के तपाईलाई ग्यास्ट्रिकको समस्या छ ? अपनाउनुहोस् यी ६ घरेलु उपायहरु
आजभोलि धेरै मानिसहरुलाई ग्यास्ट्रिकको समस्या हुन्छ । अस्पतालमा पनि ग्यास्ट्रिकको समस्या लिएर धेरै मानिसहरु जाने गर्छन् । अहिले ग्यास्ट्रिकको समस्या नभएका मानिसहरु भेट्न पनि मुश्किल छ । खासमा ग्यास्ट्रिकको समस्या खानपान र विभिन्न कारणले हुने गर्छ । यदि तपाइलाई पनि ग्यास्ट्रिकको समस्या छ, भने विभिन्न घरेलु उपाय अपनाएर यसबाट छुटकारा पाउन सकिन्छ ।
अपनाउनुहोस् यी ६ घरेलु उपायहरु :
१. समयमा खाना खाने बानी बसाल्नु : हामिले समयमा खाना खाने बानी बसालेमा पनि ग्यास्ट्रिकबाट छुटकारा पाउन सकिन्छ । तपाइलाई ग्यास्ट्रिक छ भने सकेसम्म प्रत्येक दुई घन्टाको फरकमा खाना खाने गर्नुहोस् । यदि लामो समयसम्म केही खानेकुरा नखाँएमा पेटमा हावा भरिएर ग्यास्ट्रिकको समस्या हुन्छ ।
२. प्रशस्त पानी पिउनुहोस् : ग्यास्ट्रिकबाट छुटकारा पाउन लगातार पानी पिउँने बानी बसाल्नुपर्छ । प्रशस्त पानी पिएमा मात्र जिउमा पानीको सन्तुलन कायम हुन्छ । तर पानीको सट्टा कोक लगायतका कोल्डड्रिङस भने पिउनुहुँदैन।
३. कार्बोहाइड्रेड कम खाने : ग्यास्ट्रिक भएकाले कार्बोहाइड्रेड भएका खानेकुरा कम खानुपर्छ । बियर, वाइन, मकै, राज्मा, बन्दा, प्याज नखानु नै बेस हुन्छ ।
४. दूध पिउनुहुँदैन : ग्यास्ट्रिक भएकाले दूध नपिउनु नै राम्रो हुन्छ । दूधले झन ग्यास्ट्रिक बढाउछ । पचाउन गाह्रो पर्ने भएकाले दूध नखानु नै राम्रो हुन्छ ।
५. लसुनपानी खानु : तपाईलाई ग्यास्ट्रिकको समस्या छ भने लसुनपानी खानु राम्रो उपाय हो । बिहान उठ्नासाथ दुई–तीन पोटी लसुन पानीसँग खाएमा ग्यास्ट्रिक कम हुन्छ।
६. कागतीपानी पिउनु : ग्यास्ट्रिकलाई कम गर्न कागतीपानी पिउनु पनि राम्रो उपाय हो । कागतीपानी पिउनाले पेटमा ग्यास काम गर्छ र पेट फुल्न पनि दिँदैन ।
सम्बन्धित समाचार
नेपालमा पहिलो राष्ट्रिय अटिजम समिट सम्पन्न, अटिजम समावेशीकरण सम्बन्धी काठमाडौं घोषणापत्र २०२६ मा हस्ताक्षर
अब एटीएमबाटै १०० रुपैयाँका नोट निकाल्न मिल्ने
तीजदेखि ऋषिपञ्चमीसम्म: परम्परा, चेतना र परिवर्तनको यात्रा-क्षितिज विक्रम खनाल
एनसेलले बाढी प्रभावित क्षेत्रमा स्याटलाइट प्रविधिमार्फत सञ्चार सेवा उपलब्ध गराउँदै
उपत्यकाको ग्यास अभाव सहज बनाउन उद्योगमन्त्रीको निर्देशन्
बाढीपीडितको सम्पर्क सहज बनाउन एनसेलको निःशुल्क सेवा
ट्रेन्डिङ
सुनको भाउ तोलामा २९ सयले उकालो, चाँदीको मूल्य कति ?
ब्ल्याक+डेकरको ”दशैं विथ ब्ल्याक+डेकर” योजना सार्वजनिकः बम्परमा भियतनाम भ्रमणको अवसर
बेनेलीको दशैं अफरः एक्सचेन्ज बोनस ४० हजारसम्म, सहज फाइनान्सिङ सुविधा
एनपीएलका लागि कीर्तिपुर मैदान तयार, फ्लडलाइटसहित नयाँ स्वरुपमा
भृकुटीमण्डपमा बजाजको ‘गेम अफ पावर’ एक्सचेन्ज कार्निभल सुरु
