सुटिङका क्रममा पल शाह घाइते
जानकारी केन्द्र
२०८१, जेष्ठ, ३
काठमाडौं । फिल्म ‘रावायण’को छायांकनको क्रममा अभिनेता पल शाह घाइते भएका छन् । सर्लाहीको लालबन्दी जंगल क्षेत्रमा जारी छायांकनमा फिल्मको एक्सन दृश्य खिच्दै गर्दा पलको हातमा चोट लागेको बताइएको छ । यता यस विषयमा अभिनेता आफैंले पनि सामाजिक सञ्जालमा भिडियो सेयर गर्दै जानकारी दिएका छन् ।
पलले लेखेका छन्, ‘रावायणको छायांकन सेटमा सामान्य घाइते’ । उनले सेयर गरेको उक्त भिडियो हेर्दा स्थानीय स्वास्थ्य केन्द्रमा हातको उपचार भएको र उपचारपछि उनको हातमा पट्टि बाँधिएको छ । निर्माण टिमबाट प्राप्त जानकारी अनुसार चोट गहिरो रहेको र त्यसमा टाँका नै लगाउनु परेको बताइएको छ ।
सुदर्शन थापाले निर्देशन गरिरहेको यस फिल्ममा पल र पूजा शर्मा शीर्ष भूमिकामा छन् ।
सम्बन्धित समाचार
जुनु प्रसाईको ‘झगडा पर्यो पोइसित’ सार्वजनिक, प्रकाश सपुतसँगै देखिइन् भिडियोमा
एक लाखको फिल्मले पायो अप्रत्याशित सफलता,कमाइ २ अर्ब नजिक
रेखा थापाको ‘माया भनेकै यस्तो होला’को टिजर सार्वजनिक, भदौ २६ मा प्रदर्शन
‘स्पाइडर म्यान’लाई पछि पार्दै तमिल चलचित्र तीन दिनमै मच्चायो तहल्का
महानायक राजेश हमाल बने प्रेसिडेन्ट, सुपर कमेडी लिगको औपचारिक घोषणा
रणवीरको ‘रामायण’ भारतीयले भन्दा पहिला अन्तर्राष्ट्रिय दर्शकले हेर्न पाउने
ट्रेन्डिङ
मेक्सस द्वारा विपद् प्रभावित समुदायका लागि रु.८० लाख बराबरको राहत सहयोग प्रदान
२०८३ भदौं २० गते शनिबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ भदौं १९ गते शुक्रबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ भदौं १६ गते मंगलबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
जेकु जे ५ अब दुई भेरियन्टमा उपलब्ध, मूल्य रु. ४७.९९ लाखदेखि

