इरान–इजरायल युद्दको खतरा, इरानले एअरस्पेश बन्द गरेर सुरू गर्यो युद्द अभ्यास
तेहरान । गाजा पछि इजरायलले इरानको हमला सामाना गर्नु पर्ने सम्भावना बढेर गएको छ । सिरियामा रहेको इरानी दुतावासमा हमला गरेर बरिष्ठ अधिकारीहरू मारे पछि इरानले बदला लिने जनाइसकेको छ । इरानले इजरायल माथी हमला गरे अमेरिका चुप लागेर नबस्ने भन्दै जो वाइडेनले इजरायलको सुरक्षाका लागि ‘फलामे ढाल’ बनेर उभिने जनाइसकेका छन् । जसका कारण मध्य पुर्व एसियामा थप दन्द्द बढने सम्भावनालाइ नजर अन्दाज गर्ने अवस्था भने छैन ।
यसैबिचमा, अमेरिकी मिडियाले इरानवाट हुन सक्ने सम्भावित खतरालाइ लिएर ठूलो दाबी गर्न थालेका छन । उनीहरूका अनुसार इरानले आणविक बम बनाउने प्रयास गरिरहेको र जसका लागि तीव्र गतिमा परमाणु सामग्री अर्थात् युरेनियम जम्मा गरिरहेको बताए । इरानले आणविक बम बनाउने आफ्नो मनसाय नभएको बताउँदै आएको भए पनि अमेरिकी अधिकारीहरूले इरानले आणविक बम बनाउन सक्ने डर भने कायमै रहेको छ ।
इजरायल र उसको आणविक कार्यक्रमलाई लिएर अमेरिका र इरानबीच पहिले देखि नै तनाव छ । इजरायलले एक इरानी कमाण्डरको हत्या गरे पछि इरानले इजरायलविरुद्ध बदला लिने डर बढेको छ। वासिङ्टन पोस्टका अनुसार इरानले आफूले कुनै आणविक बम नबनाउँदै आएको बताउँदै आएको छ तर सो देशसँग पर्याप्त युरेनियम छ कि उसले त्यसबाट कम्तीमा तीनवटा परमाणु बम बनाउन सक्छ। इरानले केही दिन वा हप्ताभित्रै यो गर्न सक्ने विश्वास गरिएको छ ।उता, इरानी मिडियाका अनुसार इरानले एयरस्पेस बन्द गरेर इरानी सेना युद्धाभ्यासमा उत्रिएका छन् ।
जसका कारण जर्मन एयरलाइन्स लुफ्थान्सा एयरलाइन्सले बिहीबार तेहरानका लागि सबै उडानहरू स्थगित गरेको थियो । मध्यपूर्वका सबै देशहरू हाल इरानबाट हुन सक्ने आक्रमणको खतरालाई लिएर अलर्टमा रहेकाे जनाएका छन् ।अरबी भाषामा प्रकाशित इरानी समाचार एजेन्सीको रिपोर्ट अनुसार इरानले सैन्य अभ्यास गर्नका लागि राजधानी तेहरानमाथिको आफ्नो हवाई क्षेत्र बन्द गरेको छ। तर पछि इरानी मिडियाले यो रिपोर्ट हटाएको थियो।
सम्बन्धित समाचार
फेसबुकको त्रुटि पत्ता लगाउने तनहुँकी सुप्रियालाई मेटाको ३ हजार ७५० अमेरिकी डलर पुरस्कार
वेबसाइट र अनलाइन प्रणालीमा साइबर आक्रमणको जोखिम, एससीएससीद्वारा सतर्क रहन आग्रह
आईसीसी क्रिकेट विश्वकप छनोटको प्लेअफ डिसेम्बर ४ देखि नेपालमा आयोजना हुने
एनपीएलका सम्पूर्ण खेललाई आईसीसीको लिस्ट ‘ए’ टी–२० मान्यता
दसैँमा यात्रुलाई सहज बनाउन काठमाडौं उपत्यकामा प्रहरीको निःशुल्क बस सेवा
एनपीएलमा पहिलोपटक डीआरएस, निर्णय पुनरावलोकनदेखि बल ट्र्याकिङसम्मको सुविधा
ट्रेन्डिङ
सिटिजन लाइफ इन्स्योरेन्सको ९ औँ वार्षिकोत्सव, ३३ अर्ब लगानीसहित वित्तीय यात्रा सुदृढ बनाउँदै
वीरगंजमा नयाँ शोरूम संचालनमा ल्याउँदै कजारिया रमेश टायल्सको बजार विस्तार
बाढीपीडितको पुनःस्थापनाका लागि नामिया सदस्य घिमिरेको सहयोग, विदुरकी प्रतिमालाई मसला पिस्ने मेसिन हस्तान्तरण
टिकटकको एआई कन्टेन्टमा कडाइ: ८ करोड ६० लाख नक्कली अकाउन्ट हटाइयो, ३ अर्ब भिडियोमा एआई लेबल
कोका–कोलाको ‘भरौँ खुसी’ अभियान, हवाई र बस टिकट जित्ने मौका
