Jankari Kendra
२२ भाद्र २०८३, सोमबार
Worldlink

फिल्म ‘दान्भी’ को ट्रेलर सार्वजनिक, एक्सन अवतारमा पुजा

जानकारी केन्द्र
जानकारी केन्द्र
२०८१, जेष्ठ, १७
फिल्म ‘दान्भी’ को ट्रेलर सार्वजनिक, एक्सन अवतारमा पुजा

काठमाडौँ । नेपाली चलचित्र ‘दान्भी’ को ट्रेलर सार्वजनिक भएको छ। बिहीबार काठमाडौंमा एक कार्यक्रमबीच ट्रेलर सार्वजनिक भएको हो । अभिनेत्री पूजा शर्माले एक्सन भूमिका निर्वाह गरेको चलचित्रमा कुन्साङ बोन्जनको शीर्ष भूमिका रहेको छ ।

फिल्मलाई रूपेश तामाङले निर्देशन गरेका हुन भने देव मगर र अनुप गडाल निर्माता छन् । फिल्ममा रविना थापा मगरको कथा, संजोग कुँवर रानाको पटकथा तथा संवाद, श्री श्रेष्ठको द्वन्द्व, हरिबहादुर घलेको छायाँकन र बन्द्रे प्रसादको सम्पादन छ ।

पूजाले दान्भीमा पहिलो पटक एक्सन भूमिका निर्वाह गरेकी हुन् । फिल्म आगामी असार ७ गतेदेखि प्रदर्शनमा आउँदै छ ।

फिल्मको ट्रेलर : https://www.youtube.com/watch?v=kDC_BCamIN4

Top Changing Nepal

युट्युब सट्स