कंगनाले चुनावी भाषणमा भनिन, ‘मेरा फिल्मबाट नायक नै हटाएँकाे अनुभव छ ‘
मुम्बई । बलिउड अभिनेत्री कंगना रनौत यतिबेला चुनावी प्रचारमा व्यस्त छिन् । यससँगै नायिका आफ्नो आगामी फिल्म ‘इमर्जेन्सी’लाई लिएर पनि चर्चामा रहेकी छिन् । कंगना राजनीतिमा प्रवेश गरेदेखि नै अभिनेत्री लगातार चर्चामा छिन् । हालै कंगनाले नाम नलिई विपक्षीलाई निशाना बनाएकी छिन् ।
वास्तवमा मनालीमा चुनावी र्यालीमा हिमाचलको मंडी लोकसभा सीटबाट बीजेपी उम्मेदवार र अभिनेत्री कंगना रनौतले कांग्रेस नेता राहुल गान्धी र हिमाचलका पीडब्लूडी मन्त्री विक्रमादित्य सिंहको नाम नलिई कडा आलोचना गरेकी छिन् । हो, कंगनाले जेठो पप्पु दिल्लीमा र कान्छो पप्पु हिमाचलमा बसेको बताइन् । यति मात्र होइन, कंगनाले थप भनिन् कि कान्छो पप्पुले मलाई गाईको मासु खान्छिन् भनेका छन् ।
कंगनाको तीखो शब्द यहीँ रोकिएन । हो, अभिनेत्रीले थप भनिन् कि ‘यदि तपाईंसँग प्रमाण छ वा तपाईंसँग भिडियो, रेस्टुरेन्टको बिल, फोटो, केहि छ भने जनतालाई देखाउनु होस्।’ हालै विक्रमादित्य सिंहले गाईको मासु खाने कुरालाई लिएर भाजपा र कंगनामाथि कडा हमला गरेका थिए। कंगना ५ दिन पछि मुम्बईबाट फर्किए पछि अभिनेत्रीले मनालीमा यस्तो प्रतिक्रिया दिएकी हुन् ।
कंगनाले सार्वजनिक रूपमा आफूले यस्ता धेरै राजा र राजाका छोराहरूलाई भेटेको बताइन् । ‘चलचित्र क्षेत्रमा पनि यस्ता धेरै व्यक्तिहरु भेटिएका छन् । जब मैले फिल्म उद्योगमा केटीहरू प्रयोग गर्ने मानिसहरू विरुद्ध आवाज उठाए, मलाई जेल हाल्ने प्रयास गरियो तर तिनीहरूले मलाई कुनै हानी गर्न सकेनन्। मैले मेरा फिल्मबाट नायकहरूलाई हटाएँ,’ उनले भनिन् । अहिले कंगनाको यो बयानको निकै चर्चा भइरहेको छ।
सम्बन्धित समाचार
जुनु प्रसाईको ‘झगडा पर्यो पोइसित’ सार्वजनिक, प्रकाश सपुतसँगै देखिइन् भिडियोमा
एक लाखको फिल्मले पायो अप्रत्याशित सफलता,कमाइ २ अर्ब नजिक
रेखा थापाको ‘माया भनेकै यस्तो होला’को टिजर सार्वजनिक, भदौ २६ मा प्रदर्शन
‘स्पाइडर म्यान’लाई पछि पार्दै तमिल चलचित्र तीन दिनमै मच्चायो तहल्का
महानायक राजेश हमाल बने प्रेसिडेन्ट, सुपर कमेडी लिगको औपचारिक घोषणा
रणवीरको ‘रामायण’ भारतीयले भन्दा पहिला अन्तर्राष्ट्रिय दर्शकले हेर्न पाउने
ट्रेन्डिङ
मेक्सस द्वारा विपद् प्रभावित समुदायका लागि रु.८० लाख बराबरको राहत सहयोग प्रदान
२०८३ भदौं २० गते शनिबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ भदौं १९ गते शुक्रबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ भदौं १६ गते मंगलबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
जेकु जे ५ अब दुई भेरियन्टमा उपलब्ध, मूल्य रु. ४७.९९ लाखदेखि

