आज नानी र ठूली गौरा एकैदिन मनाइँदै
काठमाडौं । सुदूरपश्चिमेलीहरुको मुख्य पर्व गौरा पर्वअन्तर्गत आज ‘नानी गौरा’ र ‘ठूली गौरा’ मनाइँदै छ । भदौ कष्ण षष्ठी र सप्तमी तिथी एकैदिन परेकाले आइतबार नानी गौरा र ठूली गौरा मनाउन लागिएको हो । सुदूरपश्चिम प्रज्ञा प्रतिष्ठानका उपकुलपित डा। टीएन जोशीका अनुसार हिजो पञ्चमीका दिन बिधिवत् भिजाइएका बिरूडालाई आज षष्ठीका दिन ब्रतालु महिलाहरू गाउँकै पवित्र जलासयमा गएर फाग र माङल गाउँदै बिरूडा पखाल्ने काम गरिरहेका छन् ।
‘बिरूडा पखालिसकेपछि आजै महिलाहरू गौरा महेश्वरको पूजा अर्चना हुने घरको आँगनस्थित तुलसी मठमा जम्मा भइ बलु नामको एक प्रकारको वनस्पतिको पूजा गर्दछन्,’ उनले भने, ‘आजै अमुक्ताभरण सप्तमी पनि परेको छ । ब्रतालुहरूले आजै गौरा घरमा गौरा भि¥याउने छन् ।’
उनका अनुसार नानी गौराको दिन वनस्पतिको प्रयोग गरी गौराको प्रतिमूर्ति बनाई पानीको मुहान, धारा तथा तलाउमा लगेर गौराको पूजाआजा गर्ने गरिन्छ । यस्तै ठूली गौराको दिन व्रतालु महिलाहरुले गौरादेवीलाई गौराघरमा भित्र्याएर विशेष दिनको रुपमा लिने गर्दछन् । सोही दिन गौरा र महेश्वरको प्रतिमूर्ति स्थापना गरेर फलफूल र बिरुडाले गौरादेवीको पूजा पनि गर्ने गरिएको छ ।
व्रतालु महिलाहरुले धारण गर्ने विशेष प्रकारको धागो अर्थात् दुबधागो पनि गौरादेवीमा चढाइन्छ । यसका साथै साँझ व्रतालुहरुले कुण्ड स्नान गर्ने चलन छ । आज गौरादेवीमा चढाएको दुबधागोलाई दुर्वाष्टमी अर्थात् अठ्यावालीका दिन व्रतालु महिलाहरुले धारण गर्दछन् । अठ्यावालीका दिन महिलाहरुले गौरालाई गौराघरबाट गौराखलामा लगेर पूजा गर्ने चलन छ ।
पौराणिक कालमा भगवान महेश्वरको प्राप्तिका लागि गौरादेवी अर्थात् पार्वतीले निराहार नित्य आराधना गरी शिवको प्राप्ति भएको विश्वास गरिन्छ । सोही समयदेखि गौरा र महेश्वरको विवाहको सम्झनाका रुपमा यो पर्व मनाउने परम्परा चल्दै आएको छ ।
सम्बन्धित समाचार
२०८३ असोज ११ गते आइतबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ८ गते बिहिबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ७ गते बुधबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ६ गते मंगलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ४ गते आइतबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज १ गते बिहीबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
ट्रेन्डिङ
इसेवा र सिटिजन्स बैंकद्वारा अपाङ्गता भएका व्यक्तिका लागि ‘स्वावलम्बन कर्जा’ सुरु
एजेन्सी दर्तासम्बन्धी नियम व्यवसायमैत्री बनाउन नाइमाको आग्रह
यस दशैंमा आयोनको विशेष उपहार, आकर्षक अफरसहित तत्काल डेलिभरी
भृकुटीमण्डपमा आयोजित ‘यामाहा ब्लु फेस्ट’मा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर सार्वजनिक
एनएमबि बैंक र इसिमोड बीच दिगो विकासका लागि सहकार्य

