‘वेलकम टु द जंगल’ बाट बाहिरिए सञ्जय दत्त
काठमाडौँ । बलिउड अभिनेता सञ्जय दत्त वेलकम फ्रेन्चाइजको तेस्रो फिल्म ‘वेलकम टु द जंगल’ बाट बाहिरिएका छन् । उनले फिल्मको सुटिङ पनि सुरु गरिसकेका थिए तर अहिले स्वास्थ्य समस्याका कारण उनले फिल्म छाडेको मिडिया रिपोर्टमा उल्लेख गरिएको छ ।
सञ्जय दत्त अब अक्षय कुमार, दिशा पटानी, ज्याकलिन फर्नान्डिस स्टारर फिल्म वेलकम टु द जंगलको हिस्सा नबन्ने भएका छन् । सञ्जय दत्तले स्वास्थ्य समस्याका कारण फिल्म छाडेको बताएको छ । सञ्जय दत्तले केही समयअघि फिल्मको सुटिङ मड आइल्याण्डमा सुरु गरेका थिए । उनले एक दिन मात्रै छायांकन गरेपछि फिल्म छाडेको बताइएको छ ।
सञ्जय दत्तको फिल्म ‘वेलकम टु द जङ्गल’मा केही एक्सन दृश्यहरु देखिने थियो तर स्वास्थ्य समस्याका कारण सञ्जयले एक्सन गर्न सकेनन् । निर्माताहरूले अब सञ्जय दत्तको प्रतिस्थापन गर्न शुरु गरेका छन् ।
डिसेम्बर २०२३ मा, अक्षय कुमारले आफ्नो आधिकारिक इन्स्टाग्राम ह्यान्डल मार्फत फिल्म वेलकम टु द जंगलको घोषणा गरेका थिए । फिल्मको पोष्टर पनि सार्वजनिक गरिएको छ, जसमा स्टारकास्ट देखिएका छन् । पोस्टरका अनुसार फिल्ममा अक्षय कुमार, सुनील शेट्टी, सञ्जय दत्त, अरशद वारसी, दिशा पटानी, ज्याकलिन फर्नान्डिस, रविना टण्डन, लारा दत्त, राजपाल यादवको मुख्य भूमिका रहेको छ । फिल्मलाई अहमद खानले निर्देशन गर्दैछन् ।
२१ डिसेम्बर २०२३ मा अक्षय कुमारले सञ्जय दत्तसँग फिल्मको सुटिङ गरेका थिए । सञ्जय दत्तको वर्कफ्रन्टको बारेमा कुरा गर्दा, उनी तेलुगु फिल्म डबल स्मार्ट, कन्नड फिल्म, केडी-द डेभिल, पंजाबी फिल्म शेरन दी कम पंजाबी र हिन्दी फिल्म बापमा काम गरिरहेका छन् ।
सम्बन्धित समाचार
जुनु प्रसाईको ‘झगडा पर्यो पोइसित’ सार्वजनिक, प्रकाश सपुतसँगै देखिइन् भिडियोमा
एक लाखको फिल्मले पायो अप्रत्याशित सफलता,कमाइ २ अर्ब नजिक
रेखा थापाको ‘माया भनेकै यस्तो होला’को टिजर सार्वजनिक, भदौ २६ मा प्रदर्शन
‘स्पाइडर म्यान’लाई पछि पार्दै तमिल चलचित्र तीन दिनमै मच्चायो तहल्का
महानायक राजेश हमाल बने प्रेसिडेन्ट, सुपर कमेडी लिगको औपचारिक घोषणा
रणवीरको ‘रामायण’ भारतीयले भन्दा पहिला अन्तर्राष्ट्रिय दर्शकले हेर्न पाउने
ट्रेन्डिङ
मेक्सस द्वारा विपद् प्रभावित समुदायका लागि रु.८० लाख बराबरको राहत सहयोग प्रदान
२०८३ भदौं २० गते शनिबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ भदौं १९ गते शुक्रबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ भदौं १६ गते मंगलबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
जेकु जे ५ अब दुई भेरियन्टमा उपलब्ध, मूल्य रु. ४७.९९ लाखदेखि

