Jankari Kendra
२२ भाद्र २०८३, सोमबार
Worldlink

‘तनु वेड्स मनु–३’ बनाउने सोचमा निर्देशक, कंगना हुने नहुने छै टुंगो

जानकारी केन्द्र
जानकारी केन्द्र
२०८१, श्रावण, २५
‘तनु वेड्स मनु–३’ बनाउने सोचमा निर्देशक, कंगना हुने नहुने छै टुंगो

मुम्बई । प्रायः जब कुनै फिल्मको सिक्वेल वा दोस्रो भाग आउँछ, दर्शकको ध्यान आकर्षित गर्न असफल हुन्छ।

तर, २०११ मा रिलिज भएको ‘तनु वेड्स मनु’ ती फिल्म मध्येको एक हो, जसको सिक्वेलले पनि फ्यानहरुको मन जितेको थियो । त्यसैबेला दर्शकको ध्यान तेस्रो भाग आउँछ कि आउँदैन भन्नेमा केन्द्रित भयो । आनन्द एल द्वारा निर्देशित यस फिल्ममा कंगना रनौत र आर माधवन मुख्य भूमिकामा देखिएका थिए।

यसैबीच, डाइरेक्टले फिल्मको तेस्रो भाग अर्थात ‘तनु वेड्स मनु’ ३ को बारेमा ठूलो अपडेट साझा गरेका छन् । न्युज १८ शोसासँग कुरा गर्दै आनन्द एल राईले भने, ‘तनु वेड्स मनु यस्तो फ्रेन्चाइजी हो, जसको पार्ट ३को माग छ । ती पात्रहरू सुन्दर थिए र माधवन र कंगनाले सुन्दर ढंगले खेलेका थिए। उनका पात्रहरू कथाभन्दा अलि ठूला भए । तनु वेड्स मनु राम्रो भयो। कथा पूरा भयो तर पात्रहरू फर्कन धेरै उत्सुक थिए। त्यसैले हामीले अर्को कथा बनायौं।’

उनले थपे,  ‘तनु वेड्स मनु रिटर्न्सबाट हामीले नयाँ पात्र दत्तोलाई प्रस्तुत गरेका थिया ैं। यी सबै पात्रहरूले भाग ३ को माग गरिरहेका छन् र हामीले एउटा राम्रो कथा पाउने बित्तिकै तनु, मनु र दत्तो हकदार छन्। हामी बनाउँछौं।’

उल्लेखनीय छ कि २०२४ मा मन्डीबाट लोकसभा सिट जिते पछि फ्यानहरू कंगना रनौतलाई फिल्ममा हेर्न उत्सुक छन्। तर, यसमा उनी देखिने छन कि छैनन, यो भने अझै भन्ने सकिने अवस्थामा छैनन ।

Top Changing Nepal

युट्युब सट्स