झापा । मेचीनगर नगरपालिका-१ सारूगोडाबाट बारूद बनाउन प्रयोग गरिने सोडा ३ किलो ४२ ग्राम र गन्दक ४ सय ६८ ग्रामसहित सोही नगरपालिका-१ देवीगंज बस्ने ६० वर्षीय श्रीप्रसाद हुमागाईलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको नेपाल प्रहरीले बताएको छ । प्रहरीका अनुसार प्रहरी चौकी तिरीङखोलाबाट खटिएको प्रहरीले भारतको नक्सालबारीबाट नेपालतर्फ साईकलमा आउँदै गरेका उनलाई उक्त सोडा र गन्दकसहित फेला पारी पक्राउ गरेको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको बताइएको छ ।
सोडा र गन्दकसहित एक जना पक्राउ
सोडा र गन्दकसहित एक जना पक्राउ
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु


