गर्भवती दीपिकालाई लिएर लन्डन गए रणवीर
काठमाडौँ । बलिउडको पावर जोडी रणवीर सिंह र दीपिका पादुकोण बिहीबार बिहान मुम्बई एयरपोर्टमा देखिए । यहाँ रणवीर पहिले कारबाट ओर्लिए र त्यसपछि उनले ६ महिनाकी गर्भवती पत्नी दीपिकालाई कारबाट बाहिर निस्कन मद्दत गरे । दीपिका र रणवीरको जोडी आफ्नो बेबीमुन मनाउन लन्डन प्रस्थान गरेको भारतीय मिडियाहरुले उल्लेख गरेका छन् । दीपिकाले सेप्टेम्बरमा आफ्नो पहिलो बच्चा जन्माउने बताइएको छ ।
एयरपोर्टमा दुवैजना कालो पहिरनमा जुम्ल्याहा देखिएका थिए । जहाँ रणवीर कालो टी–सर्ट, डेनिम र सेतो जुत्तामा देखिएका थिए । दीपिका कालो बडीकन ड्रेसमा देखिएकी थिइन् । यसअघि बुधबार साँझ मुम्बईको जुहुस्थित नोभोटेल होटलमा आयोजित फिल्म ‘कल्की २८९८ एडी’को प्रि-रिलिज कार्यक्रममा पनि उनी पुगेकी थिइन् । यस कार्यक्रममा फिल्मका स्टार कास्टका अमिताभ बच्चन, प्रभास र कमल हसन जस्ता सुपरस्टारहरू पनि उपस्थित थिए ।
यहाँ अमिताभ बच्चनले गर्भवती दीपिका पादुकोणलाई स्टेजमा चढ्दा साथ दिएका थिए । दीपिका स्टेजबाट ओर्लिदा भने प्रभासले उनलाई सहयोग गरेको थियो । यस क्रममा अमिताभ बच्चनको रमाइलो स्टाइल पनि देखियो । दुवै भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल भएका छन् । यस कार्यक्रममा दीपिका हाई हिल लगाएर पुगेकी थिइन्, जसका कारण केही प्रयोगकर्ताहरूले उनलाई सामाजिक सञ्जालमा ट्रोल गरेका थिए ।
सम्बन्धित समाचार
टिकटकको एआई कन्टेन्टमा कडाइ: ८ करोड ६० लाख नक्कली अकाउन्ट हटाइयो, ३ अर्ब भिडियोमा एआई लेबल
रामाडा बाइ विन्डह्यामको गन्तव्य प्रवर्द्धन यात्रा, पूर्वी नेपाललाई पर्यटनको नयाँ केन्द्र बनाउने लक्ष्य
‘तुना फुकेछ’ सार्वजनिक, ‘निःशब्द’ चलचित्रको गीतले दर्शकको ध्यान तान्दै
जुनु प्रसाईको ‘झगडा पर्यो पोइसित’ सार्वजनिक, प्रकाश सपुतसँगै देखिइन् भिडियोमा
एक लाखको फिल्मले पायो अप्रत्याशित सफलता,कमाइ २ अर्ब नजिक
रेखा थापाको ‘माया भनेकै यस्तो होला’को टिजर सार्वजनिक, भदौ २६ मा प्रदर्शन
ट्रेन्डिङ
सिटिजन लाइफ इन्स्योरेन्सको ९ औँ वार्षिकोत्सव, ३३ अर्ब लगानीसहित वित्तीय यात्रा सुदृढ बनाउँदै
बाढीपीडितको पुनःस्थापनाका लागि नामिया सदस्य घिमिरेको सहयोग, विदुरकी प्रतिमालाई मसला पिस्ने मेसिन हस्तान्तरण
एनपीएलमा पहिलोपटक डीआरएस, निर्णय पुनरावलोकनदेखि बल ट्र्याकिङसम्मको सुविधा
वेबसाइट र अनलाइन प्रणालीमा साइबर आक्रमणको जोखिम, एससीएससीद्वारा सतर्क रहन आग्रह
जनकपुर बोल्ट्सको आधिकारिक गो ग्रीन इनर्जी पार्टनर बन्यो एसटीसी
