Jankari Kendra
२७ श्रावण २०८३, बुधबार
Worldlink

जन्मिएको बारबाट थाहा पाउनुहोस् तपाईको व्यक्तित्व कस्तो छ?

जानकारी केन्द्र
जानकारी केन्द्र
२०८१, बैशाख, २५
जन्मिएको बारबाट थाहा पाउनुहोस् तपाईको व्यक्तित्व कस्तो छ?

जन्म बारले पनि मानिसको स्वभावलाई निर्धारण गर्दछ । मानिसको जन्म बारले उसको स्वभाव कस्तो हुन्छ भन्ने कुरा थाहा पाउन सकिन्छ । आउनोस्, कुन बार जन्मिएको मानिसमा के कस्तो खुबी तथा स्वभाव हुन्छ जानी राखौँ ।

ज्योतिषशास्त्रमा जन्म दिनको विशेष महत्व रहने गर्छ । जन्म दिनको स्वामी ग्रहकाअनुसार व्यक्तिको स्वभावबारे थाहा पाउन सकिन्छ । यसबाट व्यक्तिले जीवनको महत्वपूर्ण कुरा थाहा पाउन सक्छन् ।

आइतबार
यो दिन जन्मिने बच्चा बिरामी रहने छन् । यद्यपि उसले जीवनमा धेरै नाम कमाउनुका साथै यश प्राप्त गर्नेछ । यो दिन जन्मिएको बच्चाले पारिवारिक जीवनमा विशेष ध्यान आवश्यक छ ।

सोमबार
यो दिन जन्मिएकाको स्वभाव मूडी खालको हुन्छ । यस्ता व्यक्तिको भाग्य आमरुपमा विवाह पछि उदय हुन्छ । यस दिन जन्मिने व्यक्तिले सधैँ आफ्नो सम्बन्धमा सावधानी अपनाउन आवश्यक हुन्छ ।

मंगलबार
यो दिन जन्मिने बच्चा बढी नै रिसाहा र आमरुपमा बाल्यकालमा पनि बिरामी भइरहने खालका हुन्छन् । यस्तै चोट पटक तथा दुर्घटनाबाट बच्नका लागि सँधै ख्याल राख्नु पर्ने हुन्छ ।

बुधबार
यो दिन जन्मिने बच्चा धनी र सम्पत्तीले भरिपूर्ण हुने भाग्य रहेको हुन्छ । हरेक कार्यमा पूर्णता चाहने स्वभाव हुन्छ । यो दिन जन्मिएकाले आफ्नो अहंकारी स्वभावमाथि नियन्त्रण राख्न आवश्यक हुन्छ ।

बिहीबार
यो दिन जन्मिने बच्चा भाग्यमानी हुन्छन् । यस्ता व्यक्तिलाई मानसम्मान धेरै नै प्राप्त हुनेछ । यस्तै यो दिन जन्मिएकाले दोस्रो व्यक्तिमाथि गर्ने धेरै विश्वासबाट बच्नु पर्ने हुन्छ ।

शुक्रबार
यो दिन जन्मिने बच्चा आध्यात्मिक हुने छन् । उनीमाथि भगवानको विशेष कृपा हुने छ । यस्ता व्यक्तिले लापरबाही तथा अतिविश्वासबाट बच्नु जरुरी छ ।

शनिबार
यो दिन जन्मिनेले जीवनमा कडा संघर्षको सामना गर्नु पर्ने हुन्छ । यद्यपि, एउटा उमेर चरण पार गरेपछि भने विदेश गएर अत्यन्तै ठूलो सफलता पाउने छन् । यस्ता व्यक्तिले नशा तथा प्रेमको चक्करबाट भने बच्नआवश्यक छ ।

naima expoTop Changing Nepal

युट्युब सट्स