ओमोडाको ओमोडा इ ५ नेपालगञ्जमा सार्वजनिक
काठमाडौँ । नेपालका लागि ओमोडा गाडीको आधिकारिक वितरक एसपिजि अटोमोबाइल्स प्राइभेट लिमिटेडले नेपालगञ्जको करकन्दोमा नयाँ आधिकारिक डिलरसिपको उद्घाटन समारोहसँगै ‘फ्युचरिस्टिक’ ओमोडा इफाइभ गाडीलाई स्थानीय बजारमा सार्वजनिक गरेको छ । मिडिया तथा अतिथि लगायत १०० भन्दा बढी सहभागीहरूको उपस्थितीमा नयाँ डिलरसिप उद्घाटन तथा सार्वजनिक गरिएको हो । यस कार्यक्रमको साथ ओमोडाले डिलर नेटवर्कको विस्तार गर्दै विभिन्न क्षेत्रका ग्राहकहरूलाई सहज सेवा प्रदान गर्ने उद्देश्यलाई निरन्तरता दिएको हो ।
नेपालगन्ज उपमहानगरपालिकाका मेयर प्रशान्त विष्टको प्रमुख अतिथ्य रहेका यस समारोहमा, नेपालगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष टंक धामी, सिद्धार्थ बिजनेस ग्रुप अफ हस्पिटालिटी ९एसपिजिएच० का अध्यक्ष चिन्तामणि न्यौपाने, एस पिजि अटोमोबाइल्स र सिद्धार्थ टेक प्रा का सदस्यहरु श्री विवेक कुमार श्रेष्ठ, एमडी, सिद्धार्थ टेक प्रा।लि श्री केशव न्यौपाने, निर्देशक, सिद्धार्थ टेक प्रा. लि., श्री ऋषि कँडेल, निर्देशक, सिद्धार्थ टेक प्रा. लिमिटेड श्री आशिष दाहाल, वरिष्ठ प्रबन्धक, एस पिजि अटोमोबाइल प्रा. लि का बीच ओमोडा इ ५ को औपचारिक रुपमा अनावरण गरिएको थियो ओमोडा ले यस क्षेत्र भित्रका ग्राहकहरुलाई एकै स्थानबाट सम्पूर्ण सेवा प्रदान गर्दै आफ्नो डिलर नेटवर्कको विस्तारमा हत्वपूर्ण कोसेढुङ्गाको रूपमा स्थापित रहने विश्वास लिइएको छ ।
एसपिजि अटोमोबाइल्सका निर्देशक गौरव शारडाका अनुसार, “हामीले ओमोडा इ ५ को लागि उत्साहजनक र सकारात्मक बजार प्रतिक्रिया पाएका छौँ । हाम्रा ग्राहकलाई विद्युतीय सवारी साधन प्रविधिमा भएको पछिल्लो प्रगतिको आदानप्रदान गर्दै, नयाँ गाडीहरू प्रदर्शनी गर्ने तथा खरिदमा उचित फाइनान्सिङ गर्ने लगायतका एकै ठाउँमा प्राप्त गर्न सकिने सुविधा सुनिश्चित गर्ने हाम्रो प्रतिबद्धता हो । हामी नेपालगञ्जका हाम्रा ग्राहक र इभि प्रेमीहरूलाई हाम्रो नयाँ सोरुम भ्रमण गर्न र फ्युचरिस्टिक गाडीका अनेक फाइदाहरू अनुभव गर्न आमन्त्रित गर्दछौँ ।
नेपालगञ्जमा एसपिजि अटोमोबाइल्स प्रा।लि।को नयाँ आधिकारि वितरक ‘सिद्धार्थ टेक प्राइभेट लिमिटेड’ यही जुलाई २०२४ देखि उद्घाटनसँगै सञ्चालनमा आइको छ । ओमोडा इफाइभ विद्युतीय सवारीले विभिन्न विशेषता सहित सुरक्षित, आधुनिक र नौलो ड्राइभिङ अनुभव प्रदान गर्ने लक्ष्य राखेको छ । प्रि-बजेट मूल्य रू ६१.९९ लाख सिङ्गल टोन, ६२.४९ लाख डुअल टोन भएको ओमोडा इफाइभ नेपालको अग्रणी इभि ब्रान्ड र मोडल हो जसले ४३० किमिको लामो रेन्ज, १८० मिलिमिटरको ग्राउन्ड क्लियरेन्स र ९९ किलोवाटको मोटर पावर प्रदान गर्दछ । लेभल २.५ को एडिएएस सुरक्षित ड्राइभिङ प्रणाली रहेको ओमोडा इफाइभ, नेपाली बजारमा लिथियम आइरन फस्फेट ब्लेड ब्याट्रीद्वारा सञ्चालित रहेको छ ।
सम्बन्धित समाचार
बाढीपहिरोका कारण यी राजमार्ग अवरुद्ध
स्वास्थ्य बीमा बोर्डद्वारा २५ अर्ब ४८ करोडभन्दा बढी दाबी भुक्तानी
सुनको मूल्य एकैदिन प्रतितोला ५ हजार ८ सय रुपैयाँले घट्यो, कतिमा हुँदैछ कारोबार ?
आजको लागि विदेशी मुद्राको विनिमय दर, कुन मुद्रा कतिमा हुँदैछ बिक्री ?
२३ औँ एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड भदौ १८ गते हुने, गोल्छा ग्रुपसँग सम्झौता नवीकरण
सांग्रिला डेभलपमेन्ट बैंकको नाफामा ४७ प्रतिशत वृद्धि, ८९ करोड पुग्यो खुद नाफा
ट्रेन्डिङ
आइसिसी इमर्जिङ एसिया बैंकिङ अवार्डमा नबिल बैंकलाई ‘ बेस्ट कमर्सियल बैंक,(नेपाल)’ सम्मान
२०८३ साउन ९ गते शनिवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ साउन १० गते आईतबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
अफ्रिकन वुमेन्स फुटबल भोलिदेखि, १६ राष्ट्र सहभागी हुदैँ
देशभर मनसुनी वायुको प्रभाव कायमै : यी प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह