पुष्पाः २, जसले रिलिज अघि नै कमाउन सक्छ १ हजार करोड
मुम्बई । कुनै पनि फिल्मको लागि आफ्नो बजेटको काम गर्नु धेरै महत्त्वपूर्ण छ। कतिपय फिल्म यस्ता छन् जसले बक्स अफिसमा धेरै कमाइ गर्छन् । तर, केही फिल्म यस्ता छन् जसले रिलिज हुनुअघि नै करोडौंको व्यापार गर्छन् । आज हामी तपाईलाई एउटा यस्तो फिल्मको बारेमा बताउन गइरहेका छौँ जुन अहिलेसम्म रिलिज पनि भएको छैन तर रिलिज हुनुअघि नै यसले १००० करोड क्लबमा प्रवेश गर्न सक्ने बताइएको छ । यो कुन फिल्म हो भनौं त ?
वास्तवमा हामीले जुन चलचित्रको कुरा गरिरहेका छौं, त्यो हो बहुप्रतिक्षित चलचित्र ‘पुष्पा २’ । हो, अल्लु अर्जुनको यो फिल्मलाई लिएर मानिसमा फरक क्रेज रहेको छ र फ्यानहरु यो फिल्मको रिलिजको लागि आतुर छन् । रिपोर्टलाई विश्वास गर्ने हो भने यो फिल्मको बजेट ५ सय करोड रहेको बताइन्छ तर रिलिज अगावै फिल्मले ठूलो कमाई गर्न सक्छ ।
रिपोर्टका अनुसार फिल्मले आन्ध्र र तेलंगानामा मात्रै २०० करोडको प्रि रिलिज वितरण अधिकार मागेको छ। पुष्पाको पहिलो पार्टलाई दर्शकले निकै रुचाएका थिए र यो फिल्मले पनि बक्स अफिसमा कमाल गरेको थियो । फिल्मले हिन्दी क्षेत्रमा पनि राम्रो कमाई गरेको थियो । यसैलाई मध्यनजर गर्दै अब फिल्मले २०२४ मा पनि राम्रो कमाइ गर्ने अपेक्षा गरिएको छ ।
यसैबीच इन्डिया टुडेको रिपोर्टलाई विश्वास गर्ने हो भने ट्रेड स्रोतले फिल्मको प्रि रिलिज व्यापार पहिले नै एक हजार करोड भारु पार गर्न सक्ने बताइएको छ। फिल्म रिलिज हुन अझै चार महिना बाँकी छ । पुष्पको समग्र प्रि रिलिज ब्यापार राम्रो रह्यो भने पठान, गदर २ र एनिमल जस्ता ब्लकबस्टर फिल्मसँग प्रतिस्पर्धा गर्न सक्नेछ ।
सम्बन्धित समाचार
टिकटकको एआई कन्टेन्टमा कडाइ: ८ करोड ६० लाख नक्कली अकाउन्ट हटाइयो, ३ अर्ब भिडियोमा एआई लेबल
रामाडा बाइ विन्डह्यामको गन्तव्य प्रवर्द्धन यात्रा, पूर्वी नेपाललाई पर्यटनको नयाँ केन्द्र बनाउने लक्ष्य
‘तुना फुकेछ’ सार्वजनिक, ‘निःशब्द’ चलचित्रको गीतले दर्शकको ध्यान तान्दै
जुनु प्रसाईको ‘झगडा पर्यो पोइसित’ सार्वजनिक, प्रकाश सपुतसँगै देखिइन् भिडियोमा
एक लाखको फिल्मले पायो अप्रत्याशित सफलता,कमाइ २ अर्ब नजिक
रेखा थापाको ‘माया भनेकै यस्तो होला’को टिजर सार्वजनिक, भदौ २६ मा प्रदर्शन
ट्रेन्डिङ
सिटिजन लाइफ इन्स्योरेन्सको ९ औँ वार्षिकोत्सव, ३३ अर्ब लगानीसहित वित्तीय यात्रा सुदृढ बनाउँदै
बाढीपीडितको पुनःस्थापनाका लागि नामिया सदस्य घिमिरेको सहयोग, विदुरकी प्रतिमालाई मसला पिस्ने मेसिन हस्तान्तरण
एनपीएलमा पहिलोपटक डीआरएस, निर्णय पुनरावलोकनदेखि बल ट्र्याकिङसम्मको सुविधा
वेबसाइट र अनलाइन प्रणालीमा साइबर आक्रमणको जोखिम, एससीएससीद्वारा सतर्क रहन आग्रह
जनकपुर बोल्ट्सको आधिकारिक गो ग्रीन इनर्जी पार्टनर बन्यो एसटीसी
