भारतले जित्यो १७ वर्षपछि दोस्रो पटक आईसीसी टी-२० विश्वकप
काठमाडौं। नवौँ संस्करणको आइसिसी टी-२० विश्वकप-२०२४ को उपाधि भारतले जितेको छ । बार्बाडोसमा शनिबार राति भएको फाइनल खेलमा दक्षिण अफ्रिकालाई सात रनले हराउँदै भारत च्याम्पियन बनेको हो । भारतको यो दोस्रो टी-२० विश्वकप उपाधि हो । यसअघि भारतले सन् २००७ को पहिलो संस्करण जितेको थियो । भारतले १७ वर्षपछि दोस्रो पटक आईसीसी टी-२० विश्वकप उपाधि जितेको हो ।
जितका लागि भारतले दिएको एक सय ७७ रनको लक्ष्य पछ्याएको दक्षिण अफ्रीका निर्धारित २० ओभरमा आठ विकेटको क्षतिमा एक सय ६९ रनमा समेटिएको थियो । दक्षिण अफ्रिकाका लागि क्लासेन हेनरिकले सर्वाधिक ५२ रन बताए। यस्तै क्वीटन डि ककले ३९, त्रिस्टन स्टब्सले ३१ र डेभिड मिलरले २१ रन जोडे। बलिङमा भारतका हार्दिक पाण्डेयले तीन विकेट लिए। अर्सदिप सिंह र जसप्रित बुमराहले दुई दुई तथा अक्षर पटेलले एक विकेट लिए।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको भारतले निर्धारित २० ओभरमा सात विकेटको क्षतिमा एक सय ७६ रन बनाएको थियो । भारतका लागि विराट कोहलीले सर्वाधिक ७६ रन बताए। उनले ५९ बलमा ६ चौका र दुई छक्काको सहयोगमा उक्त रन जोडेका हुन्। यस्तै अक्षर पटेलले ४७ र शिभम् दुवेले २७ रन बनाए। बलिङमा दक्षिण अफ्रिकाका केशव महाराज र एनरिक नोर्टजेले दुई दुई विकेट लिए। मार्को यानसन र कागिसो रबाडाले एक एक विकेट लिए।
पहिलो पटक विश्वकपको फाइनलमा स्थान बनाएको दक्षिण अफ्रिकाको उपाधि जित्ने सपना पूरा भएन । भारत र दक्षिण अफ्रिका अपराजित रहदै फाइनलमा पुगेका थिए । अमेरिका र वेस्ट इन्डिजले आयोजना गरेको यस विश्वकपमा २० टोलीले प्रतिस्पर्धा गरेका थिए । दोस्रो पटक विश्वकप खेलेको नेपाल भने समूह चरणबाट बाहिरिएको थियो । नेपालले यसअघि बङ्गलादेशमा सन् २०१४ मा आयोजना भएको विश्वकप खेलेको थियो ।
सम्बन्धित समाचार
एनपीएलमा आज पोखरा एभेन्जर्स र सुदुरपश्चिम रोयल्सबीच प्रतिस्पर्धा
चितवन राइनोजसँग ८ रनले पराजित भयो विराटनगर किंग्स
३ वर्षभित्र ८ शहरमा फ्लडलाइटसहितका क्रिकेट रंगशाला बनाउने सरकारको योजना
ला लिगामा भएको आइतबारको खेलमा बार्सिलोनाविरुद्ध रियल म्याड्रिड २–१ ले विजयी
जनकपुर बोल्ट्सको आधिकारिक गो ग्रीन इनर्जी पार्टनर बन्यो एसटीसी
आईसीसी क्रिकेट विश्वकप छनोटको प्लेअफ डिसेम्बर ४ देखि नेपालमा आयोजना हुने
ट्रेन्डिङ
२०८३ कार्तिक १२ गते बिहीवार ,यस्तो रहेको छ तपाईको आजको राशिफल
चालक नराखी गाडी चलाउने सरकारी अधिकारीले चालकको तलबसमेत पाउने
अब सात प्रदेशका नागरिकले काठमाडौँ उपत्यकाबाटै लिन सक्नेछन् नागरिकताको प्रतिलिपि
दशैं–तिहारको पारिवारिक भोजलाई अझ सहज बनाउँदै माइडियाको फ्री–स्ट्यान्डिङ कुकिङ रेन्ज
एलजी वाटर प्युरिफायरले नेपाली बजारमा बढाउँदै आफ्नो लोकप्रियता
