एमजी फोर ईभीले कोरला नाकाको ४ हजार ६ सय ६० मिटरको उचाइ पूरा गर्न सफल
काठमान्डौं। एमजी फोर ईभीले मुस्ताङको कोरला नाकासम्मको यात्रा सफलतापूर्वक पूरा गरेको छ। एमजी फोर ईभी कोराला नाकाको ४ हजार ६ सय ६० मिटरको उचाइ पूरा गर्न सफल भएको हो। यो संगै एमजी फोर ईभी कार भरोसा योग्य प्रमाणीत भएको कम्पनीले दावी गरेकोको छ ।एमजी फोर चलाउने धिरेनमान श्रेष्ठ सो कार लिएर कोराला नाका पुगे का थिए भने यात्रामा लागिएको एमजी फोर ईभी गाडीको असाधारण शक्ति, क्षमताकै कारण मुस्ताङको कठिन अफरोडसमेत सहजै पुग्न सम्भव रहेको श्रेष्ठले बताए।
यसका फाइभ लिंक रेयर इन्डिपेन्डेन्टि सस्पेन्सन, रेयर ह्वील ड्राइभ र स्टिफ सस्पेन्सन प्रणालीमा भएकैले सो यात्रामा सफलता पाएको उनले बताएका छन्। यात्रामा एमजी फोर ईभीको ब्याट्री क्षमता, रिजेनेरेटिभ ब्रेकिङ प्रणालीलगायत कारणले सहजता दिलाउने उनको भनाइ छ।एमजी मोटर्स नेपालले यसलाई महत्वपूर्ण उपलब्धिका रुपमा लिएको जनाएको छ। जसले विद्युतीय सवारी बजारमा एमजीको अगुवाइलाई प्रमाणित गर्दै नवीन प्रविधिले यसमा महत्वपूर्ण भूमिका खेलेको छ।
अपर मुस्ताङको यात्राअघि श्रेष्ठ हेटौँडा(काठमाडौं राजमार्ग र कालिन्चोकमा एमजी फोर ईभी लिएर गइसकेका थिए। उनको यस यात्राले एमजी फोर ईभी सहरी क्षेत्रमा मात्र नभइ हरेक खालको भूगोलमा जानसक्ने पुष्टी पनि गरेको छ।२०२२ यता विश्वस्तरीय रुपमा प्रमाणित हुँदै आएपछि एमजी फोर ईभीले २०२४ मा ओभर अल कर अफ द इयरुको मल्टिपल टाइटलहरू जितेको छ।

सम्बन्धित समाचार
पोखरामा कात्तिक १४ मा ‘पल्सर आरपीएम’ आयोजना हुँदै, स्टन्ट र स्ट्रीट कल्चर मुख्य आकर्षण
यामाहा ब्लु स्ट्रिक्सद्वारा ‘चङ्गा चेट’ दसैँ राइडको आयोजना, फैलाउँदै देशभर उत्सवको रौनक
ओमोडा जेइकू एनपीएल सिजन ३ को “पावर्ड बाइ” प्रायोजकमा आबद्ध
हाम्स ग्रुपद्वारा नेपालमा विश्वप्रसिद्ध क्यूजे मोटरका मोटरसाइकल तथा स्कुटरहरू सार्वजनिक
नयाँ प्रविधि र दमदार पावरसहित नेपालमा आयो भेस्पा १५० एफआई ओबीडी २ स्टेज बी
१६ सिट क्षमताको विद्युतीय मिनिबस म्याक्सस ईडेलिभर ५ नेपालमा सार्वजनिक, मूल्य ६९ लाख ५० हजार रुपैयाँ
ट्रेन्डिङ
चितवन राइनोजसँग ८ रनले पराजित भयो विराटनगर किंग्स
२०८३ कार्तिक १२ गते बिहीवार ,यस्तो रहेको छ तपाईको आजको राशिफल
चालक नराखी गाडी चलाउने सरकारी अधिकारीले चालकको तलबसमेत पाउने
३ वर्षभित्र ८ शहरमा फ्लडलाइटसहितका क्रिकेट रंगशाला बनाउने सरकारको योजना
जनकपुर बोल्ट्सको आधिकारिक गो ग्रीन इनर्जी पार्टनर बन्यो एसटीसी
