फिल्म ‘तेल भिसा’ को पहिलो गीत ‘हरि नाम झैं’ सार्बजनिक
काठमाडौँ । शंकर घिमिरेको लेखन तथा निर्देशनमा मा तयार भएको फिल्म ‘तेल भिसा’ को पहिलो गीत सार्वजनिक गरिएको छ । सोमबार कृष्ण जन्माष्टमीको अवसर पारेर सार्वजनिक ‘हरि नाम झैं’ बोलको गीत सार्बजनिक गरिएको हो । कल्याण सिंहको संगीतमा तयार भएको गीतमा हर्क साउदको शब्द रचना छ भने निशान भट्टराई र समीरा थपलियाको गायन छ ।
गीतमा फिल्मका मुख्य कलाकारहरू विपिन कार्की, वर्षा राउत, पूजा चन्द, ऋचा घिमिरे, बुद्धि तामाङ र सुचित्रा उप्रेती प्रस्तुत छन् । विपिन बुबा र छोराको गरी दोहोरो भूमिकामा छन् । छोरा (विपिन कार्की)को सन्तान हुन लागेपछि नेपालबाट आमा (पूजा चन्द) अमेरिका पुगेपछिको अवस्थालाई गीतमा देखाइएको छ । गीतको अन्त्यमा पूजालाई अमेरिकी प्रहरीको नियन्त्रणमा देख्न सकिन्छ ।
आगामी मंसिर ७ गतेबाट प्रदर्शनको तयारीमा रहेको फिल्ममा अनिल पाण्डे र शिवराज कार्की निर्माता तथा प्रिन्स युवराज कार्की र श्रुती दाहाल कार्यकारी निर्मातामा छन् । फिल्ममा सुशन प्रजापतिको छायांकन, रामजी लामिछाने र शिशिर खातीको कोरियोग्राफी, आशिष अविरल, कल्याण सिंह र कृष्ण भारद्वाजको संगीत, विजय बस्यालको पोस्टर डिजाइन तथा अजय खड्काको सम्पादन छ ।
गीतको लिंक- https://youtu.be/hLg4dZ1k3pc
सम्बन्धित समाचार
टिकटकको एआई कन्टेन्टमा कडाइ: ८ करोड ६० लाख नक्कली अकाउन्ट हटाइयो, ३ अर्ब भिडियोमा एआई लेबल
रामाडा बाइ विन्डह्यामको गन्तव्य प्रवर्द्धन यात्रा, पूर्वी नेपाललाई पर्यटनको नयाँ केन्द्र बनाउने लक्ष्य
‘तुना फुकेछ’ सार्वजनिक, ‘निःशब्द’ चलचित्रको गीतले दर्शकको ध्यान तान्दै
जुनु प्रसाईको ‘झगडा पर्यो पोइसित’ सार्वजनिक, प्रकाश सपुतसँगै देखिइन् भिडियोमा
एक लाखको फिल्मले पायो अप्रत्याशित सफलता,कमाइ २ अर्ब नजिक
रेखा थापाको ‘माया भनेकै यस्तो होला’को टिजर सार्वजनिक, भदौ २६ मा प्रदर्शन
ट्रेन्डिङ
सिटिजन लाइफ इन्स्योरेन्सको ९ औँ वार्षिकोत्सव, ३३ अर्ब लगानीसहित वित्तीय यात्रा सुदृढ बनाउँदै
बाढीपीडितको पुनःस्थापनाका लागि नामिया सदस्य घिमिरेको सहयोग, विदुरकी प्रतिमालाई मसला पिस्ने मेसिन हस्तान्तरण
एनपीएलमा पहिलोपटक डीआरएस, निर्णय पुनरावलोकनदेखि बल ट्र्याकिङसम्मको सुविधा
वेबसाइट र अनलाइन प्रणालीमा साइबर आक्रमणको जोखिम, एससीएससीद्वारा सतर्क रहन आग्रह
जनकपुर बोल्ट्सको आधिकारिक गो ग्रीन इनर्जी पार्टनर बन्यो एसटीसी
