कान्ताराका लागि ऋषभ शेट्टीले पाए उत्कृष्ट अभिनेताको नेशनल अवार्ड
काठमाडौँ । भारत सरकारले सन् २०२२ का लागि ७०औं राष्ट्रिय चलचित्र पुरस्कार घोषणा गरेको छ । ७०औं राष्ट्रिय चलचित्र अवार्डमा उत्कृष्ट अभिनेत्रीको अवार्ड दुई अभिनेत्रीलाई संयुक्त रुपमा प्रदान गरिएको छ ।
नित्या मेननलाई तमिल फिल्म तिरुचित्रम्बलमका लागि उत्कृष्ट अभिनेत्रीको अवार्ड दिइएको छ । यो फिल्म सन् २०२२ मा रिलिज भएको थियो । यस फिल्ममा उनीसँगै अभिनेता धनुष देखिएका थिए ।
मानसी पारेखलाई गुजराती फिल्म काक्ष एक्सप्रेसका लागि उत्कृष्ट अभिनेत्रीको अवार्ड पनि दिइएको छ । कन्नड अभिनेता ऋषभ शेट्टीलाई उनको फिल्म कान्ताराका लागि उत्कृष्ट अभिनेताको अवार्ड दिइएको छ । कार्तिकेय–२ फिल्मले वर्षको उत्कृष्ट तेलुगु फिल्मको अवार्ड पाएको छ ।
पोन्नियिन सेल्भान पार्ट-१ ले वर्षको उत्कृष्ट तमिल फिल्मको अवार्ड पाएको छ । केजीएफ च्याप्टर-२ ले वर्षको उत्कृष्ट कन्नड फिल्मको अवार्ड पाएको छ । मनोज बाजपेयी र शर्मिला टगरको फिल्म गुलमोहरले वर्षको उत्कृष्ट हिन्दी फिल्मको अवार्ड पाएको छ । चलचित्र ब्रह्मास्त्र भाग १ का गीतका लागि संगीतकार प्रीतमले उत्कृष्ट संगीत निर्देशक (गीतका लागि) अवार्ड पाएका छन् ।
एआर रहमानलाई तमिल फिल्म पोन्नियिन सेल्भान पार्ट–१ को पृष्ठभूमि संगीतका लागि उत्कृष्ट संगीत निर्देशकको अवार्ड दिइएको छ ।
फिल्म ब्रह्मास्त्र पार्ट १ मा गाएको केसरिया गीतका लागि अरिजित सिंहले सर्वोत्कृष्ट पुरुष गायकको अवार्ड पाएका छन् । निर्देशक सुरज बडजात्याले फिल्म उचाईका लागि उत्कृष्ट निर्देशकको अवार्ड पाएका छन् । मलयालम फिल्म अत्तमले उत्कृष्ट फिल्मको अवार्ड पाएको छ ।
सम्बन्धित समाचार
टिकटकको एआई कन्टेन्टमा कडाइ: ८ करोड ६० लाख नक्कली अकाउन्ट हटाइयो, ३ अर्ब भिडियोमा एआई लेबल
रामाडा बाइ विन्डह्यामको गन्तव्य प्रवर्द्धन यात्रा, पूर्वी नेपाललाई पर्यटनको नयाँ केन्द्र बनाउने लक्ष्य
‘तुना फुकेछ’ सार्वजनिक, ‘निःशब्द’ चलचित्रको गीतले दर्शकको ध्यान तान्दै
जुनु प्रसाईको ‘झगडा पर्यो पोइसित’ सार्वजनिक, प्रकाश सपुतसँगै देखिइन् भिडियोमा
एक लाखको फिल्मले पायो अप्रत्याशित सफलता,कमाइ २ अर्ब नजिक
रेखा थापाको ‘माया भनेकै यस्तो होला’को टिजर सार्वजनिक, भदौ २६ मा प्रदर्शन
ट्रेन्डिङ
सिटिजन लाइफ इन्स्योरेन्सको ९ औँ वार्षिकोत्सव, ३३ अर्ब लगानीसहित वित्तीय यात्रा सुदृढ बनाउँदै
बाढीपीडितको पुनःस्थापनाका लागि नामिया सदस्य घिमिरेको सहयोग, विदुरकी प्रतिमालाई मसला पिस्ने मेसिन हस्तान्तरण
एनपीएलमा पहिलोपटक डीआरएस, निर्णय पुनरावलोकनदेखि बल ट्र्याकिङसम्मको सुविधा
वेबसाइट र अनलाइन प्रणालीमा साइबर आक्रमणको जोखिम, एससीएससीद्वारा सतर्क रहन आग्रह
जनकपुर बोल्ट्सको आधिकारिक गो ग्रीन इनर्जी पार्टनर बन्यो एसटीसी
