दु:खी हुँदा रुदाँ पनि हुन्छ स्वास्थ्यको दृष्टिकोणले फाइदाजनक
एजेन्सी । मानिस खुसी हुँदा हास्ने र दुस्खी हुँदा रुने गर्छन् तर, मानिस रोएको हामी जो कोहीलाई पनि पनि मन पर्दैन । हाँस्दा स्वास्थ्यको लागि धेरै फाइदा हुने बारे सुनेका छौं तर, रुँदा हुने फाइदाको बारेमा कसैलाई थाहा नै नभएको हुन सक्छ । आउनुस् आज रुँदा हुने फाइदा बारे जानौं।
रुँदा आँखाको दृष्टि क्षमतामा सकारात्मक प्रभाव पर्छ । आँखामा आँसु आउँदा नानी चिसो हुन्छ र आँखा सुख्खा रहन पाउँदैंन र यसो गर्दा आँखाको दृष्टि क्षमता बढ्छ । जब मानिस दु:खका कारण रुन्छ, त्यतिबेला शरीरमा विषाक्त पदार्थ बन्न थाल्छ ।
यस्ता विषाक्त पदार्थ आँसुमार्फत् बाहिर निस्कन्छन् । शरीरमा म्याग्नीज बढी हुँदा थकाई, रिसजस्ता समस्या आउँछन् । रुनाले शरीरमा म्याग्नीजको स्तर कम हुन्छ, जसबाट मष्तिस्क राम्रो हुन्छ र मानिसले हल्का महसुस गर्छन् ।
बढी तनाव महसुस गरिरहेका बेला रुने हो भने तनाव कम भएको महसुस गर्न सकिन्छ । रुँदा शरीरमा एन्डोर्फिन, ल्युकाइन–एन्काफालिन तथा प्रोल्याक्टिन नामक तत्वको स्तर कम हुन्छ, जसबाट तनाव पनि कम हुन्छ । समस्या परेको समयमा दिमाग र मुटको लिंबिक प्रणाली सहज हुन्छ जसले आराम प्रदान गर्छ ।
रुँदा मन सफा तथा हल्का महसुस हुन्छ ।। रोएपछि लगभग ८५ प्रतिशत महिला तथा ७३ प्रतिशत पुरुषको रिस कम हुन्छ । महिला वर्षमा ४७ पटक रुन्छन् भने पुरुष ७ पटक रुन्छन् । मान्छे औषत ६ मिनेट रुन्छ । साँझ ६ बजेदेखि १० बजेको समयमा मान्छे सबैभन्दा धेरै रुन्छ ।
सम्बन्धित समाचार
आज हरिशयनी एकादशी : चतुर्मासा व्रत सुरु, बिष्णु र लक्ष्मीको आराधनाले मिल्नेछ शान्ति
मष्तिष्क सक्रिय र ब्यायाम गराउन पजल खेल सबैभन्दा बढी उत्तम
स्वास्थ्य बीमा बोर्डद्वारा २५ अर्ब ४८ करोडभन्दा बढी दाबी भुक्तानी
मुटुको धड्कन बन्द भएको ४० घण्टापछि चीनियाँ नागरिक जिबितै
गर्मीमा छाला डढ्ने समस्यावाट बच्न अपनाउनुहोस् यी पाँच उपाय
युनाइटेड सिमेन्टद्वारा धुनीबेँसीमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न, १४३ जना लाभान्वित
ट्रेन्डिङ
प्रश्नपत्र सार्वजनिक गरेको अभियोगमा पक्राउ
अरुवा खोलामा नुहाउने क्रममा डुबेर ९ वर्षीय बालकको ज्यान गयो
नवप्रवर्तन, अनुसन्धान र कृत्रिम बुद्धिमत्तामा लगानी बढाउनुपर्छ: एनसीसी अध्यक्ष अग्रवाल
२०८३ साउन १० गते आईतबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
आइसिसी इमर्जिङ एसिया बैंकिङ अवार्डमा नबिल बैंकलाई ‘ बेस्ट कमर्सियल बैंक,(नेपाल)’ सम्मान

