको मूल्य कति ?
ब्ल्याक+डेकरको ”दशैं विथ ब्ल्याक+डेकर” योजना सार्वजनिकः बम्परमा भियतनाम भ्रमणको अवसर
बेनेलीको दशैं अफरः एक्सचेन्ज बोनस ४० हजारसम्म, सहज फाइनान्सिङ सुविधा
एनपीएलका लागि कीर्तिपुर मैदान तयार, फ्लडलाइटसहित नयाँ स्वरुपमा
भृकुटीमण्डपमा बजाजको ‘गेम अफ पावर’ एक्सचेन्ज कार्निभल सुरु
