Jankari Kendra
१० भाद्र २०८३, बुधबार
Worldlink

सप्तकोशीका ४१ ढोका खोलिए,नदी किनारका बासिन्दालाई सुरक्षित रहन आग्रह

जानकारी केन्द्र
जानकारी केन्द्र
२०८१, असार, २४
सप्तकोशीका ४१ ढोका खोलिए,नदी किनारका बासिन्दालाई सुरक्षित रहन आग्रह

सुनसरी । सप्तकोशी नदीको जलसतह बढ्दै गएको छ । अहिले बिहान ६ बजेसम्म कोशी ब्यारेजमा तीन लाख १६ हजार आठ सय क्युसेक पानी मापन गरिएको छ ।

सप्तकोशी जलमापन केन्द्रका अनुसार पानीको बहाव बढ्दै गएसँगै कोशी ब्यारेजका ४१ वटा ढोका खोलिएका छन् । सप्तकोशी जलमापन केन्द्रमा जलसतह सतर्कता पार गरेको र अझै बढ्दो क्रममा रहेकाले उदयपुर, सुनसरी र सप्तकोशी नदी किनारका बासिन्दालाई सुरक्षित रहन केन्द्रले अनुरोध गरेको छ ।

Top Changing Nepal

युट्युब सट्स