असार २१ गते शुक्रबार बन्ने भयो अद्भुत योग, यी राशिलाई एक नभई चार देवताको मिल्नेछ साथ !
एजेन्सी । अहिले असार महिना चलिरहेको छ भने असार २१ गते अमावस्या(औंसी) हो । हिन्दु धर्ममा अमावस्या तिथिलाई विशेष मानिन्छ । यस दिन पितृहरूलाई प्रसाद चढाइन्छ।
यसबाट पितृबाट आशीर्वाद प्राप्त हुन्छ। यस बाहेक असार महिनाको अमावस्याका दिन भगवान शिव, श्रीहरि विष्णु र माता लक्ष्मीको पूजा गरिन्छ । यसबाहेक शनि यस समय प्रतिगामी भईरहेको छ । त्यसैले यो असार अमावस्या शनिदेवको कृपा प्राप्त गर्ने अवसर पनि हो ।
साथै असार अमावस्याका दिन शनिले कुम्भ राशिमा बसेर शष राजयोग सृजना गरिरहेको छ । यो योग केहि राशिका मानिसहरुका लागि निकै लाभदायी रहनेछ ।
मिथुन राशि : असार अमावस्यामा शुभ योग बन्ने मिथुन राशिका लागि निकै शुभ रहेको छ । यी व्यक्तिहरूको लागि पदोन्नतिको सम्भावना छ। केही शुभ समाचार प्राप्त हुन सक्छ। जीवनमा आराम महसुस गर्नुहुनेछ। पुराना समस्याबाट केही समय राहत मिल्नेछ। विशेषगरी व्यवसायीले नयाँ उचाइमा पुग्नेछन् । नयाँ सम्पर्कहरू बन्नेछन्।
मकर राशि : असार अमावस्याका दिन मकर राशिका मानिसहरुमाथि शनिदेवको विशेष कृपा रहनेछ । मकर राशिको स्वामी शनि हो र यसले यी व्यक्तिहरूको भाग्य उज्यालो बनाउनेछ। शुभ समाचार प्राप्त हुन सक्छ । आर्थिक लाभ हुनेछ। कार्यालयमा सबैको सहयोग अवश्य प्राप्त हुनेछ। तपाईको समय राम्रो रहनेछ।
कुम्भ राशि : कुम्भ राशिको स्वामी शनि पनि हो। साथै, शनि हाल कुम्भ राशिमा प्रतिगामी भईरहेको छ। असार अमावस्याका दिन शनिले कुम्भ राशिमा बसेर शस राजयोग बनाउँदा यस राशिका व्यक्तिहरूलाई धेरै लाभ मिल्नेछ। मेहनतको फल मिल्नेछ । नयाँ कामको प्रस्ताव आउन सक्छ। घरमा खुसीसाथ समय बित्नेछ।
सम्बन्धित समाचार
२०८३ साउन २७ गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ साउन २६ गते मंगलवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
साउनको अन्तिम सोमबार पशुपतिनाथमा भक्तजनको घुइँचो
२०८३ साउन २५ गते सोमवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ साउन २४ गते आईतवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ साउन २३ गते शनिबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
ट्रेन्डिङ
माफी मागेकाले फिफा अध्यक्ष पदमा इन्फान्टिनो यथावत रहने
देशभर मनसुनी वायुको प्रभाव : यी प्रदेशमा भारी वर्षा हुने पूर्वानुमान
सुनको मूल्य एकैदिन प्रतितोला ८ हजार रुपैयाँले बढ्यो, कतिमा हुँदैछ कारोबार ?
एनएमबि बैंकको अगुवाइमा दुध खोला जलविद्युत आयोजनाको वित्तीय व्यवस्थापन
प्रमाणपत्र मात्र होइन, समस्या समाधान गर्ने सीप बोकेर विदा भए नेपाल इन्जिनियरिङ कलेजका विद्यार्थी



