स्वास्थ्य रहन कति घण्टा सुत्नु उपयुक्त ? जान्नुहोस
स्वस्थ रहनका लागि कति घण्टा सुत्नुपर्छ ? ८ घण्टा, ९ घण्टा या त्यो भन्दा कम ? क्याम्ब्रिज विश्वविद्यालय मनोचिकित्सा विभागले गरेको एक अध्ययनअनुसार ३५ वर्षको उमेरपछि ७ घण्टाको निद्रा पनि पर्याप्त हुने देखाएको छ। ३८ र ७३ वर्षको उमेरबीचका ५ लाख वयस्कहरुमा गरिएको अध्ययनमा निकै बढी र निकै कम निद्रा मानसिक स्वास्थ्यसँग सम्बन्धित रहने पाइएको हो। यस्तो अवस्थामा पर्याप्त सुत्नु जरुरी छ।
क्याम्ब्रिज विश्वविद्यालयको मनोचिकित्सा विभागकी प्राध्यापक बारबरा सहकियनका अनुसार सात घण्टा सुत्नु पनि मध्यम उमेरका मानिसका लागि पर्याप्त हुन्छ। निदाउने क्रममा हाम्रो मस्तिष्कमा हुने प्रक्रिया शारीरिक र मानसिक स्वास्थ्यका लागि महत्वपूर्ण हुन्छ।जति–जति मानिसको उमेर बढ्दै जान्छ, निद्राको प्याट्रन पनि परिवर्तन हुँदै जान्छ। जसमा निदाउन समस्या हुने र निद्राको गुणस्तरजस्ता कुराहरु हुन्छन्। निद्राको गडबडीले मनोवैज्ञानिक समस्या पनि निम्त्याउँन सक्छ।
‘नेचर एजिङ’ मा प्रकाशित यो अध्ययनअनुसार बेलायत र चीनका वैज्ञानिकहरुले युके बायोबैंकमा रहेका ३८ देखि ७३ वर्षको उमेरका करिब ५ लाख वयस्क मानिसको तथ्यांक परीक्षण गरे। अध्ययनमा सहभागी गराइएकाहरुबाट सुत्ने प्याट्रन, मानसिक स्वास्थ्य र कल्याणका बारेमा सोधियो। करिब ४० हजार सहभागीहरुका मस्तिष्कका इमेजिङ र आनुवंशिक तथ्यांक उपलब्ध गराइएको थियो।
ती तथ्यांक विश्लेषण गर्दा टीमले अपर्याप्त र अत्यधिक निद्रा दुवै बिग्रँदा मानिसको ज्ञान, ध्यान र स्मरणसँग सम्बन्धित समस्या निम्तने गरेको पाइयो।कम्तीमा ७ घण्टा निदाउँदा मानसिक स्वास्थ्य राम्रो बन्छ।साथै मानिसमा रहेको चिन्ता र डिप्रेसनलाई हटाउँछ। मस्तिष्कमा रहेका विषाक्ततालाई हटाउन मद्धत गर्छ। यसले स्मरणशक्ति बढाउँछ र मजबूत पार्छ। तर ध्यान दिनुपर्ने कुरा के छ भने सुताईका क्रममा पूरा निद्रा निदाउनुपर्छ र उतारचढाव हुनुहुँदैन। ७ घण्टाको निद्राले मस्तिष्कलाई स्वास्थ्य राख्छ र शारीरिक स्वास्थ्यलाई कायम राख्छ।
सम्बन्धित समाचार
नेपालमा पहिलो राष्ट्रिय अटिजम समिट सम्पन्न, अटिजम समावेशीकरण सम्बन्धी काठमाडौं घोषणापत्र २०२६ मा हस्ताक्षर
अब एटीएमबाटै १०० रुपैयाँका नोट निकाल्न मिल्ने
तीजदेखि ऋषिपञ्चमीसम्म: परम्परा, चेतना र परिवर्तनको यात्रा-क्षितिज विक्रम खनाल
एनसेलले बाढी प्रभावित क्षेत्रमा स्याटलाइट प्रविधिमार्फत सञ्चार सेवा उपलब्ध गराउँदै
उपत्यकाको ग्यास अभाव सहज बनाउन उद्योगमन्त्रीको निर्देशन्
बाढीपीडितको सम्पर्क सहज बनाउन एनसेलको निःशुल्क सेवा
ट्रेन्डिङ
सुनको भाउ तोलामा २९ सयले उकालो, चाँदीको मूल्य कति ?
ब्ल्याक+डेकरको ”दशैं विथ ब्ल्याक+डेकर” योजना सार्वजनिकः बम्परमा भियतनाम भ्रमणको अवसर
बेनेलीको दशैं अफरः एक्सचेन्ज बोनस ४० हजारसम्म, सहज फाइनान्सिङ सुविधा
एनपीएलका लागि कीर्तिपुर मैदान तयार, फ्लडलाइटसहित नयाँ स्वरुपमा
भृकुटीमण्डपमा बजाजको ‘गेम अफ पावर’ एक्सचेन्ज कार्निभल सुरु
