टी-२० विश्वकपको सुपर आठका आज दुई खेल हुदै
काठमाडौँ । जारी टी-२० विश्वकप अन्तर्गत सुपर आठका आज दुई खेल हुदै छ ।
आज सुपर आठको समुह २ अन्तर्गत वेस्ट इन्डिज र अमेरिकाबीच हुदै छ । बारबाडोसस्थित केंसिंगटन ओभलमा हुने यो खेल नेपाली समय अनुसार बिहान ६: १५ बजेदखि शुरु हुदै छ ।
सुपर आठमा अमेरिका र वेस्ट इन्डिजले आ-आफ्नो पहिलो खेलमा हार बेहोरेको छ । अमेरिका दक्षिण अफ्रिकासँग पराजित भएको थियो भने वेस्ट इन्डिज इङल्याण्डसँग पराजित भएको थियो । सेमिफाइनलको दौडमा दुवै देशका लागि यो खेल जित्नै पर्ने अवस्था रहेको छ । टी-२० अन्तर्राष्ट्रिय खेलमा दुवै देश पहिलो पटक आमने सामने हुदै छन् ।
त्यसैगरी आज दोस्रो खेल बंगलादेश र भारतबीच हुदै छ । एन्टीगास्थित सर भिभीयन रिचार्ड्स स्टेडियममा हुने यो खेल नेपाली समय अनुसार राती ८: १५ बजेदेखि शुरु हुने छ ।
सुपर आठमा भारतले आफ्नो पहिलो खेलमा जित हासिल गरेको छ । भारतले पहिलो खेलमा अफगानिस्तानलाई पराजित गरेको थियो । त्यस्तै बंगलादेशले भने पहिलो खेलमा अस्ट्रेलियासँग हार बेहोरेको छ । भारतले यो खेलमा जित हासिल गरेमा सेमिफाइनलको सम्भावना लगभग निश्चित हुने छ भने बंगलादेशल यो खेलमा हार बेहोरेमा सेमिफाइनलको सम्भावना कठिन हुने छ ।
बंगलादेश र भारतबीच अहिलेसम्म १३ टी-२० खेल भएका छन् । जसमा भारतले १२ खेल जितेको छ भने बंगलादेशले एक खेल जितेको छ ।
सम्बन्धित समाचार
रसुवा बाढीमा अहिलेसम्म ७२ जनाको शव फेला
नामी भिगोको विशेष अफर समाप्त, नयाँ बुकिङ एमआरपीमै
स्कोडाद्वारा नेपालमा नयाँ जेनेरेसन कोडियाक सार्वजनिक: “रियल लक्जरी, एज इट सुड बी”
तिब्बतबाट रसुवामा पस्यो ठूलो बाढी,नदी आसपसका क्षेत्रमा जोखिम
नाडा अटो शो २०२६ मा यामाहा नेपालले नयाँ एक्सएसआर १५५ को अनावरण गर्ने
अत्याधुनिक फिचरले भरिएको फराइजनको भी ७ ई ईभी भ्यान नाडा अटो शोमा सार्वजनिक
ट्रेन्डिङ
२०८३ भदौ ५ गते शुक्रवार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
नामी भिगो ई २ रु. ३५.९९ लाखमा सार्वजनिक : सर्वाधिक स्पेस, फिचर्स र उत्कृष्ट पर्फर्मेन्ससहितको फुल-एसयूभी
२०८३ भदौ ४ गते बिहिबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ ८ गते सोमबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
नेपाल बैंकको आकर्षक अटो लोन अफर : नाडा अटो शोमा आधार दरमा ०.४९ प्रतिशत प्रिमियममै कर्जा


