‘बेहुली फ्रम मेघौली’ को र्याप गीत- बिहे गर्ने कि नगर्ने
काठमाडौँ । आउदो दशैंमा प्रदर्शन हुन लागेको फिल्म ‘बेहुली फ्रम मेघौली’ को र्याप गीत रिलिज गरिएको छ ।
फिल्मको थिमअनुसार तयार पारिएको ‘बिहे गर्ने कि नगर्ने ?’ बोलको गीतमा कुशल पोखरेलको गायन प्रस्तुति र शब्द रचना छ भने रोहित शाक्यको संगीत उत्पादन छ । भिडियोमा भने फिल्मकी अभिनेत्री स्वस्तिमा खड्का र अभिनेता निश्चल बस्नेतसहित दीपाश्री निरौला, प्रदीप खड्का, बेनिशा हमाल, साम्राज्ञी राज्यलक्ष्मी शाह, धीरज मगर, नाजीर हुसेन, शिल्पा मास्केलगायत देखिएका छन् ।
उमेर पुगेका युवा-युवतीलाई परिवार र समाजबाट कसरी विवाहको दबाब दिइन्छ भन्ने विषय गीतले बोलेको छ । रोचक कुरा के छ भने गीतमा देखिएका अधिकांश कलाकार अविवाहित छन्, जसलाई अक्सर विवाहकै प्रश्न आउने गर्छ । गीतसँगै फिल्मको प्रदर्शन मिति समेत घोषणा गरिएको छ । यसअघि दशैं मात्र भनिएको फिल्मलाई आगामी असोज १७ गते अर्थात् घटस्थापनामा प्रदर्शन गरिने भएको छ । साजन काफ्ले र आकाश बरालको संयुक्त निर्देशन रहेको फिल्ममा स्वस्तिमा र निश्चलसँगै विजय बराल, बसुन्धरा भुसाल, टीका पहारी, लोकेन्द्र लेखक, सिरु विष्ट, अमीर गौतम, लुनिभा तुलाधर आदिको पनि अभिनय छ ।
स्वस्तिमा खड्का र निश्चल बस्नेतको निर्माण रहेको फिल्मको कार्यकारी निर्मातामा शंकर पाण्डे र फिरोज खड्का छन् ।
गीतको लिंक- https://youtu.be/A3eK6hADn2s
सम्बन्धित समाचार
टिकटकको एआई कन्टेन्टमा कडाइ: ८ करोड ६० लाख नक्कली अकाउन्ट हटाइयो, ३ अर्ब भिडियोमा एआई लेबल
रामाडा बाइ विन्डह्यामको गन्तव्य प्रवर्द्धन यात्रा, पूर्वी नेपाललाई पर्यटनको नयाँ केन्द्र बनाउने लक्ष्य
‘तुना फुकेछ’ सार्वजनिक, ‘निःशब्द’ चलचित्रको गीतले दर्शकको ध्यान तान्दै
जुनु प्रसाईको ‘झगडा पर्यो पोइसित’ सार्वजनिक, प्रकाश सपुतसँगै देखिइन् भिडियोमा
एक लाखको फिल्मले पायो अप्रत्याशित सफलता,कमाइ २ अर्ब नजिक
रेखा थापाको ‘माया भनेकै यस्तो होला’को टिजर सार्वजनिक, भदौ २६ मा प्रदर्शन
ट्रेन्डिङ
सिटिजन लाइफ इन्स्योरेन्सको ९ औँ वार्षिकोत्सव, ३३ अर्ब लगानीसहित वित्तीय यात्रा सुदृढ बनाउँदै
बाढीपीडितको पुनःस्थापनाका लागि नामिया सदस्य घिमिरेको सहयोग, विदुरकी प्रतिमालाई मसला पिस्ने मेसिन हस्तान्तरण
एनपीएलमा पहिलोपटक डीआरएस, निर्णय पुनरावलोकनदेखि बल ट्र्याकिङसम्मको सुविधा
वेबसाइट र अनलाइन प्रणालीमा साइबर आक्रमणको जोखिम, एससीएससीद्वारा सतर्क रहन आग्रह
जनकपुर बोल्ट्सको आधिकारिक गो ग्रीन इनर्जी पार्टनर बन्यो एसटीसी
