फिल्म ‘पिताम्बर’ मा भित्रिए दयाहाङ
काठमाडौँ । निर्देशक कृषा चौलागाईंले निर्देशन गर्ने फिल्म ‘पिताम्बर’मा दयाहाङ राईको इन्ट्री भएको छ । दयाहाङले ‘पिताम्बर’ को निर्माण टिमसँग सम्झौता गरेका हुन् । फिल्ममा यसअघि नै सौगात मल्ल, प्रदीप खड्का, आँचल शर्मा, आर्यन सिग्देल, सुरक्षा पन्त, अनुपविक्रम शाही, प्रमोद अग्रहरी जस्ता कलाकारहरू अनुबन्धित भइसकेका छन् ।
अब यस फिल्ममा पहिलोपटक दयाहाङ, सौगात र प्रदीप एकसाथ देखिनेछन् । हाल वर्कसप चलिरहेको यस फिल्मको आगामी साताबाट दोस्रो चरणको छायांकन सुरु गरिँने भएको छ । पहिलो चरणको छायांकन गत वर्ष नवलपरासीमा भएको थियो । यस फिल्ममा प्रदीप एक्सन भूमिकामा रहेको बताइएको छ ।
फिल्ममा दिव्य देव, कामेश्वर चौरासिया, सुपुष्पा भट्ट, गौरव विष्ट, विशाल पहारी लगायतको पनि विशेष भूमिका रहनेछ । पुरुषोत्तम प्रधानको छायांकन रहने फिल्मको निर्माता विशाल चौलागाई हुन् । प्रदीप भारद्वाजको लेखन रहेको यो फिल्मको लागत करिब ५ करोड रहेको बताइएको छ ।
सम्बन्धित समाचार
जुनु प्रसाईको ‘झगडा पर्यो पोइसित’ सार्वजनिक, प्रकाश सपुतसँगै देखिइन् भिडियोमा
एक लाखको फिल्मले पायो अप्रत्याशित सफलता,कमाइ २ अर्ब नजिक
रेखा थापाको ‘माया भनेकै यस्तो होला’को टिजर सार्वजनिक, भदौ २६ मा प्रदर्शन
‘स्पाइडर म्यान’लाई पछि पार्दै तमिल चलचित्र तीन दिनमै मच्चायो तहल्का
महानायक राजेश हमाल बने प्रेसिडेन्ट, सुपर कमेडी लिगको औपचारिक घोषणा
रणवीरको ‘रामायण’ भारतीयले भन्दा पहिला अन्तर्राष्ट्रिय दर्शकले हेर्न पाउने
ट्रेन्डिङ
मेक्सस द्वारा विपद् प्रभावित समुदायका लागि रु.८० लाख बराबरको राहत सहयोग प्रदान
२०८३ भदौं २० गते शनिबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ भदौं १९ गते शुक्रबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ भदौं १६ गते मंगलबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
जेकु जे ५ अब दुई भेरियन्टमा उपलब्ध, मूल्य रु. ४७.९९ लाखदेखि

