रोहितसँग धक्कामुक्की गरेका साकिबमाथि कारबाही, १५ प्रतिशत शुल्क जरिवाना तिर्नुपर्ने
काठमाडौँ । इन्टरनेशनल क्रिकेट काउन्सिल ९आईसिसी० ले बङ्गलादेशका तीव्र गतिका बलर तान्जिम हसन शाकिबलाई कारबाही गरेको छ । शाकिबले नेपालका कप्तान रोहित पौडेलसँग आइतवार सम्पन्न नेपालसँगको खेलकै बिचमा धक्कामुक्की गरेका थिए। आईसिसी आचारसंहिता उल्लङ्घन गरेको भन्दै शाकिबलाई म्याच शुल्कको १५ प्रतिशत रकम जरिवाना तिर्नुपर्ने कारबाही गरेको हो ।
आइतवार बङ्गलादेशले दिएको १०७ रनको लक्ष्य पछ्याउने क्रममा नेपालको तेस्रो पारी चलिरहँदा उक्त घटना भएको थियो। जहाँ नेपालका कप्तान रोहित पौडेल ब्याटिङ्गका लागि मैदानमा आएपछि शाकिबले पौडेलसँग मिडपिच कुराकानी गर्दै रोहितलाई धक्का समेत दिएका थिए।
शाकिबले खेलाडी र खेलाडी समर्थन कर्मचारीहरूका लागि आईसीसी आचार संहिताको धारा २९१२० को उल्लङ्घन गरेको आईसिसीले जनाएको छ। आईसिसीका अनुसार खेलाडी, खेलाडी समर्थन कर्मचारी, अम्पायर, म्याच रेफ्री वा अन्य कुनै व्यक्तिसँग अनुपयुक्त शारीरिक सम्पर्कसँग सम्बन्धित हुनु नियम विपरित हो।
थर्ड अम्पायर जयरामन मदनगोपाल र चौथो अम्पायर कुमार धर्मसेनासहित मैदानी अम्पायर अहसान रजा र साम नोगाज्स्कीले पनि उक्त घटनाबारे आईसिसीलाई जानकारी गराएका थिए। शाकिबले आफूले गल्ती गरेको स्वीकारेपनि थप सुनुवाई नगर्दै आईसिसीले उनलाई कारबाही गरेको हो। उक्त खेलमा बङ्गलादेशले नेपाललाई २१ रनले पराजित गरेको थियो ।
सम्बन्धित समाचार
फेसबुकको त्रुटि पत्ता लगाउने तनहुँकी सुप्रियालाई मेटाको ३ हजार ७५० अमेरिकी डलर पुरस्कार
वेबसाइट र अनलाइन प्रणालीमा साइबर आक्रमणको जोखिम, एससीएससीद्वारा सतर्क रहन आग्रह
आईसीसी क्रिकेट विश्वकप छनोटको प्लेअफ डिसेम्बर ४ देखि नेपालमा आयोजना हुने
एनपीएलका सम्पूर्ण खेललाई आईसीसीको लिस्ट ‘ए’ टी–२० मान्यता
दसैँमा यात्रुलाई सहज बनाउन काठमाडौं उपत्यकामा प्रहरीको निःशुल्क बस सेवा
एनपीएलमा पहिलोपटक डीआरएस, निर्णय पुनरावलोकनदेखि बल ट्र्याकिङसम्मको सुविधा
ट्रेन्डिङ
सिटिजन लाइफ इन्स्योरेन्सको ९ औँ वार्षिकोत्सव, ३३ अर्ब लगानीसहित वित्तीय यात्रा सुदृढ बनाउँदै
वीरगंजमा नयाँ शोरूम संचालनमा ल्याउँदै कजारिया रमेश टायल्सको बजार विस्तार
बाढीपीडितको पुनःस्थापनाका लागि नामिया सदस्य घिमिरेको सहयोग, विदुरकी प्रतिमालाई मसला पिस्ने मेसिन हस्तान्तरण
टिकटकको एआई कन्टेन्टमा कडाइ: ८ करोड ६० लाख नक्कली अकाउन्ट हटाइयो, ३ अर्ब भिडियोमा एआई लेबल
कोका–कोलाको ‘भरौँ खुसी’ अभियान, हवाई र बस टिकट जित्ने मौका
