स्त्री- २ ले कमायो ४०० करोड, दोस्रो सातामा सर्बाधिक कमाउने बलिउड फिल्म
काठमाडौँ । बलिउड फिल्म स्त्री-२ ले भारतीय बक्स अफिसमा शानदार कमाई गरिरहेको छ । फिल्मले रिलिजको दोस्रो सातामा फिल्म ४०० करोड क्लबमा प्रवेश गरेको छ । फिल्म विश्लेषक तरण आदर्शका अनुसार फिल्मले अहिलेसम्म फिल्मले अहिलेसम्म ४०१ करोड ६५ लाख कमाई गरेको छ ।
फिल्मले रिलिजको पहिलो दिन विहिबार ५५ करोड ४० लाख कमाई गरेको थियो । त्यस्तै फिल्मले बुधबार पेड रिभ्यु र प्रिमियरबाट ९.४० करोड कमाई गरेको थियो । त्यस्तै फिल्मले शुक्रबार ३५.३० करोड, शनिबार ४५ करोड ७० लाख, आइतबार ५८ करोड २० लाख, सोमबार ३८ करोड ९० लाख, मंगलबार २६ करोड ८० लाख, बुधबार २० करोड ४० लाख र विहिबार १८ करोड २० लाख कमाएको थियो । त्यस्तै शुक्रबार १९ करोड ३० लाख, शनिबार ३३ करोड ८० लाख र आइतबार ४० करोड ७५ लाख कमाई गरेको छ ।
त्यस्तै फिल्मले रिलिजको दोस्रो सातामा सबैभन्दा बढी कमाई गर्ने फिल्म बनेको छ । स्त्री-२ ले रिलिजको दोस्रो सातामा अहिलेसम्मकै धेरै ९३ करोड ८५ लाख कमाई गरेको छ । यस अघि फिल्म गदर -२ ले रिलिजको दोस्रो सातामा ९० करोड ४७ लाख कमाई गरेको थियो भने फिल्म एनिमलले ८७ करोड ५६ लाख कमाई गरेको थियो ।
करिब ५० करोडको लागतमा बनेको यो फिल्मले पहिलो दिनमा नै आफ्नो लागत उठाएको थियो । अमर कौशिकले निर्देशन गरेको स्त्री-२ मा श्रद्धा कपूर, राजकुमार राव, पंकज त्रिपाठी, अभिषेक बेनर्जीलगायतको अभिनय रहेको छ ।
सम्बन्धित समाचार
टिकटकको एआई कन्टेन्टमा कडाइ: ८ करोड ६० लाख नक्कली अकाउन्ट हटाइयो, ३ अर्ब भिडियोमा एआई लेबल
रामाडा बाइ विन्डह्यामको गन्तव्य प्रवर्द्धन यात्रा, पूर्वी नेपाललाई पर्यटनको नयाँ केन्द्र बनाउने लक्ष्य
‘तुना फुकेछ’ सार्वजनिक, ‘निःशब्द’ चलचित्रको गीतले दर्शकको ध्यान तान्दै
जुनु प्रसाईको ‘झगडा पर्यो पोइसित’ सार्वजनिक, प्रकाश सपुतसँगै देखिइन् भिडियोमा
एक लाखको फिल्मले पायो अप्रत्याशित सफलता,कमाइ २ अर्ब नजिक
रेखा थापाको ‘माया भनेकै यस्तो होला’को टिजर सार्वजनिक, भदौ २६ मा प्रदर्शन
ट्रेन्डिङ
सिटिजन लाइफ इन्स्योरेन्सको ९ औँ वार्षिकोत्सव, ३३ अर्ब लगानीसहित वित्तीय यात्रा सुदृढ बनाउँदै
बाढीपीडितको पुनःस्थापनाका लागि नामिया सदस्य घिमिरेको सहयोग, विदुरकी प्रतिमालाई मसला पिस्ने मेसिन हस्तान्तरण
एनपीएलमा पहिलोपटक डीआरएस, निर्णय पुनरावलोकनदेखि बल ट्र्याकिङसम्मको सुविधा
वेबसाइट र अनलाइन प्रणालीमा साइबर आक्रमणको जोखिम, एससीएससीद्वारा सतर्क रहन आग्रह
जनकपुर बोल्ट्सको आधिकारिक गो ग्रीन इनर्जी पार्टनर बन्यो एसटीसी
