तनहुँ । १८ वर्षीया र १५ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा शुक्लागण्डकी नगरपालिका-१२ फिरफिरे बडडाँडा बस्ने ४१ वर्षीय युका भन्ने युवराज गुरूङलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको नेपाल प्रहरीले बताएको छ । प्रहरीका अनुसार गुरूङले १८ वर्षीया किशोरीलाई गत असोज २९ गते र १५ वर्षीया किशोरीलाई फागुन २ गते जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा ईलाका प्रहरी कार्यालय बेलचौताराबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको छ। यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताइएको छ ।
दुई किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा गुरूङ पक्राउ
दुई किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा गुरूङ पक्राउ
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु


