• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ
  • कृषि
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • जानकारी
    • मोेैसम
    • मनोरञ्जन
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
२७ बैशाख २०८३, आइतबार
२७ बैशाख २०८३, आइतबार
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ
    • कृषि
    • शिक्षा
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • जानकारी
      • मोेैसम
      • मनोरञ्जन
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

यस्तो छ आजको मौसम पुर्वानुमान
  • ६ घण्टा 

एसईई नतिजा हेर्ने तरिका सार्वजनिक : एसएमएस, आईभीआर र वेबसाइटमार्फत नतिजा प्राप्त गर्न सकिने
  • १९ घण्टा 

बर्लीको आक्रामक विस्तार : २२ मोडेलसहित नेपालकै ठुलो रेञ्ज, नयाँ डेजर्ट र पर्सनल कुलर सार्वजनिक
  • २० घण्टा 

२०८३ वैशाख २८ गते सोमबार हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
  • २२ घण्टा 

देशभर ‘सरसफाइ सप्ताह २०८३’ सञ्चालन गरिने
  • २३ घण्टा 

वैशाख २९ भित्रै एसइई नतिजा सार्वजनिक हुने, बोर्डको अन्तिम तयारी पुरा
  • १ दिन 

नेपाल कम्युनिभर्सिटीद्वारा ‘सामाजिक नवप्रवर्तन र उद्यमशीलतामा स्नातकोत्तर’ कार्यक्रमको औपचारिक उद्घाटन
  • १ दिन 

MAW Group has closed 100+ Bookings at Chitwan Auto Show 2026
  • १ दिन 

घट्यो आज सुनको मुल्य, कतिमा हुँदैछ कारोबार ?
  • १ दिन 

लोकप्रिय समाचार

  • १. Dongfeng Motor has launched Munich design center in European markets

  • २. चिटवन अटो शो २०२६ मा १०० भन्दा बढी बुकिङ, एमएडब्लू ग्रुपका लागि मल्टी-ब्रान्ड सफलताको महत्वपूर्ण उपलब्धि

  • ३. २०८३ वैशाख २२ गते मंगलबार, यस्तो रहेको छ तपाईको आजको राशिफल

  • ४. समस्याग्रस्त सहकारीका ठूला ऋणीहरूको नाम सार्वजनिक, कुन-कुन परे ?

  • ५. २०८३ वैशाख २८ गते सोमबार हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

  • ६. २०८३ वैशाख २३ गते बुधबार, यस्तो रहेको छ तपाईको आजको राशिफल

  • ७. सुनचाँदीको मूल्यमा वृद्धि, कतिमा हुँदैछ कारोबार ?

  • ८. काँकरभिट्टाबाट १६ अर्ब ८१ करोडको पेट्रोलियम पदार्थ आयात

  • ९. गर्मीमा घरभित्रै प्रिमियम शीतलता, ब्ल्याकं डेकरका ८ आधुनिक एयर कूलर बजारमा

  • १०. नेपाल दुरसञ्चार प्राधिकरणमा नयाँ नेतृत्व चयन प्रक्रिया सुरु, आवेदन खुल्ला

मृत्युको अन्तिम क्षणमा पुगेको मानिसलाई किन तुलसी नजिक राखिन्छ ?

admin २०८१, बैशाख, २५

गाउँ होस् वा सहर अधिकांश घरमा मठ वा गमलामा तुलसी रोप्ने गरेको पाइन्छ । औषधीय गुणले भरिपूर्ण तुलसीको बिरुवालाई सनातन हिन्दु धर्मावलम्बीहरू भगवानको प्रतीकको रूपमा पूजा गर्दछन् । धार्मिक तथा वास्तु, ज्योतिष शास्त्र अनुसार घरमा तुलसीको बिरुवा हुनु वा रोप्नु अत्यन्त शुभ मानिन्छ ।

हिन्दु धर्ममा हरेक धार्मिक कार्यमा तुलसीको उपयोग गरिन्छ । विशेष गरी भगवान विष्णुको पूजामा तुलसी आवश्यक मानिन्छ । भगवान विष्णुलाई तुलसी अति प्रिय लाग्ने धार्मिक विश्वास छ । पवित्र तुलसी रोपिएको स्थानमा भुलेर पनि मांसहारी वा मदिराजन्य पदार्थ राख्नु वा सेवन गर्नु धार्मिक दृष्टिमा राम्रो मानिँदैन ।

यसका साथै तुलसीको माला धारण गर्नेहरूले कहिल्यै मांसाहार, मदिरा, नशालु पदार्थ वा तामसी भोजन गर्नु हुँदैन । वास्तु अनुसार तुलसीको बिरुवा रोपेमा नकारात्मक प्रभाव नष्ट हुन्छ । साथै घरमा सकारात्मक ऊर्जाको सञ्चार हुन्छ ।

वास्तु दोष कम गर्न तुलसी सक्षम मानिन्छ । वास्तुशास्त्र अनुसार तुलसीको बिरुवा घरको पूर्वोत्तर वा उत्तर दिशामा रोप्नु पर्दछ । तर भुलेर पनि तुलसीको बिरुवा दक्षिण दिशामा राख्नु हुँदैन । घरमा भएको तुलसीमा नियमित पानी अर्पण गर्ने, साँझमा घिउको दियो बाल्ने गर्नु पर्दछ । दियो बाल्दा दियोको मुनी चामलको आसन लगाउनु पर्दछ ।

जुन घरमा नियमित बिहान–बेलुका तुलसीको पूजा हुन्छ त्यस घरमा महालक्ष्मीको बास हुने विश्वास गरिन्छ । साथै सो घरमा हमेसा सुख समृद्धिको वास हुने गर्दछ । तर आइतबारको दिनमा भने तुलसीमा पानी अर्पण गर्नु हुँदैन ।

बिहानै तुलसीको पूजनले, तुलसीसँगको सम्पर्कले मानव जीवन निरोगी बन्छ भने तुलसीको सम्मिश्रणको खाद्यपदार्थहरूको सेवन गर्दा मानिसले दीर्घ जीवन प्राप्त गर्न सक्छ भन्ने कथन छ ।

तुलसीमा सयौँ रोग निको पार्ने क्षमता हुन्छ । यसका पात, हाँगा, फूल, जरा, बीउ सबै उत्तिकै महत्त्वपूर्ण छन् । तुलसीको सेवनले भोक जगाउने, रुचि जगाउने तथा पाचनक्रिया बढाउनुका साथै झाडाबान्ता पनि रोक्न मद्दत गर्दछ ।

नेपाली परम्पराअनुसार मानिसको मृत्युको अन्तिम क्षणमा सम्भव भएसम्म तुलसीको मठ नजिकै लगेर राख्ने गरिन्छ । साथै तुलसी पत्र भिजाएको जल खुवाउने गरिन्छ । यसको धार्मिक कारण तुलसी पानी खुवाउनाले मृत्युपछि मोक्ष प्राप्त हुने मान्यता छ । यस्तै तुलसीको बिरुवाले अक्सिजन दिने हुँदा श्वास प्रश्वासमा सहज हुने वैज्ञानिक मान्यता छ ।

विशेष गरी बिना आवश्यकता र आइतबार, सूर्य ग्रहण, चन्द्रग्रहण, एकादशी र सूर्यास्तपछि तुलसीको पात टिप्नु हुँदैन । यदि भुलवश टिपेमा हात जोडेर तुलसीलाई प्रणाम गरी माफी माग्नु पर्दछ । धार्मिक मान्यता अनुसार तुलसीलाई ननुहाइ छुनु हुँदैन । साथै महिनावारी भएको बेलामा समेत महिलाहरूले पनि छुनु हुँदैन ।

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
एसईई नतिजा हेर्ने तरिका सार्वजनिक : एसएमएस, आईभीआर र वेबसाइटमार्फत नतिजा प्राप्त गर्न सकिने
२०८३ वैशाख २८ गते सोमबार हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
वैशाख २९ भित्रै एसइई नतिजा सार्वजनिक हुने, बोर्डको अन्तिम तयारी पुरा

ताजा

यस्तो छ आजको मौसम पुर्वानुमान

एसईई नतिजा हेर्ने तरिका सार्वजनिक : एसएमएस, आईभीआर र वेबसाइटमार्फत नतिजा प्राप्त गर्न सकिने

बर्लीको आक्रामक विस्तार : २२ मोडेलसहित नेपालकै ठुलो रेञ्ज, नयाँ डेजर्ट र पर्सनल कुलर सार्वजनिक

२०८३ वैशाख २८ गते सोमबार हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

हाम्रो बारेमा

संचालक/सम्पादक :
दिपक गौतम

संपर्क नं. ९८५१००८६०९

Government of Nepal Ministry of Information and Communications Department of Information
Reg. Certificate No.258/073-74.
Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

Press Council Nepal Reg. No
531/2072-73

हाम्रो फेसबुक

Information Center Nepal

हाम्रा सामाजिक सञ्जाल

Follow Us on Social Media
Facebook YouTube TikTok Instagram

हाम्रो टिम

संवाददाता : माधव  प्रसाद भट्टराई
न्युज डेक्स : पवित्रा उप्रेती
न्युज डेक्स  :  इश्वर गौतम
न्युज डेक्स :  मौसम गौतम
IT : त्रिबिक्रम रेग्मी

सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

 

Copyright ©2026 Jankari Kendra | All rights Reserved.
 Website By :  nwTech.