Jankari Kendra
१९ श्रावण २०८३, मंगलवार
Worldlink

पर्सामा करिब १२ किलो चरेशसहित २ जना पक्राउ

जानकारी केन्द्र Logo
जानकारी केन्द्र
२०८०, चैत्र, १०
पर्सामा करिब १२ किलो चरेशसहित २ जना पक्राउ

पर्सा । वीरगंज महानगरपालिका-८ घण्टाघरस्थित नारायणी गेष्ट हाउसबाट अवैध लागूऔषध चरेश करिब १२ किलो २ सय ४० ग्रामसहित भारत बिमान थाना जमुवजारी ग्राम डुमरा बस्ने २२ वर्षीय आरिफ रजा समेत २ जनालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको नेपाल प्रहरीले बताएको छ।

प्रहरीका अनुसार विशेष सूचनाको आधारमा खटिएको प्रहरीले उक्त गेष्ट हाउस तलासी गर्दा उक्त चरेश फेला पारी दुवै जनालाई पक्राउ गरेको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको बताइएको छ ।

Top Changing Nepal

युट्युब सट्स