राम्रो काममा विदेश पठाउने भन्दै मानव बेचबिखन तथा ओसार पसारमा गर्ने पक्राउ
राम्रो कामको प्रलोभन देखाई मानव बेचबिखन तथा ओसार पसारमा कार्यमा संलग्न सेतीदेवी–४ घर भई नागार्जुन नगरपालिका–१ सितापाईला बस्ने नयाँबानेश्वर स्थित कम्पास मेनपावर संचालन गर्ने २६ बर्षीय सुवास थापामगरलाई प्रहरीले पक्राउ गरेको छ ।
स्याङ्जा सामाकोट घर भएकी ३१ बर्षीया महिलालाई वैदेशिक रोजगारीको लागि मकाउ स्थित कल्चर डान्समा मकाउको ५ हजार (डलर) तलव हुन्छ भनी प्रलोभनमा पारी थापामगरले हाल वैदेशिक रोजगारीको क्रममा मकाउ ताईका बस्ने सुदर्शन थापामगर र निजका सहयोगी मकाउ ताकसेक पार्क बस्ने लोकराज रावल समेतको मिलेमतोमा पीडित महिलालाई टुरिष्ट भिषामा मकाउ पठाएका थिए ।
पीडितलाई मकाउमा रहेका सदुर्शन थापामगर र लोकराज रावलले चाइनिज व्यक्तिको घरमा लगेर बेचविखन गरी यौन शोषण समेत गरेको भनी मकाउमा रहेका नेपालीहरूले महानगरीय अपराध महाशाखामा सूचना दिएका थिए । सोही सुचनाको आधारमा पीडितको वास्तविकता वुझि मकाउ स्थित गैर आवसिय नेपाली संघसँग समन्वय गरी पीडितलाई नेपाल झिकाई सो अपराधमा संलग्न रहेका थापामगरलाई प्रहरीले पक्राउ गरेको हो ।
थापामगरलाई मानव वेचविखन तथा ओसार पसार मुद्धामा कारवाहीको लागी माघ ८ गते महानगरीय प्रहरी परिसर काठमाडाैमा पठाइएको नेपाल प्रहरीले जानकारी केन्द्र लाइ बताएको छ ।
सम्बन्धित समाचार
प्रधानमन्त्री राहत कोषमा काठमाडौं महानगरपालिकाले ४ करोड ५४ लाख १४ हजार रुपियाँ जम्मा गर्ने
भोटेकोशी बाढीपहिरो प्रभावितलाई बुद्ध एयरको राहत, भाडा नबढाउने र सामग्री निःशुल्क ढुवानी
ग्यास मौज्दातलाई लिएर गरिएको टिप्पणीप्रति चेम्बरको आपत्ति
नेपाल हियरिङ एन्ड स्पिच क्लिनिकद्वारा एकदिने अडियोलोजी कार्यशाला सम्पन्न
यस्तो छ आजको मौसम पुर्वानुमान
कस्तो छ आजको मौसम पूर्वानुमान ?
ट्रेन्डिङ
२०८३ भदौं १४ गते आईतवार,यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ भदौं ११ गते बिहिवार,यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ भदौं ९ गते मंगलबार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ भदौं १२ गते शुक्रवार,यस्तो रहेको छ तपाईको आजको राशिफल
ग्राहकको मागपछि जेको जे५ प्रो को विशेष अफर : अब रु. ४७ लाख ९९ हजारमै


