२०८१ साल शुरु, हर्षोल्लासका साथ नयाँ वर्ष मनाइँदै
काठमाडौं । विक्रम संवत अनुसार आजबाट नयाँ वर्ष २०८१ शुरु भएको छ । विक्रम संवतको पात्रोअनुसार हरेक वैशाख १ गते हुने नयाँ वर्षलाई नेपाली संस्कृतिमा विशेष दिनका रूपमा मनाइन्छ। आजको दिन साथीभाई, आफन्त र इष्टमित्रसँग शुभकामना आदानप्रदान गर्दै रमाइलो गरी नयाँ बर्ष मनाउने गरिन्छ । हरेक व्यक्तिले गत वर्ष गरेका कामको सफलता÷असफलता मूल्याङ्कन गरी असफलता दोहोरिन नदिने र सफलता प्राप्त गर्न आजका दिन योजना निर्माण एवम् सत्सङ्कल्प गर्ने पनि गर्दछन् ।
नयाँ बर्ष आरम्भका अवसरमा सरकारले आज सार्वजनिक विदा दिएको छ । सूर्य मीन राशिबाट मेष राशिमा प्रवेश गर्ने भएकाले आजको दिनलाई मेष अर्थात् वैशाख सङ्क्रान्ति पनि भनिन्छ । नयाँ वर्षका अवसरमा देशका विभिन्न ठाउँमा मेला लागेको छ । विक्रमादित्यले चलाएको संवत् भएकाले यो संवत्लाई विक्रम संवत् भनिएको हो ।
१२ औँ शताब्दीमा भारतको गुजरातबाट आएका विद्वानले किताब सार्दा पहिलोपटक विक्रम संवतको प्रयोग गरेको लिखित दस्तावेज फेला परेको इतिहासकारमा सुन्न पाईन्स । विक्रमको अर्थ पराक्रम र आदित्यको अर्थ सूर्य हुन्छ, सूर्यका उपासकले चलाएकाले नै यसलाई विक्रम संवत भनिएको हो ।
नयाँ वर्षमा विगतका कामको समीक्षा गर्दै कमजोरी सुधारेर नयाँ जोस र जाँगरका साथ आफ्नो कर्मक्षेत्रमा लाग्न नयाँ वर्षका अवसरमा प्रण पनि गर्ने गरिन्छ।
सम्बन्धित समाचार
अब एटीएमबाटै १०० रुपैयाँका नोट निकाल्न मिल्ने
तीजदेखि ऋषिपञ्चमीसम्म: परम्परा, चेतना र परिवर्तनको यात्रा-क्षितिज विक्रम खनाल
एनसेलले बाढी प्रभावित क्षेत्रमा स्याटलाइट प्रविधिमार्फत सञ्चार सेवा उपलब्ध गराउँदै
उपत्यकाको ग्यास अभाव सहज बनाउन उद्योगमन्त्रीको निर्देशन्
बाढीपीडितको सम्पर्क सहज बनाउन एनसेलको निःशुल्क सेवा
अलपत्र यात्रुको उद्धारमा काठमाडौं महानगरको निःशुल्क यातायात सेवा
ट्रेन्डिङ
सुनको भाउ तोलामा २९ सयले उकालो, चाँदीको मूल्य कति ?
ब्ल्याक+डेकरको ”दशैं विथ ब्ल्याक+डेकर” योजना सार्वजनिकः बम्परमा भियतनाम भ्रमणको अवसर
बेनेलीको दशैं अफरः एक्सचेन्ज बोनस ४० हजारसम्म, सहज फाइनान्सिङ सुविधा
एनपीएलका लागि कीर्तिपुर मैदान तयार, फ्लडलाइटसहित नयाँ स्वरुपमा
भृकुटीमण्डपमा बजाजको ‘गेम अफ पावर’ एक्सचेन्ज कार्निभल सुरु
