अजय देवगनलाई अभिवादन नगरेपछि विजयराज फिल्मबाट बाहिर !
काठमाडौँ । बलिउड अभिनेता अजय देवगनको फिल्म ‘सन अफ सरदार २’ बाट अभिनेता विजय राजलाई हटाइएको छ । हाल बेलायतमा छायांकन भइरहेको फिल्मको सेटमा अभिनेताले दुर्व्यवहार गरेको आरोपमा उनलाई फिल्मबाट हटाइएको रिपोर्टमा उल्लेख गरिएको छ । अर्कोतर्फ अभिनेता विजयले भने दुर्व्यवहारलाई अस्वीकार गर्दै अजय देवगनलाई फिल्मको सेटमा स्वागत नगरेको भन्दै फिल्मबाट हटाइएको बताएका छन् ।
एक्सन कमेडी फिल्म ‘सन अफ सरदार’ को सिक्वेल ‘सन अफ सरदार २’ घोषणा भएदेखि नै चर्चामा छ । बेलायतको भिसा नपाएपछि संजय दत्त फिल्मबाट बाहिरिएका थिए । हालै अजय देवगनले फिल्मको सुटिङ सुरु भएको घोषणा गरेका छन् । तर, अब अर्का स्टार फिल्मबाट बाहिरिएको खबरले फ्यानलाई स्तब्ध बनाएको छ । विजय राज अब फिल्मको हिस्सा छैनन् ।
मिडिया रिपोर्टका अनुसार अभिनेता विजयको दाबि विपरित उनले फिल्मको सेटमा प्रिमियम सुइट, भ्यानिटी भ्यान लगायतको माग गरेको दाबि गरिएको छ ।
बेलायत फिल्म सुटिंगका लागि महँगो ठाउ भएको भएपनि उनलाई राम्रो सुबिधा उपलब्ध गराएपनि उनले निर्माण टिमलाई दुर्व्यवहार गरेको बताइएको छ । निर्माण पक्षले अभिनेताका सबै माग पूरा गर्ने प्रयास गर्दा पनि उनको माग पूरा नभएपछि व्यवहार झनै बिग्रिएको बताएको छ ।
तर, विजय राजले भने आफुले अभिनेता अजय देवगनलाई अभिवादन नगरेका कारण फिल्मबाट हटाएको दाबि गरेका छन् । उनले भनेका छन्- ‘म ट्रायलका लागि समयमै पुगेँ । म भ्यानमा पुगें र रविकिशन मलाई भेट्न आए । मलाई भेट्न कार्यकारी निर्माता आशिष र निर्माता कुमार मंगल आए, त्यसपछि निर्देशक विजय अरोरा आए । भ्यानबाट बाहिर निस्केँ, र अजय देवगनलाई २५ मिटर टाढा उभिरहेको देखेँ, म व्यस्त भएकोले उनलाई स्वागत गर्न गइन, र साथीहरूसँग कुरा गरिरहेँ, २५ मिनेटपछि कुमार मंगल मेरो छेउमा आएर भने, तिमी फिल्मबाट बाहिर निस्क, हामी तिमीलाई निकाल्छौं । सेटमा पुगेको ३० मिनेटपछि मलाई फिल्मबाट हटाइयो, किनभने मैले अजय देवगनलाई अभिवादन गरिन ।’
सम्बन्धित समाचार
टिकटकको एआई कन्टेन्टमा कडाइ: ८ करोड ६० लाख नक्कली अकाउन्ट हटाइयो, ३ अर्ब भिडियोमा एआई लेबल
रामाडा बाइ विन्डह्यामको गन्तव्य प्रवर्द्धन यात्रा, पूर्वी नेपाललाई पर्यटनको नयाँ केन्द्र बनाउने लक्ष्य
‘तुना फुकेछ’ सार्वजनिक, ‘निःशब्द’ चलचित्रको गीतले दर्शकको ध्यान तान्दै
जुनु प्रसाईको ‘झगडा पर्यो पोइसित’ सार्वजनिक, प्रकाश सपुतसँगै देखिइन् भिडियोमा
एक लाखको फिल्मले पायो अप्रत्याशित सफलता,कमाइ २ अर्ब नजिक
रेखा थापाको ‘माया भनेकै यस्तो होला’को टिजर सार्वजनिक, भदौ २६ मा प्रदर्शन
ट्रेन्डिङ
सिटिजन लाइफ इन्स्योरेन्सको ९ औँ वार्षिकोत्सव, ३३ अर्ब लगानीसहित वित्तीय यात्रा सुदृढ बनाउँदै
बाढीपीडितको पुनःस्थापनाका लागि नामिया सदस्य घिमिरेको सहयोग, विदुरकी प्रतिमालाई मसला पिस्ने मेसिन हस्तान्तरण
एनपीएलमा पहिलोपटक डीआरएस, निर्णय पुनरावलोकनदेखि बल ट्र्याकिङसम्मको सुविधा
वेबसाइट र अनलाइन प्रणालीमा साइबर आक्रमणको जोखिम, एससीएससीद्वारा सतर्क रहन आग्रह
जनकपुर बोल्ट्सको आधिकारिक गो ग्रीन इनर्जी पार्टनर बन्यो एसटीसी
