०७ फागुन २०८२, बिहीबार
  • समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ/उद्योग
  • जानकारी
  • कृषि
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • मोेैसम
    • मनोरञ्जन
    • स्वास्थ्य
    • शिक्षा
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य

कान्ताराका लागि ऋषभ शेट्टीले पाए उत्कृष्ट अभिनेताको नेशनल अवार्ड

काठमाडौँ । भारत सरकारले सन् २०२२ का लागि ७०औं राष्ट्रिय चलचित्र पुरस्कार घोषणा गरेको छ । ७०औं राष्ट्रिय चलचित्र अवार्डमा उत्कृष्ट अभिनेत्रीको अवार्ड दुई अभिनेत्रीलाई संयुक्त रुपमा प्रदान गरिएको छ ।

नित्या मेननलाई तमिल फिल्म तिरुचित्रम्बलमका लागि उत्कृष्ट अभिनेत्रीको अवार्ड दिइएको छ । यो फिल्म सन् २०२२ मा रिलिज भएको थियो । यस फिल्ममा उनीसँगै अभिनेता धनुष देखिएका थिए ।

मानसी पारेखलाई गुजराती फिल्म काक्ष एक्सप्रेसका लागि उत्कृष्ट अभिनेत्रीको अवार्ड पनि दिइएको छ । कन्नड अभिनेता ऋषभ शेट्टीलाई उनको फिल्म कान्ताराका लागि उत्कृष्ट अभिनेताको अवार्ड दिइएको छ । कार्तिकेय–२ फिल्मले वर्षको उत्कृष्ट तेलुगु फिल्मको अवार्ड पाएको छ ।

पोन्नियिन सेल्भान पार्ट-१ ले वर्षको उत्कृष्ट तमिल फिल्मको अवार्ड पाएको छ । केजीएफ च्याप्टर-२ ले वर्षको उत्कृष्ट कन्नड फिल्मको अवार्ड पाएको छ । मनोज बाजपेयी र शर्मिला टगरको फिल्म गुलमोहरले वर्षको उत्कृष्ट हिन्दी फिल्मको अवार्ड पाएको छ । चलचित्र ब्रह्मास्त्र भाग १ का गीतका लागि संगीतकार प्रीतमले उत्कृष्ट संगीत निर्देशक (गीतका लागि) अवार्ड पाएका छन् ।

एआर रहमानलाई तमिल फिल्म पोन्नियिन सेल्भान पार्ट–१ को पृष्ठभूमि संगीतका लागि उत्कृष्ट संगीत निर्देशकको अवार्ड दिइएको छ ।

फिल्म ब्रह्मास्त्र पार्ट १ मा गाएको केसरिया गीतका लागि अरिजित सिंहले सर्वोत्कृष्ट पुरुष गायकको अवार्ड पाएका छन् । निर्देशक सुरज बडजात्याले फिल्म उचाईका लागि उत्कृष्ट निर्देशकको अवार्ड पाएका छन् । मलयालम फिल्म अत्तमले उत्कृष्ट फिल्मको अवार्ड पाएको छ ।

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
सन्तोष खत्री र निशा के.सी. को आवाजमा ‘ शिव भन्दा भन्दै’ सार्वजनिक
भ्यालेन्टाइन सप्ताह सुरु, आज ‘रोज डे’
इसेवाको ब्रान्ड गीत “सबै, सधैं, सँगै” सार्वजनिक

लोकप्रिय

२०८२ फागुन ०८ गते शुक्रबार, यस्तो छ तपाईको आजको राशिफल

कक्षा १२ को परीक्षा तालिका सार्वजनिक, परीक्षा वैशाख १४ गतेबाट २७ सम्म हुने

यसकारण कम्तिमा ८ घन्टा सुत्न जरूरी छ, नत्र देखिने छन् यस्ता रोगहरू

२०८२ फागुन ०३ गते आईतबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

२०८२ फागुन ०६ गते बुधबार, यस्तो छ तपाईको आजको राशिफल

ताजा

यसकारण कम्तिमा ८ घन्टा सुत्न जरूरी छ, नत्र देखिने छन् यस्ता रोगहरू

कति छन् यसपटकको निर्वाचनमा देशभर मतदानस्थल ?

नेपाली कांग्रेसको प्रतिज्ञापत्र सार्वजनिक,यस्ता छन् १० भिजन

यस्तो रहेको छ आजको लागि विदेशी मुद्राको विनिमय दर, कुन मुद्रा कतिमा हुँदैछ बिक्री ?

हाम्रो बारेमा

संचालक/सम्पादक :
दिपक गौतम

संपर्क नं. ९८५१००८६०९

Government of Nepal Ministry of Information and Communications Department of Information
Reg. Certificate No.258/073-74.
Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

Press Council Nepal Reg. No
531/2072-73

Follow Us

Follow us on Facebook Subscribe us on Youtube Follow us on Instagram

Recent Posts

  • यसकारण कम्तिमा ८ घन्टा सुत्न जरूरी छ, नत्र देखिने छन् यस्ता रोगहरू
  • कति छन् यसपटकको निर्वाचनमा देशभर मतदानस्थल ?
  • नेपाली कांग्रेसको प्रतिज्ञापत्र सार्वजनिक,यस्ता छन् १० भिजन
  • यस्तो रहेको छ आजको लागि विदेशी मुद्राको विनिमय दर, कुन मुद्रा कतिमा हुँदैछ बिक्री ?
  • देशभर पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव : वर्षा र हिमपातको सम्भावना

हाम्रो टिम

भिडियो सम्पादक : सुमन तिवारी
संवाददाता : माधव  प्रसाद भट्टराई
संवाददाता : शिवु धिताल

क्यामरा : सुनिल सिहं
न्युज डेक्स : पवित्रा उप्रेती
न्युज डेक्स  :  इश्वर गौतम
न्युज डेक्स :  मौसम गौतम
IT : त्रिबिक्रम रेग्मी

सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

 

Copyright ©2026 Jankari Kendra | All rights Reserved.
 Website By :  nwTech.