पैताला भतभती पोल्छ, यी रोगका लक्षण हुन सक्छ, ख्याल गर्नुहोस्।
गर्मी बढेसँगै कोही-कोहीलाई पैतला भतभत पोल्ने समस्याले सताउँछ। धेरैले यस समस्यालाई गम्भीरतापूर्वक लिँदैनन्। आफैँ निको हुन्छ भनी ठान्छन् ।तर, यस्तो समस्या भएमा लापरबाही गर्नु हुँदैन। यसले शरीरका बाँकी भागमा पनि समस्या उत्पन्न गर्न सक्छ।यस्ता छन् पैतला पोल्नुका कारण:शरीरमा भिटामिन ‘बी’, फोलिक एसिड वा क्याल्सियमको कमी हुँदा पैतला पोल्ने समस्या देखिन्छ।उच्च रक्तचाप भएकालाई पनि पैतला भतभताउने समस्या हुन्छ।
रक्तचाप उच्च हुँदा रक्तसञ्चारमा समस्या हुन सक्छ। जसले गर्दा छालाका रङमा बदलाव, हातखुट्टाको तापमानमा कमी रहन्छ। यसै कारण पैतला पोल्न गर्छन्। मिर्गौलासम्बन्धी समस्या भएकाहरूका पनि पैतलामा जलन हुने गर्छ।थाइरोइड हर्मोनको लेभल कम हुँदा पनि पैतला पोल्छ। साथै, औषधिको साइडइफेक्ट हुँदा, एचआईभीको औषधि खाँदा र किमोथेरापी गर्नेहरूलाई पनि पैतलामा जलन हुन्छ।
यस्ता छन् घरेलु उपचार: पैतलामा जलन हुँदा सिरे नुन फाइदाजनक छ। एउटा भाँडोमा मनतातो पानी हालेर त्यसमा आधा कप सिरे नुन मिसाउने। १० देखि १५ मिनेटसम्म खुट्टा त्यसमा डुबाउने।केही समयसम्म नियमित यस्तो गरिरहँदा समस्या हट्छ।मधुमेह, उच्च रक्तचापलगायत समस्या भएकाहरूले यो उपाय अपनाउनुअघि चिकित्सकसँग सल्लाह लिनुपर्छ।
शाकाहारी खानेकुरा खानेले दूध, दही, पनिरलगायत दुग्ध पदार्थ नियमित खानुपर्छ। प्रोटिनयुक्त खानेकुरा खानुपर्छ। मांसाहारीहरूले अण्डा, माछा, चिकन, सी फुडबाट भिटामिन बी प्राप्त गर्न सक्छन् ।लौका काटेर त्यसको गुदी पैतलामा दल्नाले पनि राहत मिल्छ ।बेसारमा पाइने एन्टी ब्याक्टेरियल तत्वले पनि यस समस्याबाट छुटकारा दिलाउँछ ।
सम्बन्धित समाचार
नेपालमा पहिलो राष्ट्रिय अटिजम समिट सम्पन्न, अटिजम समावेशीकरण सम्बन्धी काठमाडौं घोषणापत्र २०२६ मा हस्ताक्षर
अब एटीएमबाटै १०० रुपैयाँका नोट निकाल्न मिल्ने
तीजदेखि ऋषिपञ्चमीसम्म: परम्परा, चेतना र परिवर्तनको यात्रा-क्षितिज विक्रम खनाल
एनसेलले बाढी प्रभावित क्षेत्रमा स्याटलाइट प्रविधिमार्फत सञ्चार सेवा उपलब्ध गराउँदै
उपत्यकाको ग्यास अभाव सहज बनाउन उद्योगमन्त्रीको निर्देशन्
बाढीपीडितको सम्पर्क सहज बनाउन एनसेलको निःशुल्क सेवा
ट्रेन्डिङ
सुनको भाउ तोलामा २९ सयले उकालो, चाँदीको मूल्य कति ?
भेस्पाको नयाँ १५० सीसी स्कुटर असोज २६ गते सार्वजनिक हुँदै
ब्ल्याक+डेकरको ”दशैं विथ ब्ल्याक+डेकर” योजना सार्वजनिकः बम्परमा भियतनाम भ्रमणको अवसर
एनपीएलका लागि कीर्तिपुर मैदान तयार, फ्लडलाइटसहित नयाँ स्वरुपमा
भृकुटीमण्डपमा बजाजको ‘गेम अफ पावर’ एक्सचेन्ज कार्निभल सुरु
