विवादमा अभिनेत्री रविना, नशामा बृद्ध महिलालाई कुटेको आरोप
काठमाडौँ । अभिनेत्री रविना टण्डन नयाँ विवादमा परेकी छन् । रविनाले गएराति रक्सीको नशामा एक वृद्धालाई कुटपिट गरेको आरोप लागेको छ । मुम्बईको बान्द्रास्थित रिजवी ल कलेज नजिकै रविनाको कारले एक महिलालाई सामान्य ठक्कर दिएपछि शुरु भएको विवाद बढेको थियो।
सो घटनामा रविनाका चालकसँग महिलाका परिवारका सदस्यहरूसँग झगडा गर्न थालेपछि रविना पनि कारबाट ओर्लेर उनीहरुसँग झगडा गर्न थालेको भारतीय मिडियाहरुले उल्लेख गरेका छन् । भिडियोमा रविनाले भीडलाई भिडियो खिच्न नदिन आग्रह गरिरहेको देखिएकी छिन् ।
सार्वजनिक भएको यो भिडियोमा रविनालाई पीडित परिवार र स्थानीय भीडले घेरेको छ । मानिसहरूले प्रहरीलाई बोलाउने कुरा गरिरहेका छन् । अर्कोतर्फ पीडितले प्रहरी चौकीमा उजुरी दर्ता गराउन खोजे पनि प्रहरीले कारबाही गर्न कडाइ नगरेको कुटाइ खाएकी महिलाको परिवारले बताएको छ । घाइते महिलाको उमेर ७० वर्ष रहेको बताइएको छ । उनीहरुले रविना नशामा रहेको दाबि गरेका छन् ।
सो घटनापछि रविनाका श्रीमान् अनिल थडानी मामिला सुल्झाउन प्रहरी चौकी पुगेका थिए । पीडितका परिवारका सदस्य तुरुन्तै खार प्रहरी चौकी पुगेका थिए । उनले पीडित परिवारसँग समस्या समाधान गर्ने प्रयास गरेपनि पीडित परिवार मुद्दा दर्ता नगरी मान्न तयार नदेखिएको रिपोर्टमा बताइएको छ ।
पीडितक परिवारले ४ घण्टासम्म खार प्रहरी चौकीमा पर्खिए पनि उजुरी दर्ता नभएको दाबी गरेका छन् । यद्यपी प्रहरीले यस विषयमा अनुसन्धान थालेको र थप कारबाही अघि बढाएको बताएको छ ।
सम्बन्धित समाचार
टिकटकको एआई कन्टेन्टमा कडाइ: ८ करोड ६० लाख नक्कली अकाउन्ट हटाइयो, ३ अर्ब भिडियोमा एआई लेबल
रामाडा बाइ विन्डह्यामको गन्तव्य प्रवर्द्धन यात्रा, पूर्वी नेपाललाई पर्यटनको नयाँ केन्द्र बनाउने लक्ष्य
‘तुना फुकेछ’ सार्वजनिक, ‘निःशब्द’ चलचित्रको गीतले दर्शकको ध्यान तान्दै
जुनु प्रसाईको ‘झगडा पर्यो पोइसित’ सार्वजनिक, प्रकाश सपुतसँगै देखिइन् भिडियोमा
एक लाखको फिल्मले पायो अप्रत्याशित सफलता,कमाइ २ अर्ब नजिक
रेखा थापाको ‘माया भनेकै यस्तो होला’को टिजर सार्वजनिक, भदौ २६ मा प्रदर्शन
ट्रेन्डिङ
सिटिजन लाइफ इन्स्योरेन्सको ९ औँ वार्षिकोत्सव, ३३ अर्ब लगानीसहित वित्तीय यात्रा सुदृढ बनाउँदै
बाढीपीडितको पुनःस्थापनाका लागि नामिया सदस्य घिमिरेको सहयोग, विदुरकी प्रतिमालाई मसला पिस्ने मेसिन हस्तान्तरण
एनपीएलमा पहिलोपटक डीआरएस, निर्णय पुनरावलोकनदेखि बल ट्र्याकिङसम्मको सुविधा
वेबसाइट र अनलाइन प्रणालीमा साइबर आक्रमणको जोखिम, एससीएससीद्वारा सतर्क रहन आग्रह
जनकपुर बोल्ट्सको आधिकारिक गो ग्रीन इनर्जी पार्टनर बन्यो एसटीसी
