• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ
  • कृषि
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • जानकारी
    • मोेैसम
    • मनोरञ्जन
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
१८ बैशाख २०८३, शुक्रबार
१८ बैशाख २०८३, शुक्रबार
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ
    • कृषि
    • शिक्षा
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • जानकारी
      • मोेैसम
      • मनोरञ्जन
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

नौ महिनामा १० अर्ब बढीको अलैँची निर्यात
  • ६ घण्टा 

कस्तो छ आजको मौसम पूर्वानुमान ?
  • ६ घण्टा 

रोमाञ्चक खेलमा नेपालले युएईमाथि निकाल्यो ६ रनको जित
  • १९ घण्टा 

२०८३ वैशाख १९ गते शनिबार, यस्तो रहेको छ तपाईको आजको राशिफल
  • २१ घण्टा 

तीन दिन बिदामा पनि सरकारी अस्पतालमा ओपीडी सेवा सञ्चालन गर्न आग्रह
  • १ दिन 

खाना पकाउने ग्यासको मूल्य बढ्यो
  • १ दिन 

साँचो क्रान्ति ‘क’ बाट होइन ‘ज्ञ’ बाट सुरु हुन्छ : बालेन शाह
  • १ दिन 

नेपाल आयल निगमले घटायो पेट्रोलको मूल्य
  • १ दिन 

ट्राफिक प्रहरी कारबाहीबाट २४ घण्टामा १९ लाख राजस्व संकलन
  • १ दिन 

लोकप्रिय समाचार

  • १. सुनचाँदीको मूल्यमा गिरावट, कतिमा हुदैँछ कारोबार ?

  • २. पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव : कहाँ-कहाँ हुँदैछ आज चट्याङसहितको वर्षा ?

  • ३. सीजी चेष्ट फ्रिजर : २८ मोडल र ५ वर्ष वारेन्टीसहित नेपाली बजारमा अग्रणी रोजाइ

  • ४. देशभर पश्चिमी, स्थानीय र न्यून चापीय प्रणालीको प्रभाव : यी प्रदेशमा हुनेछ भारी वर्षा

  • ५. नेपालमा बढ्दो गर्मीसंगै एसी उपभोक्ताको शीतलताको सारथी : सिजी मेरिडिया

  • ६. यात्रुका लागि ठूलो झट्का : फेरी बढ्यो सार्वजनिक यातायातको भाडा

  • ७. कक्षा १२ को परीक्षा आजदेखि : ४ लाख १८ हजार ८ जना विद्यार्थी सहभागी हुँदै, स्मार्ट घडी र मोबाइल लैजान निषेध

  • ८. Foton Nepal has Brought Exclusive Commercial Mobility Offers to CADA in Chitwan Auto Show

  • ९. राष्ट्रिय वाणिज्य बैंकको नाफा झण्डै दोब्बर, २ अर्ब ७६ करोड नाघ्यो

  • १०. २०८३ वैशाख १३ गते आइतबार हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

को बन्ला भारतीय टी-२० क्रिकेट टिमको कप्तान ?

जानकारी केन्द्र २०८१, असार, १९

काठमाडौँ । भारतले दोस्रो पटक टी-२० विश्वकपको उपाधि जितेपछि कप्तान रोहित शर्मासहित विराट कोहली र रविन्द्र जडेजाले टी-२० क्रिकेटबाट सन्यास लिएपछि अब भारतको टी- २० टिमको कप्तान को बन्छ भन्ने बहस शुरु भएको छ । भारतका तीन सिनियर खेलाडीसहित प्रमुख प्रशिक्षक राहुल द्रविडको समेत कार्यकाल समाप्त भएको छ ।

अब भारतको टी- २० टिमको कप्तानीमा प्रमुख  चार खेलाडीको चर्चा रहेको छ । जसमा हार्दिक पाण्डेय, सूर्यकुमार यादव, ऋषव पन्त र जसप्रित बुमराह कप्तानीको दौडमा सबै भन्दा अगाडी रहेका छन् । यी बाहेक शुभमन गिल र केएल राहुल समेत भारतको टी- २० क्रिकेटको कप्तान बन्न सक्ने चर्चा चलिरहेको छ ।

यस रिपोर्टमा प्रमुख चार खेलाडीको बारेमा चर्चा गर्दै छौं ।

टी- २० टिमको कप्तानको दावेदारको दौडमा हार्दिक पाण्ड्या सबै भन्दा अगाडि छन् । उनीसँग टी-२० अन्तर्राष्ट्रियमा १०० खेलको अनुभव छ, जुन अन्य कुनै दावेदारसँग छैन । पाण्ड्याले १६ टी–२० अन्तर्राष्ट्रिय खेलमा भारतको कप्तानी समेत गरेका छन्, जसमध्ये टोलीले १० खेल जितेको छ ।

गुजरातलाई पहिलो सिजनमा आइपिएल च्याम्पियन बनाएका हार्दिक हाल मुम्बई इण्डियनको समेत कप्तान रहेका छन् । पाण्ड्याले भारतलाई ९० प्रतिशत द्विपक्षीय शृङ्खलामा जित दिलाएका छन् । जसमध्ये भारतीय टोलीले ४ वटा जितेको छ । टोलीले एउटा मात्र सिरिजमा हार बेहोरेको थियो । भारतलाई विश्वकप जिताउन पाण्डेयले गरेको शानदार प्रदर्शनले उनको कप्तानीको दाबेदारीलाई बलियो बनाएको छ ।

त्यस्तै कप्तानीको दौडमा ऋषभ पन्त रहेका छन् । कार दुर्घटनापछि क्रिकेटमा पुनरागमन गरेका पन्तले अहिले उत्कृष्ट प्रदर्शन गरिरहेका छन् । दिल्ली क्यापिटल्सका समेत कप्तान रहेका विकेटकिपर ब्याट्सम्यान पन्तले टी–२० अन्तर्राष्ट्रियमा ७४ खेल खेलेर ११५८ रन बनाएका छन् । उनले ५ खेलमा भारतको कप्तानी गरेका थिए भने २ खेलमा जित हासिल गरेका थिए ।

त्यस्तै कप्तानीको दौडमा सुर्यकुमार यादव पनि रहेका छन् । सूर्यकुमार यादवले आफ्नो बलियो प्रदर्शनका साथ टीम इन्डियाको कप्तान बन्ने दाबी गरिरहेका छन् । ६८ खेलमा १६७.७४ को स्ट्राइक रेटमा २३४० रन बनाएका छन् । उनले आफ्नो कप्तानीमा शतक प्रहार गरेका छन् । सूर्यको कप्तानीमा भारतले ७ खेलमा ५ खेल जितेको छ । सूर्यले आफ्नो कप्तानीमा १६४.८३ को स्ट्राइक रेटमा ३०० रन बनाएका छन् ।

त्यसैगरी जसप्रित बुमराह पनि टी- २० टिमको कप्तानीको दौडमा रहेका छन् । जसप्रित बुमराह, भारतीय टोलीमा ट्रम्प कार्डको रुपमा रहेका छन् । ७० खेलमा ८९ विकेट लिएका बुमराह टिम संकटमा रहेको समयमा विकेट लिएर टिमलाई जितको बाटोमा लैजाने बलरको रुपमा चिनिन्छन् । उनको यस अघि भारतीय टिमको मात्र २ खेलमा कप्तानी गरेका छन् र दुवै खेल जितेका छन् ।

यी बाहेक हाल गुजरात टाइटन्सका कप्तान रहेका शुभमन गिललाई रोहित शर्मापछि भारतको सबै फर्म्याटको कप्तानको रुपमा हेरिएको छ । पहिलो पटक गुजरातको कप्तानी गरेका गिलले धेरैलाई प्रभावित समेत गरेका थिए । यस विश्वकपमा गिल ट्राभल खेलाडीको रुपमा समावेश रहेका थिए ।

त्यस्तै आइपिएल टिम लखनउ सुपर जाइन्टका कप्तान रहेका केएल राहुल पनि टी-२० टिमको कप्तान बन्न सक्ने बताइएको छ । उत्कृष्ट ब्याट्सम्यान र विकेट किपरको पहिचान बनाएका राहुल यस विश्वकप टिममा भने परेका थिएनन् ।

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
नौ महिनामा १० अर्ब बढीको अलैँची निर्यात
कस्तो छ आजको मौसम पूर्वानुमान ?
रोमाञ्चक खेलमा नेपालले युएईमाथि निकाल्यो ६ रनको जित

ताजा

नौ महिनामा १० अर्ब बढीको अलैँची निर्यात

कस्तो छ आजको मौसम पूर्वानुमान ?

रोमाञ्चक खेलमा नेपालले युएईमाथि निकाल्यो ६ रनको जित

२०८३ वैशाख १९ गते शनिबार, यस्तो रहेको छ तपाईको आजको राशिफल

हाम्रो बारेमा

संचालक/सम्पादक :
दिपक गौतम

संपर्क नं. ९८५१००८६०९

Government of Nepal Ministry of Information and Communications Department of Information
Reg. Certificate No.258/073-74.
Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

Press Council Nepal Reg. No
531/2072-73

हाम्रो फेसबुक

Information Center Nepal

हाम्रा सामाजिक सञ्जाल

Follow Us on Social Media
Facebook YouTube TikTok Instagram

हाम्रो टिम

संवाददाता : माधव  प्रसाद भट्टराई
न्युज डेक्स : पवित्रा उप्रेती
न्युज डेक्स  :  इश्वर गौतम
न्युज डेक्स :  मौसम गौतम
IT : त्रिबिक्रम रेग्मी

सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

 

Copyright ©2026 Jankari Kendra | All rights Reserved.
 Website By :  nwTech.