• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ
  • कृषि
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • जानकारी
    • मोेैसम
    • मनोरञ्जन
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
०५ असार २०८३, शुक्रबार
०५ असार २०८३, शुक्रबार
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ
    • कृषि
    • शिक्षा
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • जानकारी
      • मोेैसम
      • मनोरञ्जन
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

इन्डियन इन्टरनेसनल फाइट लिगमा दिल्ली टिमबाट प्रतिस्पर्धा गर्दै नेपाली एमएमए खेलाडी कोशिश श्रेष्ठ
  • ९ घण्टा 

शाहरूखको सानो सहयोगले बन्यो सबैभन्दा बढी कमाउने चौंथो मराठी फिल्म
  • ९ घण्टा 

एप्पलले ल्याउँदै विश्वकै सबैभन्दा पातलो आईफोन, अत्याधुनिक सुधारसहित
  • ९ घण्टा 

आईकार भी२३ ले जित्यो रेड डट अवार्ड : डिजाइन कन्सेप्ट २०२६
  • ११ घण्टा 

कालो चना खाने यो हो सही तरिका, बुढेसकालमा पनि देखिनेछ जवान
  • ११ घण्टा 

मृगौला खराब हुनु अघि अनुहारमा देखिनेछन् यस्ता संकेत
  • ११ घण्टा 

विश्वकप हेर्नेले तिरे ४६ हजारसम्म पार्किङ शुल्क, एक बोतल पानीको १ हजार रूपैयाँ
  • १३ घण्टा 

आज पुर्वी तराईको भू-भागमा मध्यम बर्षा हुने
  • १३ घण्टा 

२०८३ असार ०६ गते शनिवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
  • १३ घण्टा 

लोकप्रिय समाचार

  • १. नारायणी नदीमा हाम फालेका व्यक्तिको सकुशल उद्धार

  • २. युद्दबिराम सहमतिसँगै अमेरिका पुग्यो इरानी विश्वकपको टोली

  • ३. विश्वकप हेर्नेले तिरे ४६ हजारसम्म पार्किङ शुल्क, एक बोतल पानीको १ हजार रूपैयाँ

  • ४. काठमाडौँको मेरियट होटलमा ‘फ्लेभर्स अफ थाइल्याण्ड’ फेस्टिभल सुरु

  • ५. २०८३ जेठ ३१ गते आइतबार, यस्तो रहेको छ तपाईको आजको राशिफल

  • ६. मे महिनामा मात्रै चीनले गर्यो ९ लाख ३० हजार सवारीसधान निर्यात

  • ७. चीनले गरयो आठ उपग्रह बोकेको रकेटको प्रक्षेपण

  • ८. मृगौला खराब हुनु अघि अनुहारमा देखिनेछन् यस्ता संकेत

  • ९. २०८३ असार ०३ गते बुधवार, यस्तो रहेको छ तपाईको आजको राशिफल्

  • १०. आज तराईको भू-भागमा केही ठाउँमा गर्जन संग वर्षा हुने

भारतले जित्यो १७ वर्षपछि दोस्रो पटक आईसीसी टी-२० विश्वकप

जानकारी केन्द्र २०८१, असार, १७

काठमाडौं। नवौँ संस्करणको आइसिसी टी-२० विश्वकप-२०२४ को उपाधि भारतले जितेको छ । बार्बाडोसमा शनिबार राति भएको फाइनल खेलमा दक्षिण अफ्रिकालाई सात रनले हराउँदै भारत च्याम्पियन बनेको हो । भारतको यो दोस्रो टी-२० विश्वकप उपाधि हो । यसअघि भारतले सन् २००७ को पहिलो संस्करण जितेको थियो । भारतले १७ वर्षपछि दोस्रो पटक आईसीसी टी-२० विश्वकप उपाधि जितेको हो ।

जितका लागि भारतले दिएको एक सय ७७ रनको लक्ष्य पछ्याएको दक्षिण अफ्रीका निर्धारित २० ओभरमा आठ विकेटको क्षतिमा एक सय ६९ रनमा समेटिएको थियो । दक्षिण अफ्रिकाका लागि क्लासेन हेनरिकले सर्वाधिक ५२ रन बताए। यस्तै क्वीटन डि ककले ३९, त्रिस्टन स्टब्सले ३१ र डेभिड मिलरले २१ रन जोडे। बलिङमा भारतका हार्दिक पाण्डेयले तीन विकेट लिए। अर्सदिप सिंह र जसप्रित बुमराहले दुई दुई तथा अक्षर पटेलले एक विकेट लिए।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको भारतले निर्धारित २० ओभरमा सात विकेटको क्षतिमा एक सय ७६ रन बनाएको थियो । भारतका लागि विराट कोहलीले सर्वाधिक ७६ रन बताए। उनले ५९ बलमा ६ चौका र दुई छक्काको सहयोगमा उक्त रन जोडेका हुन्। यस्तै अक्षर पटेलले ४७ र शिभम् दुवेले २७ रन बनाए। बलिङमा दक्षिण अफ्रिकाका केशव महाराज र एनरिक नोर्टजेले दुई दुई विकेट लिए। मार्को यानसन र कागिसो रबाडाले एक एक विकेट लिए।

पहिलो पटक विश्वकपको फाइनलमा स्थान बनाएको दक्षिण अफ्रिकाको उपाधि जित्ने सपना पूरा भएन । भारत र दक्षिण अफ्रिका अपराजित रहदै फाइनलमा पुगेका थिए । अमेरिका र वेस्ट इन्डिजले आयोजना गरेको यस विश्वकपमा २० टोलीले प्रतिस्पर्धा गरेका थिए । दोस्रो पटक विश्वकप खेलेको नेपाल भने समूह चरणबाट बाहिरिएको थियो । नेपालले यसअघि बङ्गलादेशमा सन् २०१४ मा आयोजना भएको विश्वकप खेलेको थियो ।

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
इन्डियन इन्टरनेसनल फाइट लिगमा दिल्ली टिमबाट प्रतिस्पर्धा गर्दै नेपाली एमएमए खेलाडी कोशिश श्रेष्ठ
एप्पलले ल्याउँदै विश्वकै सबैभन्दा पातलो आईफोन, अत्याधुनिक सुधारसहित
आईकार भी२३ ले जित्यो रेड डट अवार्ड : डिजाइन कन्सेप्ट २०२६

ताजा

इन्डियन इन्टरनेसनल फाइट लिगमा दिल्ली टिमबाट प्रतिस्पर्धा गर्दै नेपाली एमएमए खेलाडी कोशिश श्रेष्ठ

शाहरूखको सानो सहयोगले बन्यो सबैभन्दा बढी कमाउने चौंथो मराठी फिल्म

एप्पलले ल्याउँदै विश्वकै सबैभन्दा पातलो आईफोन, अत्याधुनिक सुधारसहित

आईकार भी२३ ले जित्यो रेड डट अवार्ड : डिजाइन कन्सेप्ट २०२६

हाम्रो बारेमा

संचालक/सम्पादक :
दिपक गौतम

संपर्क नं. ९८५१००८६०९

Government of Nepal Ministry of Information and Communications Department of Information
Reg. Certificate No.258/073-74.
Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

Press Council Nepal Reg. No
531/2072-73

हाम्रो फेसबुक

Information Center Nepal

हाम्रा सामाजिक सञ्जाल

Follow Us on Social Media
Facebook YouTube TikTok Instagram

हाम्रो टिम

संवाददाता : माधव  प्रसाद भट्टराई
न्युज डेक्स : पवित्रा उप्रेती
न्युज डेक्स  :  इश्वर गौतम
न्युज डेक्स :  मौसम गौतम
IT : त्रिबिक्रम रेग्मी

सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

 

Copyright ©2026 Jankari Kendra | All rights Reserved.
 Website By :  nwTech.