– दुई गिलास पानी बिहान उठ्नेबित्तिकै पिउनुस् । यसो गर्दा शरीरबाट विषाक्त पदार्थ निस्कन्छ अनि मिर्गौला स्वस्थ रहन्छ ।
– व्यायाम गर्नुभन्दा १० मिनेटअघि एक गिलास पानी पिउनुस् । ऊर्जाको मात्रा सही रहन्छ ।
– व्यायाम गरेको २० मिनेटपछि दुई गिलास पानी पिउनुस् । शरीर आर्द्र रहन्छ ।
– चिया वा कफी पिउनुभन्दा अघि एक गिलास पिउनुस् । एसिडटी हुन पाउँदैन ।
– नुहाउनुभन्दा अघि एक गिलास पानी पिउनुस् । रक्तचाप स्थिर रहन्छ ।
– खाना खानुभन्दा आधी घन्टाअघि एक गिलास पानी पिउनुस् । यसले पाचन राम्रो बनाउँछ ।
– खाना खाँदा दुई चुस्की पानी लिनुस् । खाना मज्जाले पच्छ ।
– साँझ नाश्ता गर्नुभन्दा अघि एक गिलास पानी पिउनुस् । धेरै भारी नाश्ता नगर्नुस् ।
– थकान र टेन्सन हुँदा एक गिलास पानी पिउनुस् । मानसिक आराम पाउनुहुनेछ ।
– सुत्नुअघि एक गिलास पानी पिउनुस् । हृदयघातबाट बच्नुुहुनेछ ।