किरण र ममताले ल्याए तिमी सुस्तरी छेउ आइदेउन
काठमाडौं । गायक किरण भुजेल र गायिका ममता गुरुङको स्वर रहेको तिमी सुस्तरी छेउ आइदेउन बोलको गीतको भिडियो सार्वजनिक गरिएको छ।
नवीन श्रेष्ठको शब्द सिर्जना रहेको सार्वजनिक गीतमा वरिष्ठ संगीतकार नागेन्द्र श्रेष्ठको संगीत रहेको छ। जसमा राहुल प्रधानको एरेन्ज रहेको छ। भिडियोले प्रेममा सफल भएका दुई जोडीको रमाइलो प्रेम कथालाई कलात्मक तरिकाले वर्णन गरेको छ। गीत क्लासिक फ्लेभरमा तयार पारिएको र आफ्ना अघिल्ला शृजना भन्दा यो शृजनामा अलक स्वाद सहित आएको संगीतकार श्रेष्ठ बताउँछन्। भन्छन् यो फरक शैलीको गीत मेरा सारा दर्शक र स्रोताहरुका लागि हो।
जिन्दगी आँफुले माया गरेको मान्छेसँग खुशी खुशी समय बिताउने सन्देश भिडियोले दिन्छ। जसमा गायक किरणसँगै ललना चिमोरिया, सम्राट अधिकारी, प्रिन्सिखा श्रेष्ठको बेजोड अभिनय देख्न सकिन्छ। किशोर थापाको मिक्सिङ तथा मास्टरिङ रहेको सार्वजनिक गीतको भिडियो निर्देशन केशवराज भट्टले गरेका हुन्।
निर्देशक भट्टकै कोरियोग्राफी रहेको तिमी सुस्तरी छेउ आइदेउनको छायांकन विशाल थापाले गरेका हुन् भने कलर र सम्पादन दिनसन शाहले गरेका हुन्। भिडियो संगीतकार श्रेष्ठकै अफिसियल च्यानलबाट बजारमा आएको हो।
सम्बन्धित समाचार
जुनु प्रसाईको ‘झगडा पर्यो पोइसित’ सार्वजनिक, प्रकाश सपुतसँगै देखिइन् भिडियोमा
एक लाखको फिल्मले पायो अप्रत्याशित सफलता,कमाइ २ अर्ब नजिक
रेखा थापाको ‘माया भनेकै यस्तो होला’को टिजर सार्वजनिक, भदौ २६ मा प्रदर्शन
‘स्पाइडर म्यान’लाई पछि पार्दै तमिल चलचित्र तीन दिनमै मच्चायो तहल्का
महानायक राजेश हमाल बने प्रेसिडेन्ट, सुपर कमेडी लिगको औपचारिक घोषणा
रणवीरको ‘रामायण’ भारतीयले भन्दा पहिला अन्तर्राष्ट्रिय दर्शकले हेर्न पाउने
ट्रेन्डिङ
मेक्सस द्वारा विपद् प्रभावित समुदायका लागि रु.८० लाख बराबरको राहत सहयोग प्रदान
२०८३ भदौं २० गते शनिबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ भदौं १९ गते शुक्रबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ भदौं १६ गते मंगलबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
जेकु जे ५ अब दुई भेरियन्टमा उपलब्ध, मूल्य रु. ४७.९९ लाखदेखि

