अक्षय र अर्शदको फिल्म जोली एलएलबी-३ को शुटिंग सकियो
काठमाडौँ । अरशद वारसी स्टारर फिल्म ‘जोली एलएलबी’ र अक्षय कुमारको ‘जोली एलएलबी २’ ले दर्शक र समीक्षकबाट धेरै माया पाएको थियो । यी दुई भागको सफलतापछि निर्माण पक्षले फिल्मको तेस्रो भागको छायांकन सकिएको छ ।
अक्षय कुमार र अरशद वारसीको मुख्य भूमिका रहेको बहुप्रतिक्षित ‘जोली एलएलबी’ फ्रेन्चाइजको तेस्रो किस्ताको फिल्मको छायांकन सकिएको छ । सुभाष कपूर निर्देशित यस फिल्मको छायांकन सकिएपछि फिल्मका कलाकर र क्रु मेम्बर्सले खुशियाली मनाएको भिडियो सार्बजनिक गरिएको छ ।
अब छिट्टै फिल्मको पोस्ट प्रोडक्सनको काम सुरु हुनेछ । जोली एलएलबी फ्रेन्चाइज व्यावसायिक रूपमा सफल छ । पहिलो दुई चलचित्रहरूले तिनीहरूको तीव्र सामाजिक टिप्पणी र आकर्षक कोर्टरूम नाटकको लागि व्यापक प्रशंसा पाएका थिए ।
यसअघिका फिल्महरूमा जोलीको भूमिका निर्वाह गरेका अक्षय कुमार र अर्शद वारसीबीचको भिडन्त हुने भएकाले तेस्रो किस्ताको व्यग्र प्रतिक्षा भइरहेको छ । दुवैको पुनर्मिलनलाई विशेष रुपमा हेरिएको छ । दुवैले फिल्ममा जगदीश नामको भूमिका निर्वाह गर्नेछन् । अर्शद वारसी ‘जगदीश त्यागी’ र अक्षय कुमार ‘जगदीश्वर मिश्रा’ को भूमिकामा देखिनेछन्।
‘जोली एलएलबी ३’ अजमेर र राजस्थानमा छायांकन गरिएको थियो, जसको अधिकांश शुटिङ ४० दिनभन्दा बढी समय अजमेरको वास्तविक अदालतमा भएको थियो । यो फिल्मलाई २०२५ को अगस्त २१ मा रिलिज गरिने बताइएको छ । फिल्ममा अक्षय र अर्शद बाहेक सौरभ शुक्ला र हुमा कुरेसीको अभिनय रहेको छ ।
सम्बन्धित समाचार
टिकटकको एआई कन्टेन्टमा कडाइ: ८ करोड ६० लाख नक्कली अकाउन्ट हटाइयो, ३ अर्ब भिडियोमा एआई लेबल
रामाडा बाइ विन्डह्यामको गन्तव्य प्रवर्द्धन यात्रा, पूर्वी नेपाललाई पर्यटनको नयाँ केन्द्र बनाउने लक्ष्य
‘तुना फुकेछ’ सार्वजनिक, ‘निःशब्द’ चलचित्रको गीतले दर्शकको ध्यान तान्दै
जुनु प्रसाईको ‘झगडा पर्यो पोइसित’ सार्वजनिक, प्रकाश सपुतसँगै देखिइन् भिडियोमा
एक लाखको फिल्मले पायो अप्रत्याशित सफलता,कमाइ २ अर्ब नजिक
रेखा थापाको ‘माया भनेकै यस्तो होला’को टिजर सार्वजनिक, भदौ २६ मा प्रदर्शन
ट्रेन्डिङ
सिटिजन लाइफ इन्स्योरेन्सको ९ औँ वार्षिकोत्सव, ३३ अर्ब लगानीसहित वित्तीय यात्रा सुदृढ बनाउँदै
बाढीपीडितको पुनःस्थापनाका लागि नामिया सदस्य घिमिरेको सहयोग, विदुरकी प्रतिमालाई मसला पिस्ने मेसिन हस्तान्तरण
एनपीएलमा पहिलोपटक डीआरएस, निर्णय पुनरावलोकनदेखि बल ट्र्याकिङसम्मको सुविधा
वेबसाइट र अनलाइन प्रणालीमा साइबर आक्रमणको जोखिम, एससीएससीद्वारा सतर्क रहन आग्रह
जनकपुर बोल्ट्सको आधिकारिक गो ग्रीन इनर्जी पार्टनर बन्यो एसटीसी
