बंगलादेशमा आरक्षण विरोधी प्रदर्शन: अहिलेसम्म ११५ जनाको मृत्यु
काठमाडौँ । बंगलादेशमा सरकारी जागिरहरूमा आरक्षण विरोधी हिंसा भड्किएपछि प्रहरीले शनिबारदेखि देशभर कडा कर्फ्यू लगाएको छ । यस अवधिमा राजधानी ढाकाका सबै भागमा सेनाले गस्ती गरेको थियो ।
सार्वजनिक जमघटमा प्रतिबन्ध लगाए पनि यो कर्फ्यु सायद अहिलेसम्मकै सबैभन्दा घातक भएको बताइएको छ । पछिल्ला दिनमा हिंसा बढेपछि अहिलेसम्म मृत्यु हुनेको संख्या ११५ नाघेको छ ।
बंगलादेशमा भड्किएको हिंसाका कारण अहिलेसम्म सयौं मानिस घाइते भएका छन् । शनिबार पनि केही टेलिभिजन च्यानल बन्द रहे भने अधिकांश पत्रपत्रिकाको वेवसाइट पनि बन्द रहे । ढाकास्थित अमेरिकी दूतावासले स्थिति अत्यन्तै अस्थिर भएको बताएको छ ।
देशमा लागू गरिएको कर्फ्यू शनिबार दिउँसो केही खुकुलो भए पनि आइतबार बिहान १० बजेसम्म लागू गरिएको थियो । कर्फ्यू लगाएसँगै बंगलादेश सरकारले देशमा मोबाइल इन्टरनेट सेवा बन्द गरेको छ ।
अवस्था अस्थिर बनेपछि बंगलादेशमा अध्ययन गरिरहेका ८ सय भन्दा बढी नेपाली विद्यार्थीहरु स्वदेश फर्किएको परराष्ट्र मन्त्रालयले जनाएको छ भने नेपाल सरकारले १७ जनालाई आफ्नो पहलमा स्वदेश फर्काउदै छ ।
त्यस्तै मिडिया रिपोर्टका अनुसार अन्य देशका हजारौं नागरिकले बंगलादेश छोड्ने क्रम जारी रहेको छ ।
सम्बन्धित समाचार
फेसबुकको त्रुटि पत्ता लगाउने तनहुँकी सुप्रियालाई मेटाको ३ हजार ७५० अमेरिकी डलर पुरस्कार
वेबसाइट र अनलाइन प्रणालीमा साइबर आक्रमणको जोखिम, एससीएससीद्वारा सतर्क रहन आग्रह
आईसीसी क्रिकेट विश्वकप छनोटको प्लेअफ डिसेम्बर ४ देखि नेपालमा आयोजना हुने
एनपीएलका सम्पूर्ण खेललाई आईसीसीको लिस्ट ‘ए’ टी–२० मान्यता
दसैँमा यात्रुलाई सहज बनाउन काठमाडौं उपत्यकामा प्रहरीको निःशुल्क बस सेवा
एनपीएलमा पहिलोपटक डीआरएस, निर्णय पुनरावलोकनदेखि बल ट्र्याकिङसम्मको सुविधा
ट्रेन्डिङ
सिटिजन लाइफ इन्स्योरेन्सको ९ औँ वार्षिकोत्सव, ३३ अर्ब लगानीसहित वित्तीय यात्रा सुदृढ बनाउँदै
वीरगंजमा नयाँ शोरूम संचालनमा ल्याउँदै कजारिया रमेश टायल्सको बजार विस्तार
बाढीपीडितको पुनःस्थापनाका लागि नामिया सदस्य घिमिरेको सहयोग, विदुरकी प्रतिमालाई मसला पिस्ने मेसिन हस्तान्तरण
टिकटकको एआई कन्टेन्टमा कडाइ: ८ करोड ६० लाख नक्कली अकाउन्ट हटाइयो, ३ अर्ब भिडियोमा एआई लेबल
कोका–कोलाको ‘भरौँ खुसी’ अभियान, हवाई र बस टिकट जित्ने मौका
