Jankari Kendra
१७ भाद्र २०८३, बुधबार
Worldlink

बलात्कार मुद्दामा सन्दीपले पाए सफाइ, विश्वकप खेल्ने ढोका खुल्यो

जानकारी केन्द्र
जानकारी केन्द्र
२०८१, जेष्ठ, २
बलात्कार मुद्दामा सन्दीपले पाए सफाइ, विश्वकप खेल्ने ढोका खुल्यो

काठमाडौं,२ जेठ । नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान तथा स्टार स्पिनर सन्दीप लामिछानेले बलात्कार मुद्दामा सफाइ पाएका छन् । लामिछानेले उच्च अदालत पाटनबाट सफाइ पाएका हुन् ।

न्यायाधीशद्वय सुदर्शनदेव भट्ट र अञ्जु उप्रेतीको इजलासले सन्दीपलाई सफाइ दिएको हो । मंगलबार सो मुद्दामा सुनुवाइ नसकिएपछि हेर्दाहेर्दैमा राखिएको थियो । उच्च अदालतको फैसलासँगै टी-२० विश्वकपमा सहभागी हुने सन्दीपलाई बोटो खुलेको छ ।
उच्चको फैसलासँगै सन्दीपको क्रिकेट करिअर जोगिएको छ । सफाइ पाएसँगै उनको निलम्बन फुकुवा हुनेछ भने अब विश्वकप खेल्न पनि पाउनेछन् । तर, गौशाला २६ सँग सर्वोच्च अदालत जाने विकल्प बाँकी नै छ ।
Top Changing Nepal

युट्युब सट्स