‘सिङ्घम अगेन’ को रिलिज आगामी दीपावलीमा हुने
काठमाडौँ । बलिउडको सुपरहिट फ्रेन्चाइजी फिल्म सिङ्घमको तेस्रो फिल्म ‘सिङ्घम अगेन’ को रिलिज आगामी दीपावलीमा हुने भएको छ । फिल्मका निर्देशक रोहित शेट्टीले सामाजिक सञ्जालमा एक पोस्ट सेयर गर्दै ‘सिङ्घम अगेन’ आगामी दीपावलीमा रिलिज हुने जानकारी दिएका हुन् । यसअघि फिल्म १५ अगस्टमा रिलिज हुने तय भएको थियो । तर निर्माताले रिलिज मिति परिवर्तन गरेका छन् । फिल्मको केही भागको सुटिङ बाँकी रहेको समाचारमा जनाइएको छ ।
अजय देवगनले गत बिहीबार नै यसको पुष्टि गरेका थिए । सिंघम अगेनमा रोहित शेट्टीको कप ब्रह्माण्डका तीनै नायक एकसाथ देखिनेछन् । उनको कप ब्रह्माण्डमा सिंघम, सिंघम रिटर्न्स, सूर्यवंशी र सिम्बा फिल्महरू सामेल छन् । यस फ्रेन्चाइजको पहिलो फिल्म सिंघम थियो जुन २०११ मा रिलिज भएको थियो । यसमा अजय देवगनले पुलिस अफिसर बाजीराव सिंघमको भूमिका निभाएका छन् । यसको सिक्वेल फिल्म सिंघम रिटर्न्स २०१४ मा रिलिज भएको थियो ।
यस कप ब्रह्माण्डको दोस्रो फ्रेन्चाइज ‘सिम्बा’ थियो, जसमा रणवीर सिंहले इन्स्पेक्टर संग्राम भालेरावको भूमिका निभाएका थिए । त्यस्तै २०२१ मा रिलिज भएको फिल्म ‘सूर्यवंशी’ मा अक्षय कुमारले डीसीपी वीर सूर्यवंशीको भूमिका निभाएका थिए । ‘सिंघम अगेन’ अघि रोहितको कप ब्रह्माण्डका तीनै अफिसर पनि ‘सूर्यवंशी’ मा सँगै देखिएका थिए ।
सम्बन्धित समाचार
टिकटकको एआई कन्टेन्टमा कडाइ: ८ करोड ६० लाख नक्कली अकाउन्ट हटाइयो, ३ अर्ब भिडियोमा एआई लेबल
रामाडा बाइ विन्डह्यामको गन्तव्य प्रवर्द्धन यात्रा, पूर्वी नेपाललाई पर्यटनको नयाँ केन्द्र बनाउने लक्ष्य
‘तुना फुकेछ’ सार्वजनिक, ‘निःशब्द’ चलचित्रको गीतले दर्शकको ध्यान तान्दै
जुनु प्रसाईको ‘झगडा पर्यो पोइसित’ सार्वजनिक, प्रकाश सपुतसँगै देखिइन् भिडियोमा
एक लाखको फिल्मले पायो अप्रत्याशित सफलता,कमाइ २ अर्ब नजिक
रेखा थापाको ‘माया भनेकै यस्तो होला’को टिजर सार्वजनिक, भदौ २६ मा प्रदर्शन
ट्रेन्डिङ
सिटिजन लाइफ इन्स्योरेन्सको ९ औँ वार्षिकोत्सव, ३३ अर्ब लगानीसहित वित्तीय यात्रा सुदृढ बनाउँदै
बाढीपीडितको पुनःस्थापनाका लागि नामिया सदस्य घिमिरेको सहयोग, विदुरकी प्रतिमालाई मसला पिस्ने मेसिन हस्तान्तरण
एनपीएलमा पहिलोपटक डीआरएस, निर्णय पुनरावलोकनदेखि बल ट्र्याकिङसम्मको सुविधा
वेबसाइट र अनलाइन प्रणालीमा साइबर आक्रमणको जोखिम, एससीएससीद्वारा सतर्क रहन आग्रह
जनकपुर बोल्ट्सको आधिकारिक गो ग्रीन इनर्जी पार्टनर बन्यो एसटीसी
