मधुमेहका रोगीले खानैपर्ने ९ खानेकुराहरु,जानकारीको लागी सेयर गरौं
एजेन्सी । रगतमा चिनीको मात्रा बढी हुने भएकाले मधुमेहका रोगीले जे पायो त्यही खानेकुरा खान हुँदैन । यो एक दीर्घ रोग भएकाले रोगीले खाना खाँदा निक्कै होस पुर्याएर खानुपर्छ । यसका साथै यस्ता रोगीले सीमित खानेकुराहरु नियमित र ठिक्क मात्रामा खान आवश्यक छ । यहाँ हामी तपाईलाई यस्ता खानेकुराको बारेमा जानकारी दिँदैछौं जुन मधुमेह नियन्त्रणका लागि खान आवश्यक छ ।
१. स्याउ : भनिन्छ दिनको एउटा स्याउले डाक्टरलाई टाढा राख्छ : विशेषगरी कार्डियोलोजिष्ट । सन २०१२ मा ओहियो स्टेट युनिभर्सिटीले प्रकाशित गरेको जर्नलमा चार हप्तासम्म् दिनमा एउटा स्याउ सेवन गर्नाले नराम्रो कोलेस्ट्रोललाई ४० प्रतिशतले घटाउने गर्छ ।कोलेस्ट्रोल एउटा यस्तो तत्व हो जसले मुटु रोगलाई मद्दत गर्छ । यसका साथै स्याउमा मधुमेह कम गर्ने तत्व पनि पाईन्छ । हाभार्ड स्कुल अफ पब्लिक हेल्थले दुई लाख मानिसहरुको स्वास्थ्यस्थिती जाँच गर्दा हप्तामा ५ वा सो भन्दा बढी स्याउ खाने मानिसमा मधुमेहको खतरा २३ प्रतिशतले कम हुने जनाएको छ ।
२. कुरिलो : स्वादका दृष्टिकोणले मात्र हेर्ने हो भने पनि कुरिलो धेरैजासो मानिसको मन पर्ने तरकारी हो । के तपाईलाई थाहा छ कुरिलोमा ५ ग्राम कार्बोहा८ड्रट, २० प्रतिशत क्यालोरी र करिब २ ग्राम फाइृबर पाईन्छ ।यसमा बिशेषगरी ग्लुताथायन नामक एन्टिअक्सिडेन्ट पाईने भएकालदे यसले बुढ्यौलीको असरलाई फिक्का बनाउने गर्दछ भने विभिन्न रोगबाट मुक्त गराउँछ । जस्तै मधुमेह, मुटुरोग र क्यान्सर । सन २०१२ मा ब्रिटिश जर्नल अफ न्यूट्रिसनले गरेको एक अनुसन्धानका अनुसार कुरिलोले रगतमा चिनीको मात्रालाई राम्रो अवस्थामा राख्ने गर्दछ भने इन्सुलिनको मात्रालाई बढाउने काम गर्छ ।
३. एभोक्याडो : नास्पातीजस्तो देखिने फल एभोक्याडो स्वास्थ्यका दृष्टिले निक्कै राम्रो मानिन्छ । मधुमेह र एभोक्याडोबीच निक्कै सकारात्मक सम्बन्ध रहेको छ । सन २०८ मा अमेरिकन जर्नल अफ क्लिनिकल न्यूट्रिसनले प्रकाशित गरेको रिपोर्ट अनुसार एभोक्यार्डो खाने महिलाहरुमा दोस्रो प्रकारको मधुमेह हुने खतरा २५ प्रतिशतले कम हुन्छ ।
४. सिमी: सिमीमा प्रचुर मात्रामा फाईबर पाइन्छ । साथै,यो प्रोटिनको राम्रो स्रोत मानिन्छ । जसका कारण मधुमेहका रोगीले यसलाई आफ्नो खानामा सामेल गराउनु आवश्यक छ । सन २०१२ मा गरिएकाखे उक अनुसन्धानका अनुसार टुसा उम्रिएको सिमीको तरकारी दिनमा एक कप खाने गर्नाले रगतमा चिनीको मात्रामा सन्तुलित हुन्छ भने ब्लड प्रेसर पनि कम गर्छ ।
५. ब्रोकाउली: ब्रोकाउलीमा बेटा क्यारोटिन नामक एीन्टअक्सिडेन्ट पाईन्छ । जसले मधुमेह रोगीलाई फाईदा पुर्याउँछ । यसमा भिटामीन ‘ए’ प्रचुर मात्रामा पाइने हुँदा दाँत हड्डी, छाला र आँखालाई फाईदा पुर्याउछ । यो फोलेट र फाइबरको खानी भएका कारण स्वास्थ्यका लाथि निक्कै लाभदायक मानिन्छ ।
६. गाजर: गाजरलाई भिटामिन ‘ए’को खानीका रुपमा लिईन्छ । यो भिटामिन रोग प्रतिरोधात्मक क्षमता वृद्धिका लागि आवश्यक तत्व मानिन्छ । यसले मधुमेह रोगलाई राहत प्रदान गर्दछ भने केहि क्यान्सरबाट मक्ति दिने मायो क्लिनिकलले बताएको छ ।
७. माछा: सन २०१० को डायटरी गाइडलाइन फर अमेरिकाले हप्तामा दुईपटक माछा खान सुझाउको छ । माछामा ओमेगा ३ फ्याटी एसिड पाइने हुँदा यसले अरहाथमियास ९असामान्य मुटुको धड्कन० को जोखिमलाई कम गर्ने गर्दछ । मधुमेहका रोगीले माछाको सेवन गर्नु लाभदायक मानिन्छ ।
८. लसुन: खानालाई मिठो बनाउन हामिले प्रयोग गर्ने लसुनमा औषधीय गुणसमेत रहेको छ । यसले उच्च कोलेस्ट्रोल, मुटु रोग, उच्च रक्तचाप र क्यान्सरको खतरालाई टाढा राख्छ ।
९. प्याज: प्याजमा एन्टिअक्सिडेटको मात्रा बढी हुने भएकाले यसले मधुमेहका रोगीलाई फाइदा पुर्याउँछ । प्याजमा मधुमेहका रोगीलाई फाईदा पुर्याउँने फाइबर, पोटासिम र फोलेटजस्ता तत्व हुने भएकाले यसलाई खानामा समलग्न गर्न अत्यावश्यक छ । सन २००२ मा अमेरिकन जर्नल अफ क्लिनिक न्युट्रिसनले गरेको अनुसन्धान अनुसार प्याजमा पाइने फ्लेभोननोइड क्वेरसेटिनले दीर्घ रोग लाग्नबाट बचाएँछ ।
सम्बन्धित समाचार
नेपालमा पहिलो राष्ट्रिय अटिजम समिट सम्पन्न, अटिजम समावेशीकरण सम्बन्धी काठमाडौं घोषणापत्र २०२६ मा हस्ताक्षर
अब एटीएमबाटै १०० रुपैयाँका नोट निकाल्न मिल्ने
तीजदेखि ऋषिपञ्चमीसम्म: परम्परा, चेतना र परिवर्तनको यात्रा-क्षितिज विक्रम खनाल
एनसेलले बाढी प्रभावित क्षेत्रमा स्याटलाइट प्रविधिमार्फत सञ्चार सेवा उपलब्ध गराउँदै
उपत्यकाको ग्यास अभाव सहज बनाउन उद्योगमन्त्रीको निर्देशन्
बाढीपीडितको सम्पर्क सहज बनाउन एनसेलको निःशुल्क सेवा
ट्रेन्डिङ
सुनको भाउ तोलामा २९ सयले उकालो, चाँदीको मूल्य कति ?
ब्ल्याक+डेकरको ”दशैं विथ ब्ल्याक+डेकर” योजना सार्वजनिकः बम्परमा भियतनाम भ्रमणको अवसर
बेनेलीको दशैं अफरः एक्सचेन्ज बोनस ४० हजारसम्म, सहज फाइनान्सिङ सुविधा
एनपीएलका लागि कीर्तिपुर मैदान तयार, फ्लडलाइटसहित नयाँ स्वरुपमा
भृकुटीमण्डपमा बजाजको ‘गेम अफ पावर’ एक्सचेन्ज कार्निभल सुरु
