फागुन १९ देखि २५ गतेसम्म कस्तो रहला त तपाईको भाग्य, हेर्नुहोस् राशिफल
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
यो हप्ता मानसिक दबाब र तनाव बढेको महसुस हुनेछ । बोलीको विपरीत अर्थ पनि लाग्न सक्नेछ । विपक्षीको छलकपट तथा जालझेलबाट सावधान रहनुपर्नेछ । मध्य साताबाट शुभ कार्यको योग छ । बुद्धिको उपयोग गर्दा जटिल ठानिएको कामसमेत सम्पादन हुन सक्नेछ । दैनिक कार्यमा प्रगति हुनेछ । भौतिक सुख पनि मिल्नेछ ।
वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)
यो हप्ता आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ । नयाँ ठाउँमा भ्रमणको योग रहेको छ । नयाँ र शुभकार्यको चर्चा चल्नेछ । अभिभावकको सुझावले उचाइमा पुर्याउन सहयोग गर्नेछ । धर्मकर्म तथा समाजसेवामा मन लाग्नेछ । धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् । शेयर बजारले पनि साथ दिनेछ ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)
यो आफन्त र साथीबाट सहयोग मिल्नेछ । साता लगनशीलताले कामहरू अगाडि बढ्नेछन् । पढाई लेखाइमा उत्कृष्ट नतिजा ल्याउन सकिने तथा न्यायिक निर्णयहरू तपाईँकै पक्षमा हुनेछन् । दाजुभाइ तथा साझेदारहरू सँग मिलेर गरिने पेशा व्यवसायबाट भनेजस्तो रुपैयाँ पैसा कमाउन सकिएला । मनमा हर्ष, उमङ्ग र उत्साह छाउनेछ ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
यो साता आफ्नो इच्छानुसार समय बिताउने अवसर जुर्नेछ । आदर्श ब्यक्तिको सहकार्यले नयाँ अनुभव मिल्नेछ । ठुलो कारोबारमा लगानी नगर्दा वेश हुनेछ । मङ्गलबारबाट शुभ समाचार सुन्न पाइने र शुभकार्यको चर्चा चल्नेछ । प्राविधिक कार्यमा सफलता मिल्नेछ । पुँजी बजारको लगानी भने त्यति लाभदायक नहोला ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
यो साता लाभहानी, आयव्यय, सुखदुःख बराबरी खालको दिन रहनेछ । स्वास्थ्य प्रति सजग रहन आवश्यक छ । महिला वा मित्रबाट विशेष सहयोग पनि मिल्नेछ । साताको मध्यमा पुँजी बजारमा नोक्सानी हुनसक्छ । जिद्दीपनाले गर्दा काम बिग्रने डर छ । महत्त्वपूर्ण कार्यमा व्यवधान आउने पनि देखिन्छ ।
कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)
यो साता रोकिएका काम पुनः सुरु हुन सक्छन् । रमणीय र सुखद् यात्राको योग छ । धार्मिक तथा समाजसेवामा मन लाग्नेछ । बन्धु बान्धवबाट सहयोग मिल्नेछ । प्राविधिक कार्यबाट सफलता मिल्नेछ । ठूला व्यक्तिले तपाईँका मेहनतको प्रशंसा गर्नेछन् । आर्थिक तथा सेयर कारोबारमा पनि राम्रै लाभ हुनेछ ।
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)
यो साता सामाजिक उपकारको काममा सहभागी भइएला । लामो समयदेखि रोकिएका अधुरा कामहरू पुरा हुनेछन् । जीवनसाथीको सल्लाहमा गरिएको कार्यमा अधिक सफलता मिल्नेछ । रोकिएको धन पाइन सक्छ । आफ्नै दक्षतामा विभिन्न कार्यहरू सम्पन्न हुनेछन् । मध्य सातामा स्वास्थ्यको भने विशेष ख्याल राख्नुपर्नेछ ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
यो साता आफन्त वा इष्टमित्रसँग पुनर्मिलनको योग रहेको छ । तीर्थाटनको योग छ । नयाँनयाँ ज्ञान सिक्ने मौका मिल्नेछ । न्यायिक कार्यमा सफलता मिल्नेछ । शुभकार्यको चर्चा चल्नेछ । वैदेशिक क्षेत्रबाट सफलता मिल्नेछ । विहिवारबाट बोलीको विपरीत अर्थ लाग्न सक्छ । नयाँ योजना कार्यान्वयनमा ल्याउन मुस्किल पर्नेछ ।
धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)
साताको सुरुका दिनमा टाउको एवं आँखा दुख्ने तथा रुघा लाग्ने जस्ता समस्याले सताउन सक्छ । आर्थिक तनाव बढेको महसुस हुनसक्छ । नगद सापटी लिएका आफन्तहरूले वचन पूरा नगर्दा आर्थिक झन्झट आइलाग्न सक्छ । मध्य साताबाट लामो समयदेखि रोकिएका अधुरा कामहरू पुरा हुनेछन् ।
मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि)
यो हप्तामा अधुरा कार्य पूरा गर्न आफन्तबाट सहयोग मिल्नेछ । कुनै न् कुनै कुराले मनमा प्रसन्नता छाउनेछ । नयाँ व्यक्तिसँग भेटघाट हुने समय छ । दाम, इनाम र प्रतिष्ठा कमाउने वेला छ । शेयर बजारको लगानी बाट दीर्घकालीन फाइदा हुनेछ । मध्य सातामा केही महत्त्वपूर्ण कार्यमा उल्झन र स्वास्थ्यमा समस्या आउन सक्छ ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)
यो साता धर्मकर्म तथा समाजसेवामा मन लाग्नेछ । शुभकार्यको चर्चा चल्नेछ । पारिवारिक माहोल तथा माङ्गलिक कार्यमा सहभागि भइनेछ । छोटो दुरीको लाभदायक यात्रा रहला । शेयर बजारको लगानीबाट भने राम्रै लाभ हुनेछ । साताको अन्त्यमा अनावश्यक यात्रा हुनेछ । गरेका कार्यमा ढिलासुस्ती हुने देखिन्छ ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)
यो साता दैनिक कार्यहरूमा प्रगति हुनेछ । नजिकको व्यक्तिबाट कार्य पुरा हुनेछ । दिगो फाइदा हुने नयाँ काम प्रारम्भ गर्न सकिनेछ । आफन्तसँग भेट घाट हुनेछ । प्रेम सम्बन्ध र प्रणयप्रसङ्गका लागि श्रेष्ठ समय रहेको छ । सामाजिक र राजनैतिक कार्यमा पनि सफलता मिल्नेछ ।
सम्बन्धित समाचार
२०८३ असोज १६ गते शुक्रवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ असोज १४ गते बुधबार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ असोज ११ गते आइतबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ८ गते बिहिबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ७ गते बुधबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ६ गते मंगलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
ट्रेन्डिङ
एजेन्सी दर्तासम्बन्धी नियम व्यवसायमैत्री बनाउन नाइमाको आग्रह
लुब्रिकेन्टबारे प्राविधिक ज्ञान बाँड्दै लक्ष्मी ल्युब आयल, पाँच शहरमा ७०० बढी सहभागी
इसेवाद्वारा ‘बाइ नाउ, पे लेटर’ सेवा सार्वजनिक, इसेवाबाटै किस्ताबन्दीमा विद्युतीय स्कुटर खरिद गर्न सकिने
सीजी डिजीटलले ल्यायो “घरको खुसी, दशैं तथा तिहारको उमंग” — २५ % सम्मको छुट स्योर सट उपहार र भाग्यशाली ड्रको विशेष अफर
एनसेल ग्राहकलाई आइफोन १८ खरिदमा विशेष बन्डल प्याकेज

