‘नाडा अटो शो २०२४’ भदौ ११ देखि, सुस्ताएको अटो क्षेत्र चलायमान हुने विश्वास
काठमाडौं । नाडा अटोमोबाइल एसोसिएसन अफ नेपालले १६औं संस्करणको नाडा अटो शो २०२४ घोषणा गरेको छ । बुधबार पत्रकार एक सम्मेलन आयोजना गर्दै नाडाले भदौ ११ गतेदेखि १६ गतेसम्म काठमाडौंको भृकुटीमण्डप प्रदर्शनी स्थलमा अटो शोको आयोजना हुने जानकारी गराएको हो ।
यस वर्ष नाडा अटो शोमा टाटा ईभी मुख्य प्रायोजक र शिखर इन्स्योरेन्स कम्पनी लिमिटेड सह–प्रायोजकको रूपमा छन् । यो कार्यक्रमले अटोमोबाइल क्षेत्रको नवीनतम प्रवृत्ति र प्रविधिहरूको व्यापक प्रदर्शन गर्ने र अर्थतन्त्रलाई महत्त्वपूर्ण रूपमा वृद्धि गर्न मञ्च तयार पार्ने आयोजकले जनाएको छ ।
नाडा अटो शो २०२४ मा साना ठूला गरी १३० वटा स्टल रहने र ९५ वटा अटोमोबाइल ब्रान्ड तथा अटो कम्पोनेन्ट कम्पनीहरूको सहभागिता रहने छ । प्रदर्शनीमा २४ चार पाङ्गे ब्रान्डहरू, १९ दई पाङ्गे बान्डहरू, १२ हल्का व्यावसायिक र सवारी साधन ब्रान्डहरू प्रदर्शन गरिनेछन् । साथै ३३ कम्पनीहरूमा लुब्रिकेन्ट, टायर, ब्याट्री, ग्यारेज उपकरण र अन्य अटो कम्पोनेन्टहरूमा विशेषज्ञ छन् र ७ वित्तीय संस्थाहरू विशेष रूपले अनुकूल वित्तीय समाधानहरू प्रदान गर्नेछन् । यसले सबै आगन्तुकहरूका लागि एक सुविधाजनक र प्रभावकारी अनुभव सुनिश्चित गर्ने आयोजकको दाबी छ ।
आगन्तुकहरूले अब खल्ती एपमार्फत अग्रिम रूपमा टिकट खरिद गर्न सक्नेछन् । सर्वसाधारणलाई २०० रुपैयाँ टिकट रहेको छ भने विद्यार्थीलाई १५० रुपैयाँ तोकिएको छ ।
कार्यक्रममा बोल्दै नाडा अध्यक्ष करण चौधरीले सुस्ताएको अटो ब्यवसाय अटो सो मार्फत चलयमान हुने विश्वास ब्यक्ति गरे । उनले भने, ‘अरु वर्षभन्दा केहि फरक हुने छ । नयाँ नयाँ गाडिहरुको प्रर्दशिनि समेत हुने छ । सुस्ताएको ब्यवसाय केहि हदमा भएपनि चलयमान हुनेछ ।’
नाडा अटो शोका कार्यबाहक अध्यक्ष अनुप कुमार बरालले नेपालको अटोमोबाइल क्षेत्रलाई प्रभावित गरेको हालको आर्थिक मन्दीको प्रकाशमा, नाडा अटो शो २०२४ले उद्योगलाई पुनर्जीवित गर्न महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा राखे । उनले भने, ‘आयोजकहरूले यस वर्षको प्रदर्शनीले मात्र आर्थिक गतिविधिलाई बढावा दिने छैन, वरु बलियो आशावाद र लचीलापनको संकेत गर्दछ। राष्ट्रिय अर्थतन्त्रमा महत्वपूर्ण भूमिका खेल्ने अटोमोबाइल व्यवसाय समुदायको मनोबललाई पनि उचाल्ने विश्वास गरेका छन्। चुनौतीपूर्ण वातावरणको बाबजुद, प्रदर्शनीले कम्पनीहरूको तर्फबाट उत्साहजनक सहभागिता प्राप्त गरेको छ ।’
आयोजकले यस वर्ष अटो शो मा करिब ७५ हजारकोे सहभागिता हुने अपेक्षा राखेको छ । सहभागि कुनै एक ब्यक्तिले जुम स्कुटर जित्ने सक्नेछन् ।
सम्बन्धित समाचार
पोखरामा कात्तिक १४ मा ‘पल्सर आरपीएम’ आयोजना हुँदै, स्टन्ट र स्ट्रीट कल्चर मुख्य आकर्षण
यामाहा ब्लु स्ट्रिक्सद्वारा ‘चङ्गा चेट’ दसैँ राइडको आयोजना, फैलाउँदै देशभर उत्सवको रौनक
ओमोडा जेइकू एनपीएल सिजन ३ को “पावर्ड बाइ” प्रायोजकमा आबद्ध
हाम्स ग्रुपद्वारा नेपालमा विश्वप्रसिद्ध क्यूजे मोटरका मोटरसाइकल तथा स्कुटरहरू सार्वजनिक
नयाँ प्रविधि र दमदार पावरसहित नेपालमा आयो भेस्पा १५० एफआई ओबीडी २ स्टेज बी
१६ सिट क्षमताको विद्युतीय मिनिबस म्याक्सस ईडेलिभर ५ नेपालमा सार्वजनिक, मूल्य ६९ लाख ५० हजार रुपैयाँ
ट्रेन्डिङ
चितवन राइनोजसँग ८ रनले पराजित भयो विराटनगर किंग्स
२०८३ कार्तिक १२ गते बिहीवार ,यस्तो रहेको छ तपाईको आजको राशिफल
चालक नराखी गाडी चलाउने सरकारी अधिकारीले चालकको तलबसमेत पाउने
३ वर्षभित्र ८ शहरमा फ्लडलाइटसहितका क्रिकेट रंगशाला बनाउने सरकारको योजना
जनकपुर बोल्ट्सको आधिकारिक गो ग्रीन इनर्जी पार्टनर बन्यो एसटीसी
