फिल्ममा डेभ्यु गर्दै म्यूजिक भिडियोमा चर्चित सनिशा
काठमाडौँ । म्यूजिक भिडियोमा चर्चित मोडल सनिशा भट्टराई फिल्ममा डेभ्यु गर्ने भएकी छन् । सनिशाले अभिनेता विराज भट्टको निर्देशनमा बन्न लागेको आगामी फिल्म ‘१२ गाउँ’ बाट डेब्यु गर्न लागेकी हुन् ।
विराजले सोमबार फेसबुकमार्फत फिल्ममा उनको अभिनय रहने पृष्टि गरेका हुन् । फिल्ममा उनको प्रमुख भूमिका रहने विराजले जनाएका छन्।
विराजले लेखेका छन्- ‘धेरै सम्भावना बोकेकी, सौन्दर्य तथा कला की धनी सनिसा भट्टराई हाम्रो १२ गाउँ चलचित्रमार्फत प्रमुख भूमिकामा आफ्नो फिल्मी यात्राको सुरुवात गर्दै । वहाँलाई धेरै धेरै बधाई तथा शुभकामना ।’
सनिशाले ‘ए होर माया’, ‘आँशु बनि नखस कैले नि’, ‘तिमीलाई हेर्ने बानी पर्यो’ लगायत कैयौं म्युजिक भिडियोमा काम गरिसकेकी छन् ।
यसै वर्ष छायांकनको तयारी गरिएको ‘१२ गाउँ’मा विराज स्वयं मुख्य भूमिकामा छन् भने उनका छोरा समीर भट्टको पनि अभिनय रहनेछ । यो फिल्मबाट सनिशासँगै पूर्वमिस नेपाल इन्टरनेसनल (२०२२) न्यान्सी खड्काले पनि डेब्यु गर्दैछिन् । भिलेनको भूमिकामा कनिज कोइरालाको अभिनय रहनेछ । फिल्ममा सन्तोष सरकारको कथा तथा पटकथा रहेको छ ।
एक्सन प्रधान रहने फिल्मका लागि उनले साउथ फिल्मका द्वन्द्व निर्देशक स्टन्ट सिल्भा फिल्ममा द्वन्द्व निर्देशनसँगै मुख्य खलपात्रको भूमिका पनि रहने बताइएको छ ।
सम्बन्धित समाचार
टिकटकको एआई कन्टेन्टमा कडाइ: ८ करोड ६० लाख नक्कली अकाउन्ट हटाइयो, ३ अर्ब भिडियोमा एआई लेबल
रामाडा बाइ विन्डह्यामको गन्तव्य प्रवर्द्धन यात्रा, पूर्वी नेपाललाई पर्यटनको नयाँ केन्द्र बनाउने लक्ष्य
‘तुना फुकेछ’ सार्वजनिक, ‘निःशब्द’ चलचित्रको गीतले दर्शकको ध्यान तान्दै
जुनु प्रसाईको ‘झगडा पर्यो पोइसित’ सार्वजनिक, प्रकाश सपुतसँगै देखिइन् भिडियोमा
एक लाखको फिल्मले पायो अप्रत्याशित सफलता,कमाइ २ अर्ब नजिक
रेखा थापाको ‘माया भनेकै यस्तो होला’को टिजर सार्वजनिक, भदौ २६ मा प्रदर्शन
ट्रेन्डिङ
सिटिजन लाइफ इन्स्योरेन्सको ९ औँ वार्षिकोत्सव, ३३ अर्ब लगानीसहित वित्तीय यात्रा सुदृढ बनाउँदै
बाढीपीडितको पुनःस्थापनाका लागि नामिया सदस्य घिमिरेको सहयोग, विदुरकी प्रतिमालाई मसला पिस्ने मेसिन हस्तान्तरण
एनपीएलमा पहिलोपटक डीआरएस, निर्णय पुनरावलोकनदेखि बल ट्र्याकिङसम्मको सुविधा
वेबसाइट र अनलाइन प्रणालीमा साइबर आक्रमणको जोखिम, एससीएससीद्वारा सतर्क रहन आग्रह
जनकपुर बोल्ट्सको आधिकारिक गो ग्रीन इनर्जी पार्टनर बन्यो एसटीसी
